हेटौंडाको सीता भवन कोरोना संक्रमित भेटिएपछि सिल
नेपाल अखबार, मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टीसीएन रोडमा रहेको सीता भवन सिल गरिएको छ ।
सो भवनमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन भन्दै स्थानीय प्रशासनले सिल गर्ने निर्णय गरेको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बुधबार जारी गरेको सूचनामा भनिएको छ, ‘सो भवनमा रहेका अन्य व्यक्तिहरुमा समेत संक्रमणको सम्भावना रहेकोले कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरुको कोभिड १९ को परीक्षणको नजिता नआएसम्मका लागि उक्त भवनलाई सिल गरिएको छ ।’
प्रजिअ नेपालका अनुसार आरडीटी परीक्षण पूर्णरुपमा रोक लागउने तर एन्टिजेन बेस र्यापिड डाइग्नोस्टिक टेस्ट भने प्रयोग गर्न सकिने छ ।
क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले ५ देखि ७ दिनको समयावधि पूरा गरी अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनु पर्ने उनले बताए ।
संक्रमणको जोखिम बढ्दै गएका कारण तरा...
