Wednesday, November 11

प्रशासन

हज यात्राका लागि निवेदन खुला
धर्म/संस्कृति, प्रशासन, समाचार

हज यात्राका लागि निवेदन खुला

नेपालअखबार, काठमाडाैं ।  काठमाडौं । नेपाल हज समितिले सन् २०२३ को हज यात्रामा जान चाहनेका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । साउदी अरबले सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज गर्न सक्ने गरी साउदी अरबले कोटा पठाएको छ । उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूले नेपाल हज समितिको सचिवालयको वेव साइट nepalhajj.moha.gov.np मा रहेको हज आवेदन फारम डाउनलोड गरी गरी फारम भर्नु पर्नेछ । गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । हज यात्राका लागि पहिलो किस्तावापतको २ लाख २५ हजार रुपैयाँ आफ्नो स्थायी ठेगना रहेको जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ। निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्...
काठमाडौं महानगरले एसइई नतिजा सुधारका लागि विद्यालयमा पठायो सहजकर्ता
प्रशासन, शिक्षा, समाचार

काठमाडौं महानगरले एसइई नतिजा सुधारका लागि विद्यालयमा पठायो सहजकर्ता

नेपालअखबार, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ। एसइई नतिजा सुधार गर्नकै लागि महानगरले अनिवार्य ५ विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी विद्यालयमा पठाएको हो। त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ। यसका लागि महानगरले गत माघ ४ गते सार्वजनिकरूपमा विज्ञापन माग गरेको थियो। उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए। ‘सहजकर्ताका लागि आवश्यकता संख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १८ जना मात्र रहेकाले प्रक्रिया पुर्‍याएर उहाँहरूलाई...
जुम्लाबाट लागुऔषधसहित एक जना पक्राउ
प्रशासन, समाचार

जुम्लाबाट लागुऔषधसहित एक जना पक्राउ

नेपालअखबार, जुम्ला । जुम्ला प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका-७ सडक खण्डबाट गोप्य सूचनाको आधारमा एक जनालाई पक्राउ गरिएको हो । चन्दननाथ-९ उमखोला वस्ने वर्ष १९ को कवीन्द्र रावललाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए । उनका अनुसार  रावल क १ ज ४८ नं. सुजुकी कम्पनीको खैरो रङ्गको ईइसियो भ्यानका चालक समेत हुन्। शङ्कास्पद रूपले गाडी भित्र बसी रहेको अवस्थामा सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकाया हितको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा निजले लगाएको सेतो कालो कलरको ज्याकेटबाट निज बसेको सिटमा लागुऔषध लिइएको छ ।...
आज अरुण चौधरीलाई बयानका लागि अदालत लगिने
प्रशासन, समाचार

आज अरुण चौधरीलाई बयानका लागि अदालत लगिने

नेपालअखबार, कैलाली । निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ । १९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो । २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो । उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन...
ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने
प्रशासन, समाचार

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

नेपालअखबार, काठमाडाैं। ललितपुरको ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका कारण देखिएको सवारी साधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारी साधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ। कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ। केही दिनयता सवारी साधन दुई घण्टासम्म पनि रोकिने अवस्था आएपछि ट्राफिक डाइभर्ट गर्नुपर्ने अवस्था आएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। सडक विभागले चार लेन सडकको बीचमा निर्माण सुरू गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ। हाल बालकुमारी पुलदेखि ग्वार्को चोकसम्म सडक छेउका दुई–दुई लेनमा मात्रै यातायात सञ्चालन भइरहेको प्रवक्ता भट्टले जानकारी दिए। अहिले सर्भिस लेन र सर्भिस ट्र्याकबाट मात्रै सव...
चुरोट र सुर्तीबाट सबैभन्दा धेरै अन्तःशुल्क सङ्कलन
अर्थ, प्रशासन, समाचार

चुरोट र सुर्तीबाट सबैभन्दा धेरै अन्तःशुल्क सङ्कलन

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा आन्तरिक उत्पादनतर्फ रू.५४ अर्ब ३७ करोड र पैठारीतर्फ रू.१६ अर्ब १४ करोड गरी अन्तःशुल्कतर्फ कुल रू. ७० अर्ब ५१ करोड असुल भएको छ। गत वर्षको तुलनामा आन्तरिकतर्फको अन्तःशुल्क ७.२ प्रतिशतले वृद्धि भए पनि तथा पैठारीतर्फको अन्तःशुल्क भने ५३ प्रतिशतले ऋणात्मक रहेको छ । अन्तःशुल्कतर्फका मदिरा बाहेक बियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ लगायत अन्य उत्पादन शीर्षकहरूमा आन्तरिक अन्तःशुल्क सङ्कलनमा सकारात्मक वृद्धिदर देखिए पनि मदिरामा भने ऋणात्मक रहेको छ।...
रविको राहदानीबारे प्रहरी अनुसन्धान सुरु
प्रशासन, समाचार

रविको राहदानीबारे प्रहरी अनुसन्धान सुरु

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान थालेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले दिएको जाहेरी लिन नमानेको प्रहरीले अहिले यसबारे अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले सफलले दिएको जाहेरीलाई समेत राखेर अनुसन्धान थालिएको  बताए । उनले भने, ‘पहिल्यै नागरिकताबारे छानबिन गर्न भन्दै आएको पत्रलाई जाहेरी सरह मानेर अनुसन्धान गरिरहेका थियौं, सफलजीको अर्को जाहेरी आएपछि त्यसैमा थपेर अनुसन्धान थालेका थियौं ।’ १७ माघमा लामिछानेविरुद्ध जाहेरी दिन जाँदा अदालतको आदेशको पूर्णपाठ नभएको भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन । खारेज भइसकेको नागरिकताको आधारमा राहदानी लिएको भन्दै लामिछानेविरुद्ध राहदानी ऐनविरुद्धको कसूर गरेको अभियो...
बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने
प्रशासन, समाचार, समाज

बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

नेपालअखबार, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए । एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ । सडक विस्तार र यातायात सञ्चालनसँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाएको उनले बताए । निर्माण व्यवसायीले ब...
नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी
प्रशासन, समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी

नेपालअखबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ । सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले बताए । “तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको एक सातामा सक्ने गरी काम भइरहेको छ”, उनले भने । दायाँतर्फको भने ४० प्रतिशत मात्रै काम भएको छ । दायाँतर्फ ६० मिटर अग्लो चट्टानको थियो । काटेर २५ मिटर तल झारिएको छ । बाँकीलाई यसैगरी काट्दा लामो समय लिने भएकाले विस्फोट गराउन अनुमति मागेको आचार्यले बताए। आयोजनाका प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात ...
मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन
प्रशासन, समाचार

मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन

नेपालअखबार, महोत्तरी । महोत्तरी मालपोत कार्यालयको कामकाज बुधबार एक सातापछि पुनः सञ्चालन भएको छ । लेखापढी कानुन व्यवसायीहरुको आन्दोलनका कारण गत बुधबारदेखि नै सदरमुकाम जलेश्वरस्थित उक्त कार्यालयको कामकाज ठप्प रहेकामा आजदेखि पुनः सबै कामकाज सञ्चालन भएको कार्यालयका प्रमुख मोहम्मद इजहार आलमले बताए । उक्त कार्यालयमा आबद्ध करिब दुई सय लेखापढी कानुन व्यवसायी (लेखनदास)हरुले सेवाग्राहीहरुलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायत सबै कामकाज बुधबारदेखि नै ठप्प परेका कारण एक सातासम्म कार्यालय बन्द थियो । गत बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि लेखापढी व्यवसायीहरुले पक्राउ परेकाहरु पनि लेखनदास रहेको भन्दै उनीहरुलाई निसर्त छाड्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि शुक्रबार प्रहरीले उनीहरुलाई रिहा गरेको थियो । तर पनि लेखन...