Sunday, May 31

प्रशासन

स्पेनसहित विभिन्न देशसँग श्रम सम्झौता गरिने
प्रशासन, समाचार

स्पेनसहित विभिन्न देशसँग श्रम सम्झौता गरिने

नेपालअखबार, काठमाडौँ । सरकारले स्पेनसहितका विभिन्न देशसँग श्रम सम्झौता गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । मन्त्रालयले स्पेनसहित पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो । त्यसका लागि दुवै देशका अधिकारीहरूले छलफल गर्ने, सम्झौता पत्रको मस्यौदा तयार पार्ने लगायतका काम भइरहेको श्रममन्त्री शरतसिंह भण्डारीले बताए ।  रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेर फर्किएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अब श्रमिकको लागि यूरोपको ढोका खुलेको बताए । सरकारले हालै मात्रै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । ति देशसँग गरिएको सम्झौतापछि मन्त्रालयले अन्य देशहरूसँग समेत सम्झौताको प्रक्रिया अगाडि बढाएको हो । ‘हामीले अब स्पेन, पोर्चुगल, साईप्रस, माल्टा लगायतका ...
सरकारी निकायमा ‘घुस’को विगविगी
पत्रपत्रिका, प्रशासन, समाचार

सरकारी निकायमा ‘घुस’को विगविगी

नेपालअखबार, काठमाडाैं। पछिल्ला घट्ना नं १ : असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परेका छन् । घट्ना नं २ : असोज १५ गते चन्द्रागिरि नगरपालिका काठमाडौका असिष्टेन्ट सब इञ्जिनियर विजयलक्ष्मी पन्त २५ हजार घुस सहित पक्राउ परेका छन् ।  नं ३ : असोज १२ गते भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुस सहित पक्राउ घट्ना नं ४ : विष्णुपुर गाउपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव २ लाख रुपैया घुस सहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशन टोलीले विशेष सूचनाका आधारमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाएको हो । माथि उल्लेखित घटना प्रतिनिधिमूलक घट्ना मात्रै हुन । मुलुकमा सुशासनको कमी भएको आवाज उठिरहेको बेला यस्ता घटनाहरु ...
किरण राउत सर्वोकृष्ट प्रहरी, आचार्यलाई ट्राफिक व्यवस्थापक पुरस्कार
प्रशासन, समाचार

किरण राउत सर्वोकृष्ट प्रहरी, आचार्यलाई ट्राफिक व्यवस्थापक पुरस्कार

नेपालअखबार, मकवानपुर । प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्य पुरस्कृत भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशले ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कारबाट प्रहरी निरीक्षक आचार्यलाई पुरस्कृत गरेको हो । ६८ औँ प्रहरी दिवस–२०८० को अवसरमा प्रहरी निरीक्षक आचार्यलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्राफिक प्रहरी प्रमुख आचार्यलाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण तथा समग्र ट्राफिक व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोले प्रहरी निरीक्षक आचार्यलाई पुरस्कृत गरिएको हो । उनले गत चैत्र ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए । त्यस्तै प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण राउत सर्वोकृष्ट प्रह...
दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती
अर्थ, कृषि, प्रशासन, समाचार

दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती

नेपालअखबार, काठमाडौँल । दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिने भएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको भन्दै संस्थानबाट उत्पादन भएको दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती गरिएको जनाएको छ । सोमबार कृषि तथा पशुपन्छीमन्त्री वेदुराम भुसालले किसानसँग खरिद गरिएको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएपछि मूल्य घटाएको स्पष्ट पारे । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले संस्थानका उत्पादनमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिएको उल्लेख गरे । अब संस्थानका उत्पादनमा दुधमा प्रतिपाउच दुई रुपियाँ छुट भएको छ । ९७ रुपियाँमा साबिक मूल्य कायम भएकामा अब ९५ रुपियाँ लिटरमा उपभोक्ताले दुध खरिद गर्न सक्ने छन् । दही एक लिटरमा २० रुपियाँको छुट दिइएको छ । अब डिडिसीको दही ९० र...
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
प्रशासन, समाचार

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

नेपालअखबार, बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिए । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे  जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।...
पोखरामा घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना !
प्रशासन, समाचार

पोखरामा घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना !

नेपालअखबार, पाेखरा। घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ। सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन्। ‘घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरू गरेको छ,’ उनले भनिन्, ‘यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ।’ कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन् । “सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ”, उनले भ...
तनहुँमा मेडिकल सञ्चालन गर्ने गरौजा र चौधरीलाई जनही एक लाख जरिवाना
प्रशासन, समाचार

तनहुँमा मेडिकल सञ्चालन गर्ने गरौजा र चौधरीलाई जनही एक लाख जरिवाना

नेपालअखबार, तनहुँ। अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन्। तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र दलबहादुर केसीको इजलासले पक्राउ परेका दुवै जनालाई जनही एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले सञ्चालकद्वय गरौजा र चौधरीलाई गत बिहीबार पक्राउ गरी उनीहरु विरु...
भरतपुर महानगरले रोपेको विरूवा उखेलेपछि पक्राउ
प्रशासन, समाचार, समाज

भरतपुर महानगरले रोपेको विरूवा उखेलेपछि पक्राउ

नेपालअखबार, भरतपुर। भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छन्। भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उनले बताए। उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो।...
बिरामीलाई भर्ना गरेर उपचार गर्ने मेडिकल सञ्चालक पक्राउ
प्रशासन, समाचार, समाज

बिरामीलाई भर्ना गरेर उपचार गर्ने मेडिकल सञ्चालक पक्राउ

नेपालअखबार, दमाैली। आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको आरोपमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई ‘इन्जेक्सन’मार्फत उपचार गराएको प्रहरीको भनाइ छ। त्यस्तै मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएक...
भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने
अर्थ, प्रशासन, समाचार

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

नेपालअखबार, काठमाडौँ । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीचमा भएको द्विपक्षीय छलफलका क्रममा हाल सञ्चालनमा रहेका प्रसारण पूर्वाधार र निर्माण सम्पन्न हुने चरणमा रहेका पूर्वाधार प्रयोग गरेर विहार, उत्तर प्रदेशलगायत भारतीय राज्यमा बिजुली निर्यातका लागि थप सहज हुने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी कूल छ सय ३२ मेगावाट विद्युत् हाल निर्यात भइरहेको छ । त्यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर, चार सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन र ७० मेगावाट महेन्द्रन...