Sunday, October 4

प्रशासन

एसईई नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय
प्रशासन, शिक्षा, समाचार

एसईई नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

नेपालअखबार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’ १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा ग...
अनलाइनबाटै साउनदेखि सिंहदरबारको गेट पास लिनुपर्ने
प्रशासन, समाचार

अनलाइनबाटै साउनदेखि सिंहदरबारको गेट पास लिनुपर्ने

नेपालअखबार, काठमाडौं । आगामी साउनदेखि सिंहदरबार प्रवेशको लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज हुने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ अर्थात् आगामी साउनदेखि ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने निर्णय गरेको छ । ६ असारमा बसेको सचिव बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज गरेर ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । ई–गेटपास प्रणाली अनलाइनबाट सिंहदरबार छिर्ने गेट पास लिने प्रणाली हो । यसअनुसार अहिले फोन गरेर पनि माग्न सकिने सिंहदरबारको पास  साउनदेखि अनलाइनबाटै लिनुपर्ने व्यवस्था हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई अहिले पनि ई–गेट पास प्रणाली प्रयोगमा रहेको र आगामी साउनदेखि थप प्रभावकारी बनाउन लागिएको बताउँछन् । ‘अस्थायी पासहरु हटाएर ई–गेट प्रणालीबाटै पास दिने व्यवस्थ...
एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी
प्रशासन, शिक्षा, समाचार, समाज

एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । उनले भने ‘प्राविधिक समस्या आएन भने भोलि ४ बजेभित्र नतिजा सार्वजनिक गर्छौं ।’ बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने...
बाल यौन दुराचारमा रामबहादुर बम्जन दोषी ठहर
अपराध, प्रशासन, समाचार

बाल यौन दुराचारमा रामबहादुर बम्जन दोषी ठहर

नेपालअखबार, काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले  बताए । उनले भने, ‘अब १७ असारमा सजाय निर्धारण हुनेछ ।’ रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन् । ज्ञानकुमार र जितबहादुरलाई मतियारको रुपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोग पत्र पेश भएको थियो । बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । बम्जनमाथि सर्लाही...
एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर
प्रशासन, समाचार, समाज

एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध सोमबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा  जनाएअनुसार मुद्दा दायर गरिएकाहरूमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ वर्षीये बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बर्दघाट नगरपालिका–८ भानुनगर बस्ने ३५ वर्षीय देवबहादुर परियार,  रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ कालिका टोल बस्ने ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल–११ आनन्द पथ बस्ने ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री रहेका छन् । बाग्लुङको जैमिनी नगरपालिका–७ बस्ने २८ वर्षीय कमल राना, सोही नगरपालिका–१० को राडखानी बस्ने ३८ वर्षीय नगेन्द्र थापा, सोह...
मुख्यसचिव डा. अर्याल विरुद्ध भ्रष्टाचारमुद्दा दायर
प्रशासन, राजनीति, समाचार

मुख्यसचिव डा. अर्याल विरुद्ध भ्रष्टाचारमुद्दा दायर

नेपालअखबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेसँगै मुख्यसचिव डा. बैकुण्ठ अर्याल पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध भ्रष्टाचारमुद्दा दायर भए ऊ स्वतः निलम्बन हुने व्यवस्था छ । उक्त दफामा भनिएको छ, ‘निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन ।’ मुख्यसचिव अर्यालको निलम्बनसँगै सरकारले अब वरिष्ठतम् सचिवलाई कामू मुख्यसचिवको जिम्मेवारी दिन सक्नेछ । भ्रष्टाचारको आरोपबाट सफाई नपाएसम्म अर्यालको निलम्बन यथावत रहेनछ ।...
धनगढी उपमहानगरको बजेट २ अर्ब १८ करोड
अर्थ, प्रशासन, समाचार

धनगढी उपमहानगरको बजेट २ अर्ब १८ करोड

नेपालअखबार, धनगढी । धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । रानाले अगामी वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाख ३२ हजार २२० रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिइन् । उनकाअनुसार चालु खर्चतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ । चालु खर्चतर्फ कुल बजेटको ५५ प्रतिशत र पुँजीगततर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको नगर उपप्रमुख रानाले बताइन् । विनियोजित बजेटमा खर्च ब्यहोर्ने स्रोतमा आन्तरिक आयतर्फ ३६ करोड ७६ लाख, राजश्व बाँडपफाँटबाट ४८ करोड २९ लाख ५४ हजार, अन्तर सरकारी वित्ततर्फ संघीय सरका...
मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द
प्रशासन, समाचार

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

नेपालअखबार, बेनी। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ। १३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ। पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि  सात किलोमिटर बाँकी रहने छ। सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई भोलि असार ८ गते शनिबारदेखि  २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ।मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुने उनले बताए। उक्त  सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त...
रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना
अर्थ, प्रशासन, समाचार

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

नेपालअखबार,रसुवा । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा रु एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ । राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए । जेठ मसान्तसम्ममा रु १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ ।...
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने
प्रशासन, समाचार, समाज

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

नेपालअखबार, काठमाडौँ । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली खटाएको छ । बैठकले परिषद्लाई थप व्यवस्थित गर्न ‘डिजिटलाइजेशन’मा लैजाने निर्णय गरेको छ । मन्त्री चौधरीले परिषद्लाई ‘डिजिटलाइजेनश’मा लैजान यसअघि नै निर्देशन दिनुभएको थियो । साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन हेरफेर गरेको छ । जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यलाई प्रत्यायोजन गर्ने जनाएको छ ।...