देवानगन्ज घटनामा सरकार र मृतकका आफन्तबीच ७ बुँदे सहमति
नेपालअखबार,सुनसरी । सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएकाहरुका परिवार र सरकारबीच ७ बुदे सहमति भएसगै परिवारले शव बुझ्ने भएका छन।
कप्तानगञ्जमा आइतबार भएको गोलीकाण्डका पीडितसग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ मध्यरातमा देवानगन्ज पुगेका थिए।
रातभरि चलेको वार्तापछि सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति भएको हो।
सहमति पत्रमा शुक्रबार बिहान ५ बजे दुवै पक्षले हस्ताक्षर गरेको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिए।
सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट ओमप्रकाश मेहताका बुबा कुशदेव मेहता तथा जयप्रकाश मेहताका बुबा नरेश मेहताले हस्ताक्षर गरेका छन् ।
सहमति भएसँगै परिवारले अस्पतालमा रहेका मृतक ओमप्रकाश र जयप्रकाशको शव बुझ्ने भएका छन्।
सहमति अनुसार मृतक दुवै जनालाई शहीद घोषणा गर्न सरकारले तत्काल प्रक्रिया थाल्नेछ।
साथै, दुवै परिवारलाई जनही १० लाख रूपैयाँ रा...










