गण्डकीमा राइड सेयरिङ अघि बढ्यो, अब निजी सवारी साधनले पनि भाडाका यात्रु बोक्न पाउने
नेपालअखबार,पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिकता दिँदै कार्यान्वयन सुरु गरेको छ । माघ ४ गते बसेको मन्त्रिपरिषद बैठकले मौजुदा नियमावलीमा केही संशोधन गरेर कार्यान्वयन थाल्ने निर्णय गरेको हो ।
सरकारले यसअघि वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित गरेको थियो । तर, सङ्घ सरकारले नै कार्यान्वयनमा अवरोध गरेपछि रोकिएको उक्त नियमावली अहिले केही संशोधनसहित अघि बढेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
‘राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न नियमावलीमा देखिएका केही अस्पष्टता हटाइएको छ । नियमावली संशोधन भइसकेकोले अब यातायात कार्यालयले छिट्टै सूचना प्रकाशन गरेर औपचारिक रूपमा दर्ता प्रक्रिया सुरु गर्नेछ,’ उनले भने ।
नियमावलीमा चारपांग्रे सवारी साधनको सीमा तोकिएको छ । यसअघि २ पांग्रेले २० किलोमिटरको दुरीमा सेवा दिन पाउने भनिए पनि ४ पांग्रेको हकमा प्रस्ट खुलेक...






