Wednesday, June 24

प्रशासन

पोखरामा १७ जुवाडे पक्राउ, जुवाखालबाट एक लाख भन्दा बढि रकम सहित
प्रशासन, समाचार

पोखरामा १७ जुवाडे पक्राउ, जुवाखालबाट एक लाख भन्दा बढि रकम सहित

नेपाल अखबार, पाेखरा। पोखरामा जुवा खेल्दै गरेको अवस्थामा १७ जना जुवाखालबाट एक लाख भन्दा बढि रकम सहित पक्राउ      परेका छन् । पोखरा -१० मिलनटोलस्थित एक घरबाट प्रहरीले जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा १७ जनालाई १ लाख २हजार ४सय नव्वे नगद सहित पक्राउ गरेको हो । उक्त स्थानबाट प्रहरीले २ सय २४ पत्ती, एउटा हरियो कम्बल र एउटा गलैंचा पनि बरामद गरेको उल्लेख गरेको छ । प्रहरीका अनुसार घटनामा पक्राउ पर्नेमा ८ पुरुष र ९ महिला रहेका छन् । पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।...
कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै
अर्थ, प्रशासन

कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै

नेपाल अखबार, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ । अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । भदौ एक गतेबाट नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानी कार्य गरिने निर्णय भएको कम्पनी रजिष्ट्रार कार्यालयका प्रवक्ता एवं उपरजिष्ट्रार तुल्सीराम गैरेले जानकारी दिए । अनलाईन प्रणालीपछि नयाँ कम्पनीको प्रवन्धपत्र र नियमावलीको दुई प्रतिबाहेक अन्य कागजी विवरण कार्यालयमा पेश गर्न नपर्ने प्रवक्ता गैरेले बताए । यसरी दर्ता हुने नयाँ कम्पनीको छुट्टै कागजी फायल तयार नगरिने  र ती कम्पनीको पुनः काम गर्नु पर्दा अनलाईन अभिलेखलाई नै अधार मानिने कार्यालयले जनाएको छ । पुराना कम्पनीले बुझाउनुपर्ने सबै विवरण पनि भाद्र १ गतेदेखि अनलाईनमार्फत नै बुझाउन मिल्...
अनैतिक सम्बन्धको नतिजाः फेक फेसबुक आइडीबाट गोप्य तस्वीर सार्वजनिक गरिदिएपछि हत्या
प्रशासन, समाचार

अनैतिक सम्बन्धको नतिजाः फेक फेसबुक आइडीबाट गोप्य तस्वीर सार्वजनिक गरिदिएपछि हत्या

नेपाल अखबार, काठमाडौं । स्थानीय गोंगबुस्थित १ होटलमा बस्दै आएका १ जनाको हत्या गरी टाउको बिनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा आमाछोरीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका – की ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र निजकी १५ वर्षीया छोरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । टोखा–१० गोंगबु नवज्योति मार्गमा आइतबार बिहान सुटकेसभित्र टाउको बिनाको शव र सुटकेस भेटिएको स्थानभन्दा केही पर टाउको र खुट्टा पोको पारेर फालिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा हत्यामा संलग्न मुडभरीलाई कालिका – ९ शक्तिखोरस्थित माइतीघरबाट ...
तनहुँको भानु नगरपालिका एक साता बन्द
प्रशासन, समाचार

तनहुँको भानु नगरपालिका एक साता बन्द

नेपाल अखबार, दमौली । तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका एक साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा एक साताका लागि बन्द गरेको हो । नगरवासीलाई कोरोना सङ्क्रमणको जोखिमबाट बचाउन नगरपालिका र सम्पूर्ण वडा कार्यालय आजदेखि आगामी  भदौ २ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए । उनका अनुसार नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रुपमा गरिएको परीक्षणमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र कार्यालयहरुमा सेवाग्राहीको भीडभाड बढेकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो । “कार्यालयमा सेवाग्राहीको भीड बढेकाले जोखिम भएको तथा जिल्लाका अन्य स्थानमा पनि सङ्क्रमितहरु भेटिएको हुँदा नगरपालिकाको कार्यालय र यसअन्तगर्तका सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु बन्द...
२वटा वडा सिल गर्न महानगरपालिकाको जिल्ला प्रशासन कार्यालयलाई आग्रह
प्रशासन, समाचार, स्वास्थ्य

२वटा वडा सिल गर्न महानगरपालिकाको जिल्ला प्रशासन कार्यालयलाई आग्रह

नेपाल अखबार, पोखरा । कोरोना भाइरसको संक्रमणबाट पोखरा १९ का १ जना को ज्यान गए पछि पोखरा महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय कास्कीलाई महानगरपालिकाको वडा नम्बर १६ र १९ सिल गर्न सिफारिस गरेको छ । ‘पोखरा १६ दिपचोकदेखि पोखरा १९ को लामाचौर हुँदै भुनपुरेसम्मको मुख्य सडकको वरपरको क्षेत्र, भक्तिपथ, सहरडहर, भण्डारी डहर लगायतका ठाउँमा पूर्ण रोक लगाउन माग गरिएकाे छ ।’ महानगरपालिकाका मेयर मानबहादुर जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएका छन् , ‘उपल्लो लामाचौर, चनौटे मार्ग, गेरीखोर, ढाड, एल एन्जल स्कुल, (साविक लामाचौर १ देखि ६) लाई कम्तीमा १ हप्ताका लागि सिलबन्दी गरी आवतजावतमा पूर्ण रुपले रोक लगाउन कडा कार्यालय १६ र १९ मार्फत अनुरोध भए आएकाले माग बमोजिमको व्यवस्था हुनका लागि अनुरोध गरिन्छ ।’ साथै पोखरा १९ लामाचौरका ६२ वर्षीय १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गइसकेको र अन्य ६ जना आइसोल...
काठमाडौं ५ का केही क्षेत्र सिल
प्रशासन, समाचार

काठमाडौं ५ का केही क्षेत्र सिल

नेपाल अखबार, काठमाडौं । काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्रमा एकैपटक ८ जनामा कोरोना संक्रमित भएपछि सिल गरिएको छ । हाँडी गाउँको कोटाल टोलमा एकैपटक ८ जनामा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु स्थानीय, प्रहरी र प्रहरीका परिवार रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिएका छन् ।...
तनहुँमा अपाङ्ग महिलालाई जबर्जस्ती करणी गर्ने अभियुक्तलाई जन्मकैद
प्रशासन, समाज

तनहुँमा अपाङ्ग महिलालाई जबर्जस्ती करणी गर्ने अभियुक्तलाई जन्मकैद

नेपाल अखबार, तनहुँ । जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले भीमाद नगरपालिका–९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो । साथै पीडितलाई क्षतिपूर्तिबापत रु ५० हजार पीडकबाट दिलाउने फैसला भएको अदालतका निमित्त श्रेस्तेदार जीवन पौडेलले जानकारी दिए । पूर्ण अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा विसं २०७६ मङ्सिर २ गते परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । यसैगरी न्यायाधीश पौडेलको इजलासले जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका घिरिङ गाउँपालिका–५ का प्रेमबहादुर रानालाई कसुर ठहर गरी सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको छ । सजाय निर्धारणको लागि यही साउन २९ गते पेशी तोकिएको अदालतले जनाएको छ । घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा रान...
कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर
प्रशासन, समाचार

कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

नेपाल अखबार, दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए । नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै  आएको छ । भारतले लिपुलेक जोड्ने सडक निर्माण क्रममा तम्बाकु, घाटिबगर, दोपाखे, पोला, बुदी लगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभाग मार्फत् डोजर ल्याई आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ । ने...
स्वाब संकलन गर्न काठमाडौंका १४ अस्पताल तोकिए
प्रशासन, समाचार

स्वाब संकलन गर्न काठमाडौंका १४ अस्पताल तोकिए

नेपाल अखबार, काठमाडाैं । सरकारले कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकाको १४ अस्पताल तोकेको छ । काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलन स्थलको रुपमा तोकिएको छ । शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त ठाउँबाट आएकाहरुले यी अस्पतालमा बिहान ९ देखि १ बजेसम्म गई स्वाब परीक्षण गराउन सक्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यीबाहेक सरकारले तोकेका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालमा पनि स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ ।...
६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
प्रशासन, समाचार

६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल अखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएको भन्दै जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनेको भन्दै ६० वर्षमाथिका वृद्ध र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको हो।...