Wednesday, June 3

प्रशासन

त्रिवेणी भन्सार: क्वारेनटाइन निर्माण नहुँदा निकासी पैठारी शून्य
अर्थ, प्रशासन, समाचार

त्रिवेणी भन्सार: क्वारेनटाइन निर्माण नहुँदा निकासी पैठारी शून्य

नेपालअखबार, नवलपरासी। ६ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ। भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र यस भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन। विसं २०७६ फागुनमा मूल भन्सारको मान्यता पाएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको यस भन्सारमा हालसम्म क्वारेनटाइन निर्माण हुन नसक्दा मालसामान निकासी पैठारी शून्य छ। फागुन २०७६ अगाडि यस भन्सार भैरहवा भन्सार कार्यालयको छोटी भन्सारको रूपमा रहेको थियो। संघीय सरकारको निर्णयअनुसार मूल भन्सारको मान्यता पाएको यस भन्सारमा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा भारततर्फ पठाउने मालसामान र भारतबाट नेपाल भित्रिने मालसामानको अवस्था शून्य रहेको भन्सार कार्यालयले जनाएको छ। त्रिवेणी भन्सार कार्यालयका प्रमुख भन्स...
लागूऔषध ब्यूरोमा लामो समयदेखि काजमा खटिएका २४ प्रहरी फिर्ता
प्रशासन, समाचार

लागूऔषध ब्यूरोमा लामो समयदेखि काजमा खटिएका २४ प्रहरी फिर्ता

नेपालअखबार,काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले नेकपाभित्रको विवादलाई देखाएर २०७७ साल पुस ५ गते संसद् विघटन गरेका थिए । मन्त्रिपरिषद्को निर्णय त्यतिबेला राष्ट्रपति रहेकी भण्डारीले कार्यान्वयन गरेकी थिइन् । २०७८ जेठ ८ गते ओलीले दोस्रो पटक संसद् विघटन गरेका थिए । तर ती दुवै विघटन सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । सोही विषयमा कार्यक्रममा उपस्थित सञ्चारकर्मीले प्रश्न उठाएका थिए । त्यसको जवाफ फर्काउँदै भण्डारीले कुनै दबाबमा  नआई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरेको जिकिर गरेकी थिइन् । यस्ता घटना इतिहासमा धेरै पटक भएकाले छलफल गर्न आफू तयार भएको बताइन् । ‘विगतको निर्णयले पछ्याइरहन्छ भन्ने विषयमा म जानकारै छु । २०१७ सालका कुरा पनि इतिहासमा आइरहन्छ । २०५१ मा पनि संसद् विघटन भएको थियो, त्यो पनि आइरहन्छ । म राष्ट्रपति भएको बेला पनि दुई पटक संसद् विघटन भयो । त्यसलाई मैले कुनै दबा...
मालपोत कार्यालय भक्तपुरका प्रमुख र कार्यालय सहयोगी घुससहित अख्तियारको नियन्त्रणमा
प्रशासन, समाचार

मालपोत कार्यालय भक्तपुरका प्रमुख र कार्यालय सहयोगी घुससहित अख्तियारको नियन्त्रणमा

नेपालअखबार,भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको छ । राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको छ । मोही तल्सिङको मुद्दा मिलाउन प्रमुखसहितलाई दिनुपर्ने भन्दै घुस लिएका राउतलाई कार्यालयबाटै मंगलबार रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । उदयपुरका आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुरका राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ । उनीहरुले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी उक्त जग्गा मोहीको नाममा जग्गा धनी पुर्जा बनाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।...
रूपन्देही ३ मा उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक
प्रशासन, समाचार

रूपन्देही ३ मा उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले प्रेस विज्ञप्ति निकालेर मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय भएको जानकारी दिएकी छन् । रूपन्देही ३ मा आगामी कातिक १७ गते उपनिर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनमा २०८२ साल कातिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मतदान गर्न पाउँछन् । आयोगका अनुसार अद्यावधिक कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण यही साउन १४ गते वेबसाइटमा प्रकाशन गरिनेछ । साउन १५ गतेदेखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सक्नेछन् । कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स...
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतले उपहार लिन नपाउने प्रस्ताव
प्रशासन, समाचार

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतले उपहार लिन नपाउने प्रस्ताव

नेपालअखबार,काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत सार्वजनिक पदाधिकारीले उपहार लिन नपाउनेगरी सरकारले ऐन बनाउन लागेको छ । यसका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुझावका लागि वेबसाइटमा राखेको विधेयकमा सार्वजनिक पदाधिकारीले उपहार लिन नपाउने प्रावधान प्रस्तावित छ । उपहार सम्बन्धी व्यवस्था विधेयकको दफा ५ मा छ । दफा ५ को उपदफा १ मा भनिएको छ, ‘सार्वजनिक पदाधिकारीले आफू पदमा रहँदाका बखत कसैबाट कुनै किसिमको उपहार लिनु हुँदैन ।’ सार्वजनिक पदाधिकारी अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सबै तहका अदालतका न्यायाधीश, सांसदहरू, मुख्यमन्त्री, मन्त्री, संवैधानिक निकायका पदाधिकारी, स्...
प्रहरी चौकी स्थापना भएपछि खुसी भएका स्थानीयले चन्दा उठाएर बनाइदिए पक्की भवन
प्रशासन, समाचार, समाज

प्रहरी चौकी स्थापना भएपछि खुसी भएका स्थानीयले चन्दा उठाएर बनाइदिए पक्की भवन

नेपालअखबार,लहान ।  २०६७ असार महिनाको मध्यरात लहान १३ स्थित पक्की टोल गहिरो निद्रामा थियो। त्यसैबखत अचानक डाँकाहरूको समूह गाउँमा पस्यो। वस्तीका घरहरूमा ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै उनीहरूले ताण्डव मच्चाए। त्यसको एक साक्षी थिए अस्मिन राउत। 'त्यो घटना वास्तवमै कहालीलाग्दो थियो। हुन त त्यस्ता कैयौं त्रासदीपूर्ण रातहरू भोग्नुपर्‍यो हाम्रो बस्तीले। ती घटना सम्झिदाँ पनि नरमाइलो लाग्छ,' उनले भने। डकैतीका शृंखलाबद्ध घटना, गाउँमा भय, प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने। लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलाम ठोकिसकेका हुन्थे। २०६७ सालको असार महिनामा भएको त्यो डकैतीको घटनाले गाउँमा नयाँ मोड लियो। घटनापछि युवाहरू जागे, गाउँको सुरक्षाका लागि आवाज उठाउन थाले। 'हो, त्यो घटना डरदाग्दो थियो, तर त्यही दिनबाट हाम्रो आँखा खुल्यो। त्यसपछि तत्कालीन गृहमन्त्री भीम रावलसमक...
रसुवाको भोटेकोशीमा पदमार्ग बनाएर ४८५ जनालाई सुरक्षित स्थानमा सारियो
प्रशासन, समाचार, समाज

रसुवाको भोटेकोशीमा पदमार्ग बनाएर ४८५ जनालाई सुरक्षित स्थानमा सारियो

नेपालअखबार,काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले विस्थापित भएका ४ सय जना बढीलाई पदमार्ग बनाएर सुरक्षितस्थानमा सारिएको छ । २४ असार मध्यराति भोटेकोशीमा आएको विनासकारी बाढीका कारण धुन्चे–टिमुरे खण्डदेखि सीमानाकासम्मै सडक अवरुद्ध छ । शसस्त्र प्रहरी बलका अनुसार हालसम्म त्यसक्षेत्रमा फसेका ४ सय ८५ जनाको उद्धार गरी पदमार्ग बनाएर गन्तब्यतर्फ पठाइएको छ । यस्तै रसुवागढी भन्सार कार्यालय यार्डमा फसेको २ वटा कन्टेनर र एउटा ईभी गाडीलाई समेत सुरक्षित ठाउँमा सारिएको छ । बाढीमा परेर अहिले पनि ३ जना प्रहरीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता छन् । हालसम्म ४ जनाको शव र ५ वटा मानव अंग फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । फेला परेका शवमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ ।  अन्य शव र मानव अंग परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । शव तथा मानव...
डुम्रे-बेसीशहर–चामे सडक खण्डमा राति सवारी चलाउन रोक
प्रशासन, समाचार, समाज

डुम्रे-बेसीशहर–चामे सडक खण्डमा राति सवारी चलाउन रोक

नेपालअखबार,लमजुङ। मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै डुम्रे-बेसीशहर–चामे सडक खण्ड अन्तर्गत बेसीशहरदेखि मनाङको सिमानासम्मको सडक खण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै २५ असारदेखि साउन मसान्तसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको हो । जिल्ला सुरक्षा समिति लमजुङको २४ असारमा बसेको बैठकले यस वर्षको मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस्तो निर्णय  गरेको हो । उक्त सडक खण्ड पहिरोको बढी जोखिम रहेकोले यस्तो निर्णय गर्नु परेको प्रशासनले जनाएको छ ।...
संगिता पहाडी टेलिकमकी निलम्बित एमडीसँग अदालतले माग्यो २ लाख धरौटी
प्रशासन, समाचार

संगिता पहाडी टेलिकमकी निलम्बित एमडीसँग अदालतले माग्यो २ लाख धरौटी

नेपालअखबार,काठमाडौं । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडीलाई विशेष अदालतले २ लाख धरौटी माग गरेको छ । मंगलबार न्यायाधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासले पहाडीलाई २ लाख धरौटीमा रिहा गर्न विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले उनी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपाल टेलिकमको बिलिङ सम्बन्धी वार्षिक मर्मतसम्भार ठेक्का (एएमसी)का क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनी लगायतमाथि मुद्दा दायर गरेको हो । अख्तियारले २४ जेठ, २०८२ मा तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यतिबेला संगीता पहाडी प्रमुख व्यवसायिक अधिकृत थिइन् । सुनिल पौडेललाई भ्रष्टाचार मुद्दा चलेपछि सरकारले पहाडीलाई प्रब...
रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह
प्रशासन, समाचार, समाज

रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह

नेपालअखबार,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भएतापनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदी रहेको उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो। यसैबिच चितवनको नारायणी नदी आसपासको क्षेत्रमा जिल्ला प्रहरी कार्यालय चितवनले माइकिङ गरेको छ । नदीको प्रवाह बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीको भनाइ छ ।...