आयोगले गर्यो समानुपातिक सांसद निर्वाचित भएको घोषणा, भोलि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने
नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतपरिणाम प्रतिवेदन बुझाउने भएको छ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आज पत्रकार सम्मेलन गर्दै मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम प्रतिवेदन मंसिर २९ गते बिहीबार राष्ट्रपतिलाई बुझाइने बताए।
आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फको परिणामसमेत घोषणा गरेको छ। दलहरूले चयन गरी पठाएका नाम क्लस्टर मिले वा नमिलेको छानबिन गरी आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो।
साथै पुस २ मा आयोगले प्रदेश सभा निर्वाचन परिणामसहितको प्रतिवेदन सातै प्रदेश प्रमुखहरूलाई पनि बुझाउने भएको छ। आयोगले निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा पनि प्रकाशित गरिने बताएको छ।
आयोगका अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कूल ८२५ जना नि...








