Wednesday, May 13

प्रशासन

सुर्य दर्शन वचत सहकारी ठगी कसूरका १ जना फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

सुर्य दर्शन वचत सहकारी ठगी कसूरका १ जना फरार प्रतिवादी पक्राउ

नेपालअखबार, पाेखरा । सुर्य दर्शन वचत तथा ऋण सहकारी संस्था लि. ठगी कसूरका १ जना फरार प्रतिवादी पक्राउ परेका छन् । सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको जम्मा रहेको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी गर्ने  अनुज नकर्मीलाई  प्रहरीले पक्राउ गरेकाे छ । नकर्मी जिल्ला पर्सा विरजंग महानगरपालिका वडा नं. १४ श्रीपुर स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पुर्व सचिव वर्ष ४८ का अनुज नकर्मीलाई गत श्रवाण   ३२ गते काठमाण्डौ दक्षिणकाली स्थितबाट पक्राउ गरिएकाे थियाे । आज   सम्मानित कास्की जिल्ला अदालत पोखरामा मुद्दाको अभियोगपत्र माग दावी अनुसार सजायको लागि उपस्थित गराईएको  जिल्ला  प्रहरी  कार्यलय कास्किले जनाएकाे छ।...
पोखरामा मोडिफाई गर्ने र चर्को अवाज निकाल्ने १४९वटा मोटरसाइकल कारबाहीमा
प्रशासन, समाचार

पोखरामा मोडिफाई गर्ने र चर्को अवाज निकाल्ने १४९वटा मोटरसाइकल कारबाहीमा

नेपालअखबार, पोखरा । पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने तथा चर्को अवाजसहित डिष्टर्व गर्ने  १४९ वटा मोटरसाइकलहरु कारवाहीमा परेका छन्। यसै क्रममा हाल मिति २०८१ साल श्रावण ३० गते देखि भदौ २ गतेसम्म १४९ थान मोटरसाइकल नियन्त्रणमा लिई कारवाही प्रक्रियामा रहेको । यसमा पहिलो पटके देखि चौथो पटकेसम्म पक्राउ परेका छन् । यसवाट करिव रु.२२,००,००० (वाइस लाख) राजस्व उठ्ने अनुमान रहेको छ । अभियान संचालन गरेदेखि हालसम्म स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्ने जम्मा २०३५ थान मोटरसाइकललाई कारवाही गरी रू.२९,००,८०० जरिवाना गरी सकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जान्कारी दिएकाे छ ।  कानूनी कारवाही : स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने छ  । खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा याताय...
घुससहित पक्राउ परेका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रशासन, समाचार

घुससहित पक्राउ परेका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालअखबार, काठमाडौँ । घुससहित पक्राउ परेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार  भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध ९ लाख १२ हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो । कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत उनीहरुले सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले धामीद्वयलाई केही अघि नगद चार लाख बाह्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । यस्तै अशोक सिंह धामीको नाममा काटिएको दुई लाख ५० हजार दरको दुई वटा चेक समेत बरामद भएको थियो । निजहरुविरुद्ध कुल ९ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी द...
गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान
प्रशासन, समाचार

गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान

नेपालअखबार, कास्की। गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको सूचनामा ७१ जना न्यायिक सहजकर्ता माग गरिएको उल्लेख छ । सूचनामा गण्डकी प्रदेश भित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनौट गरी करार सम्झौता गराई कार्य गराउन दरखास्त आह्वान गरिएको बताइएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन भित्र यस कार्यालयमा आवेदन दिन अनुरोध गरिएको छ। यस सम्बन्धी फाराम, कार्य विवरण, पारिश्रमिक, सेवाका सर्तहरू स्थानीय न्यायिक सहजकर्ता ( छनौट तथा परिचालन) कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिम हुनेछ । हेर्नुहोस् सूचना :...
५१ जना लेखा अधिकृतको पदस्थापन (सूचीसहित)
प्रशासन, समाचार

५१ जना लेखा अधिकृतको पदस्थापन (सूचीसहित)

नेपालअखबार,काठमाडौं । सरकारले ५१ जना लेखा अधिकृतको पदस्थापन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले नयाँ नियुक्त लेखा अधिकृतलाई विभिन्न कार्यालयहरुमा पदस्थापन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले लोकसेवा आयोग र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको योग्यता क्रम र कर्मचारीको रोजाइलाई आधार बनाएर पदस्थापन गरेको हो । हेर्नुहोस् सूची :  ...
५१ डलर दान गर्दा १२ वर्ष जेल सजाय !
प्रशासन, विश्व, समाचार

५१ डलर दान गर्दा १२ वर्ष जेल सजाय !

नेपालअखबार,  मस्को । रुसको एक अदालतले युक्रेनलाई समर्थन गर्ने संस्थालाई ५१ अमेरिकी डलर (आजको मूल्यअनुसार ६ हजार ८४९ रुपैयाँ) दान गरेको आरोपमा एक महिलालाई १२ वर्ष जेल सजाय सुनाएको छ । ‘देशद्रोह’ गरेको ठहर गर्दै ३३ वर्षीया क्सेनिया क्यारेलिनालाई उक्त जेल सजाय सुनाइएको हो । अमेरिकी र रुसी नागरिकता बोक्ने क्यारेलिनाले गत हप्ता बन्द इजलासमा गरिएको सुनुवाइमा आफ्नो गल्ती स्वीकार गरेकी थिइन् । अमेरिकाको लस एन्जलिसमा बस्दै आएकी उनले सन् २०२१ मा त्यहाँको नागरिकता लिएकी थिइन् । गत जनवरीमा परिवारलाई भेट्न रुस आएको बेला उनलाई पक्राउ गरिएको थियो । उनलाई राजधानी मस्कोबाट १ हजार ६०० किलोमिटर पूर्वमा रहेको येकाटेरिनबर्गबाट नियन्त्रणमा लिइएको थियो । अभियोजकहरुले उनलाई १५ वर्ष जेल सजाय हुनुपर्ने माग गरे पनि येकाटेरिनबर्ग अदालतले उनलाई १२ वर्षको सजाय सुनाएको थियो । उनीमाथि युक्रेनको सेनालाई हतियार उप...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५० ग्राम सुनसहित दुई जना पक्राउ
प्रशासन, समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५० ग्राम सुनसहित दुई जना पक्राउ

नेपालअखबार, काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ परेका छन्। करिब ५० ग्रामको दुई वटा सिक्रीसहित पार्किङ क्षेत्रबाट दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-५ की ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका-५ का २२ वर्षीय नारायण थापा छन्। एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रूपमा सुन संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको प्रहरीले जनाएको छ।...
आज बेचन विरुद्धको मुद्दामा थुनछेक बहस
प्रशासन, समाचार

आज बेचन विरुद्धको मुद्दामा थुनछेक बहस

नेपालअखबार, काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको  थुनछेक बहस आजबाट सुरु हुने भएको छ । सरकारी वकिल र बेचन पक्षका कानुन व्यवसायीले बहस सकेपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ । यसअघि बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनले बयान दिएका  थिए । सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ ।...
खैरो हेरोइनसहित ८ जना पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

खैरो हेरोइनसहित ८ जना पक्राउ

नेपालअखबार, काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वरबाट लागुऔषध खैरो हेरोइन सहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ३३ दशमलव ७६ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेमा २७ वर्षीय रफिस अवाले, १९ वर्षका रिसफ श्रेष्ठ, २१ वर्षीय रेमन राई, ३३ वर्षीय अमित कुमार चौधरी, ३६ वर्षीय प्रमोद राई, २८ वर्षका मेहरमान भुजेल, २७ वर्षका टिम्पल तामाङ र २९ वर्षीय भीम कुमार चेम्जोङ छन् । आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल ८ ट्याब्लेट र ५५ हजार नगद समेत बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।...
खैरो हेरोइनसहित दुईजना पक्राउ
अपराध, प्रशासन, समाचार

खैरो हेरोइनसहित दुईजना पक्राउ

नेपालअखबार, काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित कालिमाटी क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ घर भएका ४७ वर्षीय मनिराज राई र काभ्रेको रोशी गाउँपालिका घर भएर काठमाडौँ बस्ने ३२ वर्षीय बालकृष्ण राक्से छन् । आरोपीहरुको साथबाट ३ दशमलव ११ ग्राम खैरो हेरोइन र ३९ हजार नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले  बताए । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।...