Sunday, May 31

प्रशासन

गृहमन्त्रालयमा भएको शिक्षकहरूसँग छलफल निष्कर्षविहीन
प्रशासन, समाचार

गृहमन्त्रालयमा भएको शिक्षकहरूसँग छलफल निष्कर्षविहीन

नेपालअखबार, काठमाडाैं। आन्दोलनरत शिक्षकसँग सरकारले गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ। बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। गृह मन्त्रालयमा बिहान ८ देखि ९ बजे सम्म भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारी उपस्थित थिए। सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी थिए। छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए। मन्त्री श्रेष्ठले शिक्षकहरूको जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको गिरीले ...
द्रुत बस सेवा राजधानीमा सुरू
प्रशासन, समाचार

द्रुत बस सेवा राजधानीमा सुरू

नेपालअखबार, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्य विनायकसम्म मात्रै सीमित नरहने बताएका छन् । बुधवार संविधान दिवसको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगन्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए । उनले बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरूको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरूको सहजताको लागि बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस सेवा शुभारम्भ गरिएको बताए । उनले द्रुत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने बताए । उनले द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ सुरु...
जिल्ला न्यायाधीशमा २११ परीक्षार्थी मध्ये एक जना मात्र पास
प्रशासन, समाचार

जिल्ला न्यायाधीशमा २११ परीक्षार्थी मध्ये एक जना मात्र पास

नेपालअखबार, काठमाडौँ । जम्मा २९ पदका लागि भएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २११ जनामध्ये पारसमणि पोखरेल मात्र अन्तर्वार्ताका लागि सिफारिस हुनुभएको हो । पोखरेल न्याय सेवाको कर्मचारी छन्। न्याय, कानुन, सरकारी वकिल समूहका कर्मचारी तथा कानुन व्यवसायीसमेत गरी परीक्षामा २११ जना सहभागी थिए। न्याय सेवा आयोगले आइतबार सार्वजनिक गरेको नजिता अनुसार पोखरेल मात्र अन्तर्वार्ता चरणका लागि सिफारिस हुनुभएको हो। पोखरेलको अन्तर्वार्ता असोज १ गते हुने छ। आयोगले जेठ २६ गतेको विज्ञापनबाट २९ जनाको पदपूर्ति प्रक्रिया अघि बढाएको थियो। संविधानको धारा १४९ (२) को खण्ड (ख) र (ग) बमोजिम कुल रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये...
महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना
प्रशासन, समाचार

महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना राखेको छ । सिनियर म्यानेजमेन्ट टीम (एमएमटी) को बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यी काम निर्धारित समयमा पुरा गर्न निर्देशन दिए । यो वर्ष, गएको बर्षभन्दा नतिजामा वृद्धि गर्नु पर्ने भन्दै उनले जनजीविकाको सहजता, पूर्वाधार विकासमा समन्वयात्मक संयन्त्र, आर्थिक सामाजिकका काममा सहभागिताबाट नतिजा निकाल्नु पर्नेमा जोड दिए । तत्काल गर्नुपर्ने कामको सूचीमा, हाइमास्ट लाइट जडान गर्ने, विद्युतीय सेवा सुरु, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ्ग व्यवस्थापन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडा स्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएक...
गृह मन्त्रालयले गर्‍यो १० अधिकारीहरूको सरूवा (सूचीसहित)
प्रशासन, समाचार

गृह मन्त्रालयले गर्‍यो १० अधिकारीहरूको सरूवा (सूचीसहित)

नेपालअखबार, काठमाडाैं । गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको छ। मन्त्रालयले शुक्रबार १० अधिकारीहरूलाई सरूवा गरेको हो। इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगा सरूवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुंगाकी सिडिओ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय कार्यालय भोजपुरमा  सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा गरिएको छ। त्यसैगरी, जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा डडेल्धुरामा सरूवा गरिएको मन्त्रालयले जनाएको छ। अरू को कहाँ?...
कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध मुद्दा दर्ता
प्रशासन, समाचार, समाज

कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध मुद्दा दर्ता

नेपालअखबार, खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, कारागार सुरक्षा गार्डद्वय दमनसिंह राई र नुसन राईविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता सन्तोषप्रसाद भण्डारीले जानकारी दिए । यसैगरी सरकारी वकिल कार्यालयले कैदीहरु राम कार्की, अनिस शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाडविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । कारागारको झ्याल काटेर भाग्न खोजेपछि गत साउन २४ गते दुईजना कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट सङ्खुवासभाको मादीका विनोद तोलाङ्गी र नुवाकोटको ककन...
आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत
प्रशासन, समाचार

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

नेपालअखबार, मेलम्ची । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।  सांसद सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका  खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा  पुग्नुभएका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए । विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस...
प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब पाँच वर्ष कायम
प्रशासन, समाचार

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब पाँच वर्ष कायम

नेपालअखबार, काठमाडौँ। मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा 'उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०' पारित गरेको छ। गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो। शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खास गरी विद्यार्थीहरू ठुलो मर्कामा थिए। अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको छ। शैक्षिक  प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन्। संशोधित नियममा भनिएको छ- कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानुन बमोजिम नेप...
भोक्राहा नरसिंह गाउँपालिमा चरम बेथिति, प्रशासनिक व्यवस्थापनमा लापरबाही
प्रशासन, समाचार

भोक्राहा नरसिंह गाउँपालिमा चरम बेथिति, प्रशासनिक व्यवस्थापनमा लापरबाही

नेपालअखबार, काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको रोजगार संयोजक सोभा कुमारी मेहताले सरकारी कुर्सीको दुरुपयोग गरेको पाइएको छ । पालिकाको कार्यालयमा राखेको सोभा कुमारी मेहता रोजगार संयोजक लेखेको नेमप्लेट अगाडि राखेको रोजगार संयोजकको नाबालक छोराले सरकारी कुर्सीमा बसेको तस्बिर सार्वजनिक भएको छ । बिहीबार रोजगार संयोजक सोभा कुमारी मेहताले आफ्नो नाबालक छोरालाई सरकारी कुर्सीमा बसाएर पालिकाको महत्त्वपूर्ण कामकाजको रेकर्ड राखेको ल्यापटप समेत चलाउन दिएर काम विशेषले बाहिर गएको रहस्य बाहिरिएको छ । कार्यालय समयमा नाबालक बालकलाई कार्यालयमा ल्याउने गरेको र काम भन्दा बढी बालकको स्याहारसुसारमा बढी समय खर्चिने गरेको उनी माथी आरोप छ । उनले विभिन्न समयमा फर्जी बिल समेत पेस गरि लाखौं रकम भ्रष्टाचार गरेको आरोप छ । सोभा मेहताको श्रीमान नेपाली काङ्ग्रेसको कार्यकर्ता भएको कारण उनलाई कार्वाही नगरे...
पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब
अर्थ, प्रशासन, समाचार

पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब

नेपालअखबार, काठमाडौं । चालू आर्थिक वर्ष २०८०/a८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ । व्यापार घाटा भए तापनि यो अघिल्ला वर्षभन्दा ७६ करोड ६० लाख ५० हजारले कम हो । गत साउनमा आयातबाट मात्र कुल ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ राजस्व उठेको छ । भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा वस्तु तथा सेवा आयातमा कमी आएकाले व्यापार घाटा पनि कमी आएको हो । विभागले गत वर्षभन्दा १ दशमलव ५६ प्रतिशतले कम आयात भएको जनाएको छ । गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु आयात भएको थियो । गत साउनमा नेपालबाट अन्य देशमा हुने निर्यात ८ दशमलव ६५ प्रत...