Friday, May 15

प्रशासन

६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
प्रशासन, समाचार

६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल अखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएको भन्दै जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनेको भन्दै ६० वर्षमाथिका वृद्ध र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको हो।...
घुससहित समातिए इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत
प्रशासन, समाचार

घुससहित समातिए इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत

नेपाल अखबार, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग ६५ हजार घुस मागेका थिए । उक्त रकम लिन बिहीबार साँझ उनी इटहरीको वीपी चोकमा रहेको समिप होटलमा पुगेका थिए । होटल अगाडी मोटरसाइकलको स्टार्ट बन्द नगरीभित्र पसेका पोखरेललाई घुस लिएर निस्कन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।...
पोखरामा मास्क नलगाई हिड्ने २१ जनालाई  आज प्रहरी नियन्त्रणमा
प्रशासन, समाचार

पोखरामा मास्क नलगाई हिड्ने २१ जनालाई आज प्रहरी नियन्त्रणमा

नेपाल अखबार, पोखरा ।  पोखरा महानगरको विभिन्न क्षेत्रमा मास्क नलगाई हिड्ने र सम्झाउदा बुझाउदा अटेर गर्ने २१ जनालाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । कोभिड १९ संक्रमण जोखिम बढ्दै गएको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने जस्ता  नेपाल सरकारको निर्देशनलाई अटेर  गर्दै  सम्झाइ बुझाई गर्दा समेत नमान्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिनुपरेको प्रवक्ता हमालले बताए । प्रवक्ता  हमालका अनुसार पक्राउ परेका उनीहरुलाई  जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाई जनही रु १०० का दरले जरिवाना गरी छाडिएको हो । मोटरसाइकलमा सवार गर्दा, सार्वजनिक स्थानमा हिड्डुल गर्दा र ग्रुपमा भेला हुँदा मास्कको प्रयोग नगर्ने र अटेर गर्नेलाई आज पक्राउ गरीएको र भोलिबा...
मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन
प्रशासन

मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

नेपाल अखबार, काठमाडौँ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदारनाथ शर्माले बताए । उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यो अहिले गरिएको निर्णय नभइ पुरानै हाे ।’ एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएपनि कार्यान्वयन नभएको प्रवक्ता शर्माको भनाइ थियो । सोही अनुरुप निर्देशन गरिएको शर्माले बताए । निर्देशन अवज्ञा गर्नेमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने शर्माले जानकारी दिए । यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए ।...
मृतक सदाको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग
प्रदेश २, प्रशासन

मृतक सदाको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग

नेपाल अखबार,धनुषा । प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने आज जानकारी दिए। घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरिसकेको र छानबिनमा दोषी देखिनेलाई कारवाही गरिने उनले बताए। गत जेठ ३ गते भारतको अहमदावादबाट आएका सदा गाउँकै क्वारेन्टिनमा रहेका थिए। १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला भएपछि टिप्परमा बसाएर प्रादेशिक अस्पतालको ढोकासम्म ल्याइएको थियो। त्यही उनको स्वाब संकलन गरिएको र समयमै रिपोर्ट नआएका कारण झाडापाखालाको समेत राम्रो उपचार नपाइ सोमबार मृत्यु भएको थियो। प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमै उपचार नपाएर सदाको मृत्यु भएपछि प्रदेश सरकारले छानबिन समि...
बन्यो कार्यविधि : यसरी प्राप्त गर्नेछन् एसईईका विद्यार्थीले नम्बर
प्रशासन, शिक्षा

बन्यो कार्यविधि : यसरी प्राप्त गर्नेछन् एसईईका विद्यार्थीले नम्बर

नेपाल अखबार, काठमाडाैं। माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई नम्बर (ग्रेडसिट) दिनका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ कार्यविधि बनाएको छ। कोरोनाको महामारीका कारण चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षा स्थगित भई तत्काल सम्भव गर्न सम्भव नभएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याकंनलाई नै आधार मानेर प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार ‘माध्यमिक शिक्षा परीक्षा एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ ल्याएको हो। सो कार्यविधिअनुसार विद्यार्थीको मूल्यांकनका लागि विद्यालयका प्रधानाध्यापक र दुई जना शिक्षक रहेको समिति निर्माण हुने र उक्त समितिले विद्यालयले गरेको अन्तिम मूल्यांकनाका आधारमा विद्यार्थीलाई नम्बर दिनेछ। गत वर्ष एसइई परीक्षामा सहभागी हुनका लागि चार लाख ८२ हजार दुई सय १९ व...
पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि, बोर्डले क्षमा मागे
प्रशासन, समाचार, समाज

पर्यटनमन्त्री भट्टराईले सम्बोधन गरिरहेको भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि, बोर्डले क्षमा मागे

नेपाल अखबार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा असामान्य परिस्थिति सिर्जना भएको र कार्यक्रम बीचमै अन्त्य गर्नुपरेकोमा क्षमा मागेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम बीचमै अन्त्य गर्नुपरेको भन्दै क्षमा याचना गरेको हो । यस विषयमा बोर्डले छानविनका लागि कार्वाही प्रक्रियालाई समेत अघि बढाइसकेको जानकारी दिएको छ । के भएको थियो भर्चुअल बैठकमा ? कोभिड १९ को रोकथामका लागि पर्यटन सम्बबद्ध निर्देशिका जारी गर्न बोर्डले भर्चुअल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी थिए । जुममा आयोजित भर्चुअल कार्यक्रम सुरु भएको केहीबेरमै पोर्न भिडियो बज्न थाल्यो । एकाएक अश्लिल भिडियो बज्न थालेपछि सबैजना केहीबेर अलमलमा परे । तर आयोजक पक्षले तत्काल बैठक रोक्यो । मन्त्री भट्टराई बोल्न सुरु गर्नासाथ अश्लिल भिडि...
छोरी जन्मिए १० हजार उपहार
प्रशासन, समाचार

छोरी जन्मिए १० हजार उपहार

नेपाल अखबार, जाजरकोट  । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताए । यसपाला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गरेको उनले बताइन् । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिएको समेत शाहीले बताइन् । “सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी रु एक हजार ५००, स्थानीय तोरीको तेलका लागि रु ५०० र बच्चाको कपडा किन्नका लागि रु ५०० दिनुभयो”, श...
नाबालिकालाई करणी प्रयासको आरोपमा पकाउ
प्रशासन, समाचार

नाबालिकालाई करणी प्रयासको आरोपमा पकाउ

नेपाल अखबार, रूकुम। नाबालिकालाई करणी प्रयासको आरोपम  एक व्यक्ति पक्राउ परेका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए । प्रनि केसीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ । नाबालिकाको अवस्था अहिले सामान्य रहेको जनाइएको छ । रासस...
रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा बाबुसहित ४ जना पक्राउ
प्रशासन, समाचार

रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा बाबुसहित ४ जना पक्राउ

नेपाल अखबार, रूपन्देही। रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा उनकै बाबुसहित चार जना पक्राउ परेका छन्। रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हेमकुमार थापाले  दिएको जानकरीअनुसार बच्चाको शवसहित उनका बाबु र अन्य तीन जना पक्राउ गरिएको हो। उनका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरका ८ वर्षीय राजेश परियारलाई गाडिएको अवस्थामा फेला पारिएको हो। उनलाई त्यही जिल्लाकाे तिलोत्तमा-४ को जंगलमा बोरामा लगेर गाडिएकाे थियाे। एसपी थापाका अनुसार ती बालक लामाे समयदेखि बिरामी थिए। त्यसका लागि उनका बाबुले गाउँमा चन्दासमेत जम्मा पारेका थिए। तर शुक्रबार बिहान अचानक ती बालकलाई जिउँदै गाडेकाे खबर आएपछि प्रहरी टाेली पुग्दा गाडिएकाे अवस्थामा फेला पारिएकाे हाे। तर उनकाे मृत्यु भइसकेकाे थियाे। एसपी थापाले घटना विस्तृत रुपमा खुलाउन चाहेनन्। ‘अहिले सबै कुरा नखुलाऔं,’ उनले भने,...