काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ लागू गरिँदै
नेपाल अखबार, काठमाडौँ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुमा दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर तत्काल लकडाउन भने नहुने उनको भनाइ छ ।
कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको सिडिओ पाण्डेले बताइन् । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको पाण्डेले बताइन् ।
सिडिओ पाण्डेले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेले बताइन् । उनले भ...
