Wednesday, July 29

प्रशासन

नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी
प्रशासन, समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी

नेपालअखबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ । सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले बताए । “तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको एक सातामा सक्ने गरी काम भइरहेको छ”, उनले भने । दायाँतर्फको भने ४० प्रतिशत मात्रै काम भएको छ । दायाँतर्फ ६० मिटर अग्लो चट्टानको थियो । काटेर २५ मिटर तल झारिएको छ । बाँकीलाई यसैगरी काट्दा लामो समय लिने भएकाले विस्फोट गराउन अनुमति मागेको आचार्यले बताए। आयोजनाका प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात ...
मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन
प्रशासन, समाचार

मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन

नेपालअखबार, महोत्तरी । महोत्तरी मालपोत कार्यालयको कामकाज बुधबार एक सातापछि पुनः सञ्चालन भएको छ । लेखापढी कानुन व्यवसायीहरुको आन्दोलनका कारण गत बुधबारदेखि नै सदरमुकाम जलेश्वरस्थित उक्त कार्यालयको कामकाज ठप्प रहेकामा आजदेखि पुनः सबै कामकाज सञ्चालन भएको कार्यालयका प्रमुख मोहम्मद इजहार आलमले बताए । उक्त कार्यालयमा आबद्ध करिब दुई सय लेखापढी कानुन व्यवसायी (लेखनदास)हरुले सेवाग्राहीहरुलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायत सबै कामकाज बुधबारदेखि नै ठप्प परेका कारण एक सातासम्म कार्यालय बन्द थियो । गत बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि लेखापढी व्यवसायीहरुले पक्राउ परेकाहरु पनि लेखनदास रहेको भन्दै उनीहरुलाई निसर्त छाड्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि शुक्रबार प्रहरीले उनीहरुलाई रिहा गरेको थियो । तर पनि लेखन...
सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् : प्रमुख आचार्य
प्रशासन, समाचार, हाइलाइट-समाचार

सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् : प्रमुख आचार्य

नेपालअखबार, पोखरा।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उहाँले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनु भएको हो । ‘‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अव हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए भन्ने बुझ्न पर्छ, प्रमुख आचार्यले भन्नुभयो, त्यस कारण अहिले महानगरले घोषणा गरेको क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्राविधिक तयारी नपुगेकाले मात्रै खुकुलो हुनु परेको हो ।” तर, बिम्बका हिसाबले पार्किङ व्यवस्थापनको अभियान सुरु गरिएको उहाँले बताउनुभयो । पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको ...
निगमद्वारा कर्णालीमा अनलाइन टिकट सुरु
प्रशासन, समाचार

निगमद्वारा कर्णालीमा अनलाइन टिकट सुरु

नेपालअखबार, सुर्खेत । नेपाल वायुसेवा निगमले नेपालगञ्जदेखि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा उडान भर्ने जहाजका अनलाइन टिकट बिक्री सुरु गरेको छ । निगमले बिहीबार ई–टिकट प्रणाली सुरु गरेको हो । नेपालगञ्जबाट हवाई यातायात जोडिएका जिल्लाहरु हुम्ला, मुगु, डोल्पा, जुम्ला, रुकुमपश्चिम र बाजुरामा ई–टिकट सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । हिजोदेखि अनलाइन टिकट सेवा सुरु गरिएको र जिल्लाबाट फर्किदा पनि यो सेवा पहिलो पटक कार्यान्वयनमा आएको उनले बताए । नेकपा माओवादी केन्द्र जुम्लाबाट निर्वाचित सांसद छिरिङल्यामु लामा ९तामाङ० ले कर्णाली र सुदूरपश्चिमका दुर्गममा जिल्लामा शक्ति र पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा सर्वसाधारणले सास्ती पाएको भन्दै यही माघ ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई मागपत्र बुझाएका थिए । ४२ सिट...
बाँकेमा समातिएका सांसद चौधरीलाई धनगढी ल्याइयो
प्रशासन, राजनीति, समाचार

बाँकेमा समातिएका सांसद चौधरीलाई धनगढी ल्याइयो

नेपालअखबार, धनगढी । बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरूणकुमार चौधरीलाई धनगढी ल्याइएको छ । चौधरीलाई श्रीएयरलाइन्सको विमान मार्फत धनगढी ल्याइएको हो । चौधरीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने जानकारी दिए । डीएसपी जोशीले उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने बताए । १३ वर्ष अघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । बिहीबार अपराध अनुसन्धान महाशाखाको टोलीले कोहलपुरबाट पक्राउ गरेको थियो।  बाँकेबाट श्रीएयरलाइन्सको विमानबाट काठमाडौं लगिएको थियो। चौधरी पक्राउ परेकाे विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बौनियामा प्रदर्शन गरेको थियो भने भोलि कैलालीमा यातायात ...
विमानस्थलमा नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ
प्रशासन, समाचार

विमानस्थलमा नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

नेपालअखबार, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ। दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्। महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्। उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।...
धनुषामा हिरासत फोडेर भागेका एक जना थुनुवा पक्राउ
प्रशासन, समाचार

धनुषामा हिरासत फोडेर भागेका एक जना थुनुवा पक्राउ

नेपालअखबार, जनकपुर । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर-६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् । महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी हातहतियार तथा खरखजाना मुद्दामा शुक्रबार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए । अन्य पाँच जनाको खोजी तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।...
अब रवि लामिछानेलाई पक्राउ गर्ने बाटो खुल्यो
प्रशासन, राजनीति, समाचार

अब रवि लामिछानेलाई पक्राउ गर्ने बाटो खुल्यो

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ । नागरिकता विवाद प्रकरणमा रवि लामिछानेको नागरिकता अमान्य घोषित भएसँगै लामिछानेलाई पक्राउ गर्ने बाटो खुला भएको हो ।  शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेले प्रयोगमा ल्याएको नागरिकता खारेज भइसकेको नागरिकता रहेको ठहर गर्दै उक्त नागरिकतालाई अमान्य घोषित गरिदिएको थियो । उक्त नागरिकता अमान्य घोषित भएसँगै अब लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद, सांसद र मन्त्री पदसमेत जाने भएको छ । लामिछानेले आफूखुसी अमेरिकाको नागरिकता लिइ नेपाली नागरिकता त्याग गरिसकेपछि एकै समयमा पुरानै नेपाली नागरिकता प्रयोग गरी पासपोर्टसमेत लिएको पाइएपछि सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गृह मन्त्रालयकै निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोहोरो नागरिकता...
होटेल, रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज
प्रशासन, समाचार

होटेल, रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले होटेल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेको छ । होटेल, रेस्टुरेन्टहरुले श्रम ऐन २०७४ को दफा ८७ (३) र श्रम निमावली २०७५ को नियम ८२ को प्रावधानका आधारमा ग्राहकबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए । तर सर्वोच्चलेसंविधानको धारा ४४ र धारा ११५ (१) को भावना र मर्म अनुकुल नदेखिएको भन्दै श्रम ऐन र नियमावलीको ती व्यवस्था माघ ११ गते देखि लागू हुने गरी अमान्य र बदर घोषित गरिदिएको हो । सेवा शुल्क खारेजीको माग गर्दै २३ जेठ, २०७५ मा प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला सुनाएको हो । फैसलामा भनिएको छ, ‘विधायिकाद्वारा निर्मित ऐनले प्रष्ट र किटानी र...
बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरे कारबाही गर्ने प्रहरीको चेतावनी
प्रशासन, समाचार, हाइलाइट-समाचार

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरे कारबाही गर्ने प्रहरीको चेतावनी

नेपालअखबार,काठमाडौँ । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ । पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ । प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको बताएको छ । आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । यदि बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ । ‘सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही हुने समेत सम्पूर्णमा जानकारी गिरएको छ’, सूचनामा उल्लेख छ । अति प्रज्वल...