३१ थान मोबाइल र २ लाख रुपैयाँ ठगेको आरोपमा दुई जना प्रहरी पक्राउ
नेपालअखबार, रौतहट । सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा बहालवाला एक जना प्रहरी सहायक हवलदार र एक जना प्रहरी जवान पक्राउ परेका छन्।
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञबिनोद पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषामा दुवै जनाविरुद्ध आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले जानकारी दिए ।
आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रवक्ता एसएसपी महतोले बताए
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका ५ घर भएका सहायक हवलदार दीपेन्द्र र सुनसरी जिल्लाको देवागन्ज गाउँपालिका २ घर भएका प्रहरी जवान रोशन मिलेर जन...










