Wednesday, September 23

प्रशासन

माओवादीका पूर्वलडाकुलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
प्रशासन, समाचार

माओवादीका पूर्वलडाकुलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

नेपालअखबार, काठमाडौं। सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकुहरुलाई २ लाख रुपैयाँ राहत रकम दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन आदेश जारी गर्दै यो विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको छ। अधिवक्ता ज्ञानेन्द्र आरणले माओवादी अयोग्य लडाकुहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सरकारले माओवादी अयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले रकम उपलब्ध गराउन कार्यविधि समेत बनाएको थियो।...
सर्वोच्चले रेशम चौधरीको जन्मकैद सदर गर्‍यो
प्रशासन, समाचार

सर्वोच्चले रेशम चौधरीको जन्मकैद सदर गर्‍यो

नेपालअखबार, काठमाडाैं । रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो। इजलासले भनेको छ- अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन। इजलासले प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपित कसुरबाट सफाइ दिएको छ। सीताराम र गंगारामलाई  उच्च अदालत दीपायलले जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। अर्का प्रतिवादी लक्ष्मण थारूलाई पनि उच्च अदालतले  कर्तव्य ज्यान मुद्दामा जन्मकैद र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो। लक्ष्मणको सजाय घटाएर सर्वोच्चले तीन वर्ष बनाइदिएको छ। संविधान जारी हुनुभन्दा अघि २०७२ भ...
खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति
प्रशासन, समाचार

खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार, काठमाडाैं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न माग गरेको हो। त्यसअनुसार नै शनिबारदेखि लागु हुनेगरी चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनलाई बुधबार अदालतमा पेश गर्ने गरी म्याद थप गरिएको हो। यस्तै सरकारी वकिलको कार्यालयले पनि यही चार दिनभित्र अनुसन्धान सकिने गरी म्याद मागेको प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। आइतबार कार्यालयले पूर्वगृहमन्त्री खाणका पिए नरेन्द्र केसीको बयान लिएको छ। अन्य पक्राउ परेका व्यक्तिहरूको बयान लगभग सकिसकेको छ। खाणको सम्भवत: भोलि बयान लिइने उनले बताए। यस प्रकरणमा पूर्वगृहमन्त्री खाण, उनका पिए केसी, पूर्वगृहसचिव ...
जेठ १ देखि मेलम्चीको पानी वितरण रोकिने
प्रशासन, समाचार

जेठ १ देखि मेलम्चीको पानी वितरण रोकिने

नेपालअखबार, सिन्धुपाल्चोक  । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।      हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए ।...
कपिलवस्तुमा राहदानीको सेवा बिहान ७ बजेबाटै
प्रशासन, समाचार

कपिलवस्तुमा राहदानीको सेवा बिहान ७ बजेबाटै

नेपालअखबार,रुपन्देही । राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेबाटै सेवा दिन शुरु गरेको छ । कार्यालयले   वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत निर्मल पोख्रेलका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म र दोस्रो सिफ्ट ११बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । कार्यालयले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था समेत कार्यालयभित्र मिलाएको आचार्यले बताए । विगतमा सेवाग्राही स्वयमले बिचौलियामार्फत उक्त फर्म भरी कार...
अन्तर्वार्ता लिइरहेको मेनपावर कम्पनीमा विभागको छापा
प्रशासन, समाचार

अन्तर्वार्ता लिइरहेको मेनपावर कम्पनीमा विभागको छापा

नेपालअखबार, काठमाडौँ । साउदी कामदार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा विभागको टोलीले छापा मारेको हो । अनुमति नै नलिई साउदीमा हेभी ट्रक ड्राइभर, रोड मेन्टेनेन्स वर्कर र ट्रक ड्राइभरको लागि अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाको आभारको विभागको टोलीले छापा मारेको थियो । छापा मार्ने क्रममा अनुमति लिएको तर, तोकिएको मितिभन्दा अगावै अन्तर्वार्ता लिएको पाइएको विभागले जनाएको छ विभागका शाखा अधिकृत धर्मराज लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक कागजात हेरेको थियो । त्यहिक्रममा वैशाख १५ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो । तर, कम्पनीले आजै अन्तर्वार्ता लिएको पाइएको लम्सालले बताए । त्यसरी तोकिएको मितिभन्दा बाहिर गएर अन्तर्वार्ता लिन पाइँदैन । उक्त कम्पनीमाथि आवश्यक अनुसन्...
टोपबहादुरको घरबाट दोस्रोपटक पनि रित्तै फर्कियो प्रहरी
प्रशासन, राजनीति, समाचार

टोपबहादुरको घरबाट दोस्रोपटक पनि रित्तै फर्कियो प्रहरी

नेपालअखबार, काठमाडौं । ललितपुरको सातदोबाटोस्थित स्थित टोपबहादुर रायमाझीको घरमा मंगलबार पुगेको प्रहरी टोली रित्तै फर्किएको छ । नक्कली भुटानी शरर्णार्थी प्रकरणमा रायमाझी फरार रहेको अवस्थामा काठमाडौं प्रहरी परिसरको मुद्धा शाखाको टोली मंगलबार रायमाझीको घरमा पुगेको थियो । केही दिनअघि पनि प्रहरीको टोलीले रायमाझीको घरमा खानतलासी गरेको थियो । काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले अनुसन्धानका क्रममा प्रहरी टोली रायमाझिको घरमा पुगेको हुन सक्ने बताए । ‘यो अनुसन्धानको विषय भयो। कुनै कामले प्रहरी टोली पुग्यो होला’ एसएसपी कार्कीले भने । स्रोतका अनुसार प्रहरीले घरमा मुद्दासँग सम्बन्धित कुनै डकुमेन्ट फेला पार्न सकेन। रायमाझीका छोरा सन्दीप भने अहिले प्रहरी हिरासतमा रहेका छन् । अर्घाखाँचीमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका रायमाझी पक्राउ पुर्जीको सुचना पाएपछि सोही दिन साँझ सम्पर्...
गृहसचिव हेरफेर, नयाँ सचिव दिनेश भट्टराई
प्रशासन, समाचार

गृहसचिव हेरफेर, नयाँ सचिव दिनेश भट्टराई

नेपालअखबार, काठमाडौं । भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृहसचिव हेरफेर गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको हो ।सरकारले हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।...
सरकार र महावीर पुनबीच सात बुँदे सहमति
प्रशासन, समाचार

सरकार र महावीर पुनबीच सात बुँदे सहमति

नेपालअखबार, काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएको हो । दुई पक्षबीच  अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका विषयमा सहमति भएको छ । यस्तै कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार सहमति पत्रमा भनिएकाे छ । मागपत्रमा उल्लिखित अन्य विषयहरुलाई सरकारले कानुन बनाउँदा ध्यान दिन भएकाे छ । त्यस्तै पुनको नेतृत्वमा भइरहेको धर्ना लगायत सबै आन्दोलनका कार्यक्रम अहिले नै अन्त्य गर्ने सहमति समेत भएको छ ।...
जाजरकोटमा १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट
प्रशासन, समाचार

जाजरकोटमा १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट

नेपालअखबार, जाजरकोट । प्रहरीले जाजरकोटमा अफिम खेती नष्ट गर्ने अभियान चलाएको छ । वैशाख ७ बाट प्रहरीले जाजरकोटको विभिन्न भू–भागमा फैलिएको अफिम खेती नष्ट गरिरहेको छ । नलगाड गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा करिब १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट गरिएको जाजरकोटका डीएसपी सन्तोष रोकाले  बताए । इन्स्पेक्टर सुनिल थापा नेतृत्वको टोलीले नलगाढ नगरपालिका–३ चाउलेचौर, दारेलेख, पाखा, करुवा सानोबन, सानोछाप र नौखालीमा अवैध रुपमा खेती गरिएको र आफैं उम्रिएको अफिम नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दल्लीसँगको समन्वयमा ३ दिनसम्म बसेर इन्स्पेक्टर नेतृत्वको टिमले अफिम नष्ट गरेको डिएसपी रोकाले जानकारी दिए । जुनिचाँदे गाउँपालिका–७ स्थित निपाने र भेरी नगरपािलका–२ स्थित डिंगा थलह तथा बारेकोट गापाको वडा नम्बर ८ बनलेपाटा लगायतका ठाउँमा फैलिएको अफिम नष्ट गरिएको छ । अफिम नष्ट गर्न ६४ जना प्रहरी परिचालन गरिएको थ...