Monday, July 27

प्रशासन

विद्यार्थीले पाए सहुलियत दरमा इन्टरनेट
प्रशासन, शिक्षा, समाचार

विद्यार्थीले पाए सहुलियत दरमा इन्टरनेट

नेपाल अखबार,काठमाडौं । विद्यार्थी र शिक्षकले सहुलियत दरमा भ्वाइस सेवा, पाँच जिबी डाटा र बल्क एसएमएस पाउन थालेका छन् । सिकाईमा सहजीकरणका लागि भ्याट लगायतका कर बाहेक ९९ रुपैयाँमा ‘पाठशाला सियुजी सिम’ उपलब्ध गराउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । पाँच जिबी डाटा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेभसाइटमा कक्षा १ देखि १० सम्मका पाठ्यक्रम चलाउन मात्रै प्रयोग गर्नुपर्ने शर्मा बताउँछन् ।शिक्षा मन्त्रालयले नेपाल टेलिकमसँग सम्झौता गरेर विद्यार्थीहरूलाई सहुलियत प्रदान गर्न लागेको हो । ‘पाठशाला सियुजी सिम’ शिक्षक-विद्यार्थी र अभिभावकबीच असिमित कुराकानी गर्न, केन्द्रको वेभसाइट चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस चलाउन सकिने मन्त्रालयले जनाएको छ । सिम लिनका लागि विद्यालय र स्थानीय तहको सिफारिस आवश्यक पर्ने प्रवक्ता शर्माले जानकारी दिए ।...
शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्
प्रशासन, शिक्षा, समाचार, हाइलाइट-समाचार

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्

नेपाल अखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरे । मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्न निर्देशन गरिएको बताए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क ...
पोखरामा बाघको छाला र सालकको खपेटासहित एक युवक पक्राउ
प्रशासन, समाचार

पोखरामा बाघको छाला र सालकको खपेटासहित एक युवक पक्राउ

नेपाल अखबार ,पोखरा । अबैध बाघको छाला र सालकको खपेटासहित पोखराको शिसुवाबाट कास्की प्रहरीले एक युवालाई पक्राउ गरेको छ । धादिङ गल्छी गाउँपालिका– ४ निवासी २८ वर्षीय सन्तोष लामिछानेलाई अबैध बाघको छाला,सालकको खपेटा, हाड,खुट्टा तथा पंजासहित प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । पोखरा–३१ शिसुवाबाट वनपोखरीतर्फ प्रदेश नं ३ को ३–०२–०११ प. ७८०६ नम्बरको मोटरसाइकल मा जाँदै गर्दा मंगलबार साँझ ६.३० बजे कास्की प्रहरी र शिसुवा प्रहरीको सयुक्त टोलीले अबैध छालासहित लामिछानेलाई पक्राउ गरेको  कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । लामिछानेको साथबाट  जेब्रा झोलामा छुकाइछिपाई ल्याएको अबैध बाघको छाला–१ थान, सालकको खपेटा–१ थान बन्यजन्तुको जस्तो देखिने ३ केजी ७ सय ५० ग्राम हाड, खुट्टा र पंजा बरामद भएको हमालले बताउनुभयो  । लामिछानेलाई  थप अनुसन्धान र कारवाहीका लागि डिभिजन व...
बालबालिका फकाउँदै कानको मुन्द्रा लुट्ने महिला पक्राउ
प्रशासन, समाचार

बालबालिका फकाउँदै कानको मुन्द्रा लुट्ने महिला पक्राउ

नेपाल अखबार, काठमाडौं । खेलिरहेका बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो । नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन, काँडाघारी र कोटेश्वर क्षेत्रमा ‘मुन्द्रा लुटपाट आतंक’ मच्चाएकी थिइन् । पछिल्लो २ महिना यता काठमाडौं उपत्यकामा मुन्द्रा लुट्ने नयाँ शैलीको ‘अपराध ट्रेण्ड’ देखिएपछि अपराध महाशाखाले लुटपाटमा संलग्नलाई पक्राउ गर्न ‘एम्बुसिङ’ गरेको थियो । लुटेको मुन्द्रा किन्ने काभ्रे रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरली बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बिकको ललितपुर महानगरपालिका–६ कनिबहालमा सुन पसल छ । सन्दिपाले लुटेको सुन मुरलीले गालेर गहना बनाउँथे । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार ६१ लाल गालेको सुन र ६२ लाल गाल्न बाँकी सु...
पोखरामा होस्टल सञ्चालन गर्नेलाई पक्राउ
प्रशासन, समाचार

पोखरामा होस्टल सञ्चालन गर्नेलाई पक्राउ

नेपाल अखबार, पाेखरा। काेरोना भाइरस नियन्त्रणका लागि सरकारले निषेध गरेको छात्रावास(होस्टल)सञ्चालन गर्ने एक जनालाई प्रहरीले कारवाहीका लागि प्रशासनलाई बुझाएको छ । पोखरा महानगरपालिका–४ गैहपाटनमा अवस्थित अलब्राइट होस्टलमा विद्यार्थी राखेर पठनपाठन सञ्चालन गर्ने छात्रावासका सञ्चालिका न्यूरोड घर भई गैहपाटन निवासी ३२ वर्षीया सरस्वती श्रेष्ठलाई आवश्यक कारवाहीका लागि  प्रशासनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । कोरोेना रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्धारा होष्टल, विद्यालय, व्यामशाला, धार्मिक स्थलहरु बढी भीडभाड हुने स्थानहरु सञ्चालन नगर्ने नगराउने निर्णयको विरुद्दमा कार्य गरेको र छात्रावासमा पठनपाठन सञ्चालन गरेको उनको भनाई छ । सरकारले गत असोज १ गतेदेखी लामो तथा मध्यम दूरीमा यातायात सञ्चालनको निर्णय गरेपनि शैक्षिक संस्था, खेलकूद...
कक्षा ११ पढ्न ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो
प्रशासन, शिक्षा, समाचार

कक्षा ११ पढ्न ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

नेपाल अखबार, काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हटाएको छ। भदौ ५ गते अनलाइनखबरमा ‘२६ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने, निर्णय फिर्ता लिन शिक्षाविद्को माग’ शीर्षकमा समाचार प्रकाशित गरेपछि परिषद्ले निर्णय सच्याएको केन्द्रका एक अधिकारीले जानकारी दिए । ती अधिकारी भन्छन्, ‘जीपीए १.६ र डी प्लस दुवै ल्याउनु पर्ने प्रावधान राख्दा हजारौं विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएपछि त्यो निर्णय सच्याएका हौं ।’ परिषद्को भदौ ११ गते बसेको बैठकले एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसा...
पोखरामा जबर्जस्ती चन्दा उठाउने २ जना पक्राउ
प्रशासन, समाचार

पोखरामा जबर्जस्ती चन्दा उठाउने २ जना पक्राउ

नेपाल अखबार, पाेखरा।  पोखरामा जबर्जस्ती चन्दा उठाउने २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ मोतिडाँडा घर भइ हाल काठमाण्डौ तारकेश्वर नगरपालिका ७ मनमैजु बस्ने वर्ष २७ का रविन केसी भनिने ध्वज बहादुर रावत र रोल्पा जिल्ला गंगादेवी गाउँपालिका २ घर भइ काठमाण्डौ महानगरपालिका १६ गोङगबु बस्ने वर्ष २२ का रामकुमार डाँगी रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जनाकारी दिए । हमालका अनुसार बुधबार अन्दाजी दिउँसो १:३० बजेको समयमा पोखरा महानगरपालिका ६ हल्लनचोकमा जबर्जस्ती चन्दा असुली रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये रावत नेकपा विप्लव समुहका अखिल क्रान्तिकारी, काठमाण्डौ जिल्ला कमिटी सदस्य र डाँगी नेकपा विप्लव समुहका अ...
पोखरा महानगरको बहुप्राविधिक शिक्षालयमा यसैवर्ष पढाई हुने, सिभिल र अटो इन्जिनियरिङको आवेदन खुला
प्रशासन, शिक्षा, समाचार

पोखरा महानगरको बहुप्राविधिक शिक्षालयमा यसैवर्ष पढाई हुने, सिभिल र अटो इन्जिनियरिङको आवेदन खुला

नेपाल अखबार, पाेखरा।  पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्रविविधक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ । तीन वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ । एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । दुई विषयमा ४८÷४८ कोटा निर्धारण गरिएको छ भने विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको आचार्य बताए । १० वटा पूर्ण छात्रवृत्ति र ६ वटा कोटा सहुलियत र ३२ वटा कोटा खुला रहेका छन् । पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको हो । अटोमोबाइल इन्जिनियरिङ सम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा ब...
महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ
प्रशासन, समाचार

महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ

नेपाल अखबार, काठमाडौं । महँगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् । भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ ।...
मिर्गौला तस्करीमा नक्कली  बाबुआमा बन्ने २ जना पक्राउ
प्रशासन, समाचार

मिर्गौला तस्करीमा नक्कली बाबुआमा बन्ने २ जना पक्राउ

नेपाल अखबार ,काठमाडौ । मिर्गौला तस्करीमा सलग्न रहेको आरोपमा ललितपुर प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्णवीर जोशी र गीता जोशी रहेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मिर्गौला तस्करीमा उनीहरू नक्कली बुबाआमा बनेका थिए । लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको एसएसपी राईले जानकारी दिए । यसअघि मिर्गौला तस्करीमा प्रहरीले ९ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।...