Tuesday, July 28

प्रशासन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण साहलाई पक्राउ पुर्जी जारी
प्रशासन, समाचार, स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण साहलाई पक्राउ पुर्जी जारी

नेपालअखबार, जुम्ला। जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार  सरोजराज रेग्मीले जानकारी दिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते  जाहेरी दरखास्त दर्ता गरेका थिए। ‘बाल हिंसाको आरोपमा प्रहरीमा डा साहविरुद्धमा जाहेरी पर्‍यो र त्यसको अनुसन्धान गर्न प्रहीले...
भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला
प्रशासन, समाचार

भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ४२ किलोमिटर टाढा अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिए । उनका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक/दुई दिनसम्म समय लाग्ने गरेको छ । ‘विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन्’ उनले भने, ‘रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौं ।’ उनले अत्तरिय...
शिक्षण अस्पतालबाट भागेका कैदी पक्राउ
प्रशासन, समाचार

शिक्षण अस्पतालबाट भागेका कैदी पक्राउ

नेपालअखबार, काठमाडाैं । आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालबाट भागेका कैदी भोला बुढाथोकीलाई ललितपुरको लुबुबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयकी डिआईजी किरण राणाले  बताइन् । नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका बुढाथोकीलाई  जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टिमले पक्राउ गरेको हो । रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकीलाई बुधवार प्रहरीले उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । प्रहरीको आँखा छलेर उनि भागेको नख्खु कारागारका जेलर सुवास कुमार लामिछानेले  बताए । आँखामा झुसिलकिरा बिझेर उपचार गराइरहेका बुढाथोकीलाई प्रहरीले फलोअपका लागी शिक्षण अस्पतालमा लगेको थियो । नख्खु कारागारको बाहिरी सुरक्षा व्यवस्थाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको छ...
लोकसेवा आयोगलाई परीक्षा लिन बाटो खुला
प्रशासन, समाचार

लोकसेवा आयोगलाई परीक्षा लिन बाटो खुला

नेपालअखबार, काठमाडाैं । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको  संवैधानिक इजलासले लोकसेवा आयोगसम्बन्धी परेका सम्पूर्ण रिट निवेदन खारेज गर्दै परीक्षाका लागि बाटो खुला गरेको हो ।  “लोकसेवा आयोगको परीक्षा रोक्नेसम्बन्धी परेका रिट निवेदन सबै खारेज भएका छन्”, सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, “फैसलासँगै लोकसेवा आयोगलाई रोकिएका सम्पूर्ण परीक्षा लिन बाटो खुलेको छ ।” उनका अनुसार कर्मचारी समायोजन विषयमा दरबन्दी भएको ठाउँमा मिलाउनु छ भने प्रदेशका विवाद प्रदेशमै मिलाउने भन्ने रहेको छ । सम्पूर्ण जानकारी फैसलाको लिखित पूर्णपाठ आएपछि मात्र थाहा हु...
लमजुङका भूमिहीनलाई लालपुर्जा लिन ३५ दिने सूचना आह्वान
प्रशासन, समाचार

लमजुङका भूमिहीनलाई लालपुर्जा लिन ३५ दिने सूचना आह्वान

नेपालअखबार, लमजुङ। लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ । लमजुङमा मात्रै नभइकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रुपले बसोबास गराउन लालपुर्जा दिन लागेको हो । गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेंसीशहर नगरपालिका भित्र सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका रहेका छन् भने गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकामा भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन भइसकेको राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामदोर अधिकारीले बताए । उनकाअनुसार जिल्लामा बाँकी रहेको अन्य नगरपालिका जस्तै बेंसीशहर नगरपालिका, मध्य नेपाल नगरपालिकाको लगत संकलन उठाउन बाँकी छ । यस्तै गाउँपालिका तर्फ क्व्होलासोंथर गाउँपालिका र दुध पोखरी गाउँपालिकाको लगत संकलन उठाउन बाँकी भएकाले भूमिहीन दलित तथा सुकु...
कर्मचारी समायोजनसम्बन्धी मुद्दामा निर्णय भोलि हुने
प्रशासन, समाचार

कर्मचारी समायोजनसम्बन्धी मुद्दामा निर्णय भोलि हुने

नेपाल अखबार, काठमाडाैं । सर्वोच्च अदालतले आइतबार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मङ्गलबार सुनाउने भएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलबारका दिन निर्णय सुनाउने मिति तय भएको हो। यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो। कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आइतबार मिति तोकिएको थियो। यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ।...
जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह
अपराध, प्रशासन, समाचार, समाज

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह

नेपाल अखबार, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध भदौ ५ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न पीडितहरूलाई आग्रह गरेको हो ।सूचनामा लेखिएको छ – “कास्की जिल्लामा मिटरब्याजीहरुले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय कास्कीका वा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराउन सबैमा सूचित गरिन्छ।”...
मंसिर ४ को निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता
प्रशासन, समाचार

मंसिर ४ को निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

नेपालअखबार, काठमाडाैं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन् । शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ । मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने काँग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ । दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नुपर्दछ ।...
प्रशासन, समाचार, स्वास्थ्य

कोभिड संक्रमण बढेसँगै पुनः तातोपानी र रसुवागढी नाका बन्द

नेपालअखबार ,तातोपानी । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयले जनाएका छन् । रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका भन्सार प्रमुखहरुले बताए। तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिनुभयो । तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको उहाँले बताउनुभयो । केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा बुधबार चिनियाँहरुले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले बताए । यता रसुवाको रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले बताए...
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकां‌क्षी
प्रशासन, समाचार

उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकां‌क्षी

नेपाल अखबार, पोखरा ।उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकांक्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ ।कूल आवेदन परेकामध्ये दुई सय ५५ पुरुष र १९ महिला रहेका छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोट गरी सूची प्रकाशित हुनेछ ।...