Wednesday, August 5

प्रशासन

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
पर्यटन, प्रशासन, समाचार, समाज

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

नेपालअखबार, म्याग्दी । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट रु १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत रु ७१ लाख ७० हजार सात सय ५० शुल्क सङ्कलन भएको विभागले जनाएको छ । आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहनुभएका धवलागिरि गाउँपालिका-४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । पर्यटन विभ...
सहकारीको रकम अपचलन प्रकरणमा पक्राउपरेका जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रशासन, समाचार

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउपरेका जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालअखबार,पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल  जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । आइतबारै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही ...
सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी पक्राउ
प्रशासन, समाचार

सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी पक्राउ

नेपालअखबार, काठमाडौँ । सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशी पक्राउ परेका छन् । कास्की प्रहरीको पत्रका आधारमा काठमाडाै‌ं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले जाेशीलाई शं‍खमूलबाट पक्राउ गरेको हाे । प्रहरी स्रोतका अनुसार उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ । सहकारीबाट ६५ करोड ५४ लाख ग्लोबल आईएमई बैंकको खाता नम्बर ०४०१०१००००५७७ मा आएको थियो, जीबी, रवि, छविको नाम, ठेगाना, तीनपुस्ते, फोटो, औंठाछाप र हस्ताक्षरसहित यो खाता खोलिएको थियो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन भन्छ– हस्ताक्षर जसको चल्छ, खाता उसैको हो । उक्त खाता गोर्खा मिडियाका कार्यकारी अध्यक्ष जीबी राई, सञ्चालक रवि लामिछाने र छविलाल जोशीमध्ये एकको हस्ताक्षरसहित कम्पनीको छापमा सञ्चालन हुन्थ्यो । सहकारी...
म्यानपावर व्यवसायीका शाखा कार्यालय असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने
प्रशासन, समाचार

म्यानपावर व्यवसायीका शाखा कार्यालय असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने

नेपालअखबार,काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न आह्वान गरेको छ । त्यसका लागि असोज मसान्तभित्र आवश्यक कागजातसहित नवीकरणका लागि निवेदन दिन भनेको हो । वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाहरूले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै स्वदेशमा शाखा कार्यालय सञ्चालन सम्बन्धी कार्यविधि, २०७९ ले शाखा कार्यालयको प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने भनेको छ । सोही अनुसार २०८१ को असोज मसान्तभित्र नवीकरण गर्न विभागले आह्वान गरेको हो । शाखा कार्यालय नवीकरणका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने विभागले जनाएको छ ।...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ
प्रशासन, समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ

नेपालअखबार, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए । प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।...
प्रधान सेनापति र भारतीय राजदूतबिच भेटवार्ता
प्रशासन, समाचार

प्रधान सेनापति र भारतीय राजदूतबिच भेटवार्ता

नेपालअखबार, काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ। प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । यस किसिमको भेटवार्ताले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन सेनाको विश्वास छ ।...
प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूत उपर १० दिनभित्र उजुरी दिन सकिने
प्रशासन, समाचार

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूत उपर १० दिनभित्र उजुरी दिन सकिने

नेपालअखबार,काठमाडौँ । संसदीय सुनुवाइ समितिको सचिवालयले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर कुनै उजुरी भएमा १० दिनभित्र पेस गर्न आग्रह गरेको छ । समितिको सचिवालयले आज एक सूचना जारी गर्दै बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकको निर्णय बमोजिम संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गरेको हो । हिजो बसेको समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।  सो प्रस्ताव पारित भएसँगै समिति सचिवालयले आज सूचना प्रकाशित गरेको हो ।...
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश सिफारिस
प्रशासन, समाचार

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश सिफारिस

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।  वरिष्ठताको हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।...
नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन
प्रशासन, समाचार

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन

नेपालअखबार, काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ। गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा सोमबार पाँच सदस्यीय समिति गठन गरिएको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहने छन्। समितिलाई असोज १५ भित्र अध्ययन प्रतिवेदन पेस गर्न समयसीमा दिइएको छ। समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यदेश दिइएको छ। साथै उक्त समस्याको समधानमा विद्यमान कानुनी व्यवस्थाको विश्लेषण तथा समधानका लागि सुधार गर्नुपर्ने ऐन, नियमावली र कार्यविधि लगायतका विषयमा सुझाव दिन भनिएको छ। समितिलाई आवश्यकता अनुसार नागरिकता सम्बन्धी समस्यामा प...
कालोसूचीमा राख्न सिफारिस १० कम्पनीसँग सातदिने स्पष्टीकरण माग
प्रशासन, समाचार

कालोसूचीमा राख्न सिफारिस १० कम्पनीसँग सातदिने स्पष्टीकरण माग

नेपालअखबार, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यसअघि कालोसूचीमा राख्नुनपर्ने आधार प्रमाणसहित लिखित स्पष्टीकरण पेश गर्न ३० दिनको म्याद दिँदा पनि बेवास्ता गरेकाहरुलाई सात दिनको मौका दिएर लिखित स्पष्टीकरण सोधिएको छ । यो म्याद पनि गुजारेमा कार्यालयले कालोसूचीमा राख्ने छ । सात दिने स्पष्टीकरण सोधिएकाहरुमा युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि कालिकास्थान लगायत छन् । हरिवंश आरण मुख्य व्यक्ति भएको यो कम्पनीलाई राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार ललितपुरले कालोसूचीमा राख्न सिफारिस गरेको छ । यसैगरी प्रशुरामा पाध्य मुख्य व्यक्ति रहेको नाटेश्चरी निर्माण सेवा एण्ड अडर सप्लायर्स बाजुरा, आङछेन लामा मुख्य व्यक्ति रहेको ट्राभल क्रियु कन्स्ट्रक्सन काभ्रे, चन्द्रबहादुर शाही मुख्य व्यक्ति भएको यास के शा...