Wednesday, June 3

प्रशासन

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ
प्रशासन, समाचार, समाज

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ

नेपालअखबार,जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ परेका छन् । हस्ताक्षर किर्ते गरेको आरोपमा मुद्दा दर्तापछि  फरार रहेका उनलाई सोमबार जनकपुरबाटै पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए । परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर नक्कल गरी कर्मचारी बर्खास्त गरिएको उजुरीपछि साहविरुद्ध अनुसन्धान सुरु गरिएको थियो । साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पासवानको नक्कली हस्ताक्षरसहितको पत्र तयार पारी उच्च अदालतमा पेश गरेका थिए । तर, निर्देशक पासवानले उक्त हस्ताक्षर आफ्नो नभएको भन्दै अदालत र प्रहरीमा किर्ते तथा जालसाजीको उजुरी दिएपछि विधि विज्ञान प्रयोगशालामा जाँच गर्दा किर्ते गरेको पुष्टि भएको थियो । प्रहरीले म...
१५ लाख धरौटीमा युनुस अन्सारीलाई छाड्न आदेश
प्रशासन, समाचार

१५ लाख धरौटीमा युनुस अन्सारीलाई छाड्न आदेश

नेपालअखबार,काठमाडौं । नक्कली नोट कारोबारको आरोपमा छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् । अन्सारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले शुक्रबार मात्र रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो । अन्सारी १० जेठमा सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । त्यसलगत्तै फेरि पक्राउ गरेपछि उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन समेत दिएका थिए । युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० जेठ २०७६ मा पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो । ...
सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द
प्रशासन, समाचार, हाइलाइट-समाचार

सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द

नेपालअखबार,काठमाडौँ । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ । समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै सेवाहरू बन्द हुने विभागको सूचनामा उल्लेख छ । ‘आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको ब्यहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ । यसबाट सेवाग्राहीमा पर्न गएक...
९ वर्षमा टुंगियो गाउँपालिकाको केन्द्र
प्रशासन, समाचार

९ वर्षमा टुंगियो गाउँपालिकाको केन्द्र

नेपालअखबार, बागलुङ। विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ। काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसेको १७औं गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत रूपमा पालिकाको भवन बनाउने स्थानको टुंगो लगाएको हो। बागलुङका १० पालिकामध्ये नौ पालिका आफ्नै भवनमा रहँदा बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवादले गर्दा प्रशासकीय भवन निर्माण हुनसकेको थिएन। भवनका निर्माणका लागि स्थान छनोटमा सहमति नजुट्दा अहिलेसम्म गाउँपालिका भाडाकै घरमा सञ्चालनमा हुँदै आएको छ। काठेखोला गाउँपालिका–२ अक्षते र वडा नं ६ को सुल्डाँडा स्थानीय जग्गा उपलब्ध गराउन राजी भए पनि निर्वाचित जनप्रतिनिधिको मत बाँझिदा समस्या भएको थियो। यही असार १० गते १७ औं गाउँसभाको दोस्रो बैठकमा पालिकाको केन्द्र टुङ्ग्याएर भवन बनाउने विषयमा मतदानसमेत भए...
११ निर्माण व्यवसायीलाई खरिद अनुगमन कार्यालयले माग्यो ७ दिनभित्र स्पष्टीकरण
प्रशासन, समाचार

११ निर्माण व्यवसायीलाई खरिद अनुगमन कार्यालयले माग्यो ७ दिनभित्र स्पष्टीकरण

नेपालअखबार,काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको हो। विभिन्न सरकारी निकायको सिफारिसमा यी कम्पनीहरूलाई कालोसूचीमा राख्न लागिएको हो। सूचनाअनुसार, कालोसूचीमा राख्न नपर्ने कुनै आधार र प्रमाण भए पेस गर्न ३० दिनको समय दिएर पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको हो। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ (४क) बमोजिम यो कदम चालिएको कार्यालयले जनाएको छ। तोकिएको ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा यी कम्पनीहरूलाई कालोसूचीमा राखिनेछ। कालोसूचीमा परेपछि उनीहरूले निश्चित अवधिसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।...
कर्णाली विकास बैंक घोटाला प्रकणमा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ
अपराध, प्रशासन, समाचार

कर्णाली विकास बैंक घोटाला प्रकणमा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ

नेपालअखबार,नेपालगञ्ज  ।  नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज धम्बोझी चोकबाट पक्राउ गरेको छ । मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज खड्काले जानकारी दिए। 'बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,' उनले भने। विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका मिश्र अहिले नेकपा (एमाले) का केन्द्रीय सदस्य छन्। मधेस आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट उम्मेदवार थिए। स्वतन्त्र राजनीतिक समूहबाट उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए। पछि उनी एमाले प्रवेश गरेका थिए। मिश्रसँगै सो ठगी प्रकरणमा पक्राउपर्नेको सङ्ख्या तीन पुगेको ...
आज संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा फैसला हुँदै
प्रशासन, समाचार

आज संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा फैसला हुँदै

नेपालअखबार,काठमाडौँ  । साढे चार वर्षदेखि विचाराधीन संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति संविधानका दृष्टिले ठीक कि बेठिक भन्नेबारे सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउँदै छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा यो मुद्दा गत जेठ २८ गतेको आदेशअनुसार आजका लागि पेशीमा चढेको छ । मंगलबार प्रधानन्यायाधीश राउत, वरिष्ठतम न्यायाधीश मल्ल र न्यायाधीश नहकुल सुवेदी इजलासमा बसेनन् । इजलासका अन्य सदस्य न्यायाधीशहरू चुडाल र शर्माले भने मंगलबार मुद्दाहरू हेरेका थिए । अध्यादेशमार्फत संशोधित कानुनबमोजिम २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० पदाधिकारी नियुक्ति गरिएको विरुद्ध परेका १५ रिटलाई सँगै सुनुवाइ गरेर संवैधानिक इजलासले आदेश दिन लागेको हो । १ जेठमा बहस सकिएपछि जेठ २८ मा नियुक्तिबारे निर्णय स...
गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
प्रशासन, समाचार, समाज, स्वास्थ्य

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

नेपालअखबार,गण्डकी। गण्डकी प्रदेशको कास्की, बागलुङ, तनहुँ, म्याग्दी, मनाङ, लमजुङ, पर्वत र गोरखालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि आठवटै जिल्लालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो । प्रदेशका बाँकी जिल्ला स्याङ्जा, नवलपुर र मुस्ताङलाई यही असारभित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कास्कीलाई सोमबार र लमजुङलाई आज पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य मन्त्री कृृष्णप्रसाद पाठकले बताए । पहिलो पटक विसं २०७५ मा गण्डकी प्रदेश नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार जन्मेदेखि २३ महिना उमेर समूहका बालबा...
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा
प्रशासन, समाचार

माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा

नेपालअखबार,काठमाडौँ । माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आादानप्रदान भएको छ ।भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको माल्दिभ्सका राज्यमन्त्रीलाई जानकारी दिएको उनको सचिवलयले बिहीबार जनाएको छ । उनले नेपालमा एमडी एमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए । मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरु काम गर...
गण्डकीमा राइड सेयरिङ स्थगन नगर्न सर्वोच्चको आदेश
प्रशासन, समाचार

गण्डकीमा राइड सेयरिङ स्थगन नगर्न सर्वोच्चको आदेश

नेपालअखबार,काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्थगन गर्नेगरी भएका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । उपभोक्ता हित संरक्ष मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले नियमावली स्थगन गर्ने निर्णय तथा सोसँग सम्बन्धित सम्पूर्ण निर्णय पत्रचारहरु कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । २०८२ जेठ २० गते गण्डकी प्रदेश सभाबाट उक्त नियमावली ल्याएको थियो । उक्त नियमावलीविरुद्ध यातायात व्यवसायीहरुले बन्द हडताल जस्ता कार्य गरेपछि संघीय सरकारले पत्राचार गरी रोक लगाउने निर्णय गरेको थियो । राइड सेयरिङ प्रविधिलाई बजार प्रवेशमा निषेध गर्नेगरी बन्द हडताल गरी नियमावली रोकिएको र त्यो कानुन र सिद्धान्तका आधारमा बदरभागी भएको भन्...