Friday, August 28

प्रशासन

राजनीतिक दललाई आयोगले दियो ६० बुँदे निर्देशन (पूर्णपाठसहित)
प्रशासन, समाचार

राजनीतिक दललाई आयोगले दियो ६० बुँदे निर्देशन (पूर्णपाठसहित)

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई सो निर्देशन दिएको हो । दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, ...
निर्वाचन आचारसंहिता लागु भएपछि सरकार र मन्त्रीहरुले के गर्न पाउँदैनन् ?
प्रशासन, समाचार

निर्वाचन आचारसंहिता लागु भएपछि सरकार र मन्त्रीहरुले के गर्न पाउँदैनन् ?

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता २०७९ पुर्ण रुपमा लागु गर्ने भएको छ । आयोगको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि भदौ १३ गते नै राजपत्रमा प्रकाशित भैसकेको निर्वाचन आचारसंहिताको पालना गर्नु सवैको दायित्व भएको बताएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहितालाई सवैले पालना गर्नुपर्ने आयोगको भनाइ छ ।  आचार संहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ । जसमा सरकार, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्री आफु उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न पाउने भए...
सर्वोच्च अदालतले दशैं विदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने
प्रशासन, समाचार

सर्वोच्च अदालतले दशैं विदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने

नेपालअखबार, काठमाडाैं । घटस्थापनदेखि पूर्णिमासम्म सर्वोच्च अदालतमा अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै दशैं विदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट लिने र सुनुवाइ गर्ने बताएको हो । घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालतले जनाएको छ । यद्यपि दशैं विदामा बन्दी प्रत्यक्षीकरणको रिट मात्रै हेरिने छ । बन्दी प्रत्यक्षीकरणको रिट हेर्न न्यायाधीशहरूलाई जिम्मेवारी तोकिएको छ । न्यायाधीशहरूले दिन अनुसार पालैपालो बन्दी प्रत्यक्षीकरणको रिट हेर्नेछन् ।...
चुनावी खर्च सीमा : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव
प्रशासन, समाचार

चुनावी खर्च सीमा : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवारहरूले गर्ने खर्चको सीमा तोक्न मंगलबार दलहरूसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले १२ दलका प्रतिनिधिलाई आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि बोलाएको छ । आयोग प्रवक्ता शालिग्राम पौडेलले ११ बजे दलहरूसँग छलफल राखिएको बताए । निर्वाचन आयोग स्रोतका अनुसार २०७४ को तुलनामा उम्मेदवारले गर्न पाउने खर्च बढाउने तयारी गरेको छ । ०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रति उमेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले यो पटक त्यसमा हेरफेर गर्न लागेको हो । त्यसका लागि आयोगले दलहरूलाई खर्च सीमाको प्रस्ताव अध्ययनका लागि पठाइसकेको छ । जसमा जिल्ला पिच्छे फरकफरक छ । प्रवक्ता पौडेलले खर्च सीमाबारे विभिन्न प्रस्तावमा छलफल भएको र तिनै प्रस्तावहरूमाथि सुझाव लिएर निर्णय लिने बताए...
आचारसंहिताबारे आज आयोगले दलहरूसँग छलफल गर्दै
प्रशासन, समाचार

आचारसंहिताबारे आज आयोगले दलहरूसँग छलफल गर्दै

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गरिने बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो ।...
पर्वतको मोदी गाउँ पालिकाकाे  अनुरोध सडक पेटीमा राखिएको वस्तु हटाउनुस्
प्रशासन, समाचार

पर्वतको मोदी गाउँ पालिकाकाे अनुरोध सडक पेटीमा राखिएको वस्तु हटाउनुस्

नेपालअखबार, ,  पर्वत । मोदी गाउँ पालिका वडा नं ६ तिलाहार पर्वतको वडा क्षेत्र अन्तर्गत पर्ने पोखरा बाग्लुङ राजमार्गको धौलागिरी प्रवेशद्वार देखि डिमुवा तिलाहार रातमाटा जोडने सडक तथा बजार ईलाका भित्र गल्लि गल्लि र सडक मा यात्रीलाई असहज हुने गरि राखिएको वस्तु हटाउन मोदी गाउँ पालिका वडा नं ६ ले अनुरोध गरेको छ । पटक पटक सुचना जारी गरिएको छ र यसै वडाका अध्यक्ष दिपेन्द्र जग लामिछानेले पनि यस्तो समस्याले दुर्घटना निम्त्याउन सक्छ र यसले गर्दा सहजैसंग हिडुल गर्ने पनि अपठ्यारो पार्न सक्ने यस्ता बिषयमा सबै सचेत हुन जरुरी  रहेकाे बताए ।   हामीले जनताको हितमा काम गर्ने लागि रहेको बताए  र जनताले पनि काम गर्न वातावरण बनाई दिना आग्रह गरेकाछन् ।  वडाले सधैं जनताको पक्षमा काम गर्ने बताउदै डिमुबा बजर सानो बजार भयता पनि ब्यबस्थाि नभएको र सडक पेटी सामग्री राखि अबरोध नगर्न आग्रह गरेकाछन् । जो कसैले पनि सार्वजनि...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ९ जना पक्राउ
प्रशासन, समाचार

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ९ जना पक्राउ

नेपालअखबार, काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् । यस्तै स्याङजा चापाकोट गाउँपालिका-२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका-१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका-५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका-८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रे...
आज राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटमा  सुनुवाइ हुँदै
प्रशासन, राजनीति, समाचार, हाइलाइट-समाचार

आज राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ हुँदै

नेपालअखबार, काठमाडाैं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो । राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको रिटमा उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ । अधिवक्ता सागर बराल, सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता दायर गरेका हुन् । उक्त रिटसँगै अन्य कानुन व्यवसायीहरुले पनि थप चारवटा रिट दर्ता गराएका छन् । सबै रिट एकै प्रकृतिका हुना...
१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त
प्रशासन, समाचार

१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो । नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ । अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ । मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ । प्रतक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।  ...
४८ दलले दर्ता गराए समानुपातिक उम्मेदवारको बन्दसूची
प्रशासन, समाचार

४८ दलले दर्ता गराए समानुपातिक उम्मेदवारको बन्दसूची

नेपालअखबार, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो । प्रदेश सभा सदस्यका लागि पनि सोमबार र मंगलबार नै बन्दसूची दर्ता भएको छ । आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।...