सार्क मुलुकमा उडान तत्काल नखुल्ने, क्वारेन्टिन अनिवार्य
नेपाल अखबार, काठमाडौं । अन्तर्राष्ट्रिय तथा अन्तरिक हवाई उडान १ भदौबाट सुरु गर्ने सरकारको पुरानै निर्णय हो । तर कुनकुन मुलकबाट आउन दिने ? प्रोटेकल के हुने भन्ने टुंगो लागेको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने पहिलो चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुक बाहेकका देशमा मात्र उडान गर्ने गरी प्रस्ताव गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेको छ भने अरु देशमा पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन ।
मन्त्रालय स्रोतका अनुसार दैनिक करीव १ दर्जनसम्म अन्तराष्ट्रिय उडान गर्ने गरी तयारी इइरहेको छ । यसबारे आइतबार बस्ने कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) निर्देशक समितिमा छलफल हुनेछ । ‘सीसीएमसीले हाम्रो प्रस्तावमा सहमति जनायो भने मन्त्रिपरिषद्बाट अुनमोदन हुन्छ’ स्रोतले भन्यो, ‘अहिले जोखिम हुन्छ, नगरौं भन्यो भने उडान हुन्न ।’
पर्यटक र एनआरएनलाई ७ दिन अ...
