Saturday, April 18

मनोरञ्जन

राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च
मनोरञ्जन, विदेश, समाचार

राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च

नेपालअखबार, मुम्बई । बलिउडकी आइटम गर्ल राखी सावन्त विवादास्पद कलाकारका रुपमा परिचित छिन् । अहिले उनी पूर्वपति आदिल खान दुर्रानीका कारण चर्चामा छिन् । आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखीविरुद्ध उजुरी दिएका थिए । उनले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाएका थिए । राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाएका थिए । आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै निवेदन दिएकी थिइन् । अदालतले केही समयको बहसपछि उनको निवेदनलाई खारेज गरिदिएको छ । उनको निवेदन खारेजीसँगै राखी पक्राउ पर्ने सम्भावना उच्च रहेको छ । ‘जुन काम राखीले गरेकी थिइन्, त्यो गलत थियो । जसरी उनले आफ्ना पूर्व पतिको भिडियो सर्कुलेट गरिन, त्यो गलत भएको अदालतको ठहर छ । राखीमाथि यस किसिमको मुद्धा पहिलेदेखि नै पेन्डिङ छ । यसकारण उनको जमानत याचिका खारेज गरिएको छ । यो मुद्दामा कसै...
रामलाई मासु खाने भनेपछि विवादमा फस्यो नयनताराको फिल्म
चलचित्र, मनोरञ्जन, समाचार

रामलाई मासु खाने भनेपछि विवादमा फस्यो नयनताराको फिल्म

नेपालअखबार, चेन्नई । दक्षिण भारतीय अभिनेत्री नयनताराको फिल्म अन्नपूर्णी विवादमा फसेको छ । फिल्मले हिन्दु भावनामा ठेस पुर्‍याएको भन्दै पूर्व शिनसेना नेता रमेश सोलंकीले फिल्म निर्माताहरुविरुद्ध एफआईआर दर्ता गराएका छन् । ‘मैले एन्टी हिन्दु र एन्टी हिन्दु नेटफ्लिक्सविरुद्ध उजुरी दर्ता गराएको छ,’ एक्समा एउटा पोष्टमा सोलंकीले भनेका छन् । फिल्मले भगवान रामको अपमान गरेको पनि पोष्टमा उनले भनेका छन् । फिल्ममा केही विवादास्पद दृश्य छन् । एउटा दृश्यमा भगवान रामलाई मासु खाने भनेर भनिएको छ । फिल्म लभ जिहादलाई बढाउन उद्देश्यले बनाइएको सोलंकीले बताए । उनले मुम्बई प्रहरी र महाराष्ट्रका गृहमन्त्री देवेंद्र फडणवीससँग निर्माताहरुको साथमा नेटफ्लिक्स इन्डियाविरुद्ध कठोर कारबाही गर्न र एफआईआर दर्ता गर्न अनुरोध गरेका छन् । पोष्टमा सोलंकीले फिल्मको केही डायलग र सिनप्रति आपत्ति जनाएका थिए । फिल्ममा अभिने...
६ दिनमा ५०० करोड क्लबमा पुग्यो सालार
अर्थ, मनोरञ्जन, समाचार

६ दिनमा ५०० करोड क्लबमा पुग्यो सालार

नेपालअखबार,  हैदरावाद । दक्षिण भारतीय अभिनेता प्रभासको नयाँ फिल्म सालारले फिल्म हलहरूमा धमाल मच्चाइरहेको छ । प्रभास भारतीय फिल्म उद्योगको सबैभन्दा ठुलो सुपर स्टारमध्ये एक बनेका छन् । बाहुबली २ यता राम्रो फिल्म दिन नसकेका प्रभासले सालारको शानदार कमब्याक गरेका छन् । यो फिल्मले एकपछि अर्को गर्दै रेकर्ड पनि तोडिरहेको छ । क्रिटिक्सहरुबाट फिल्मले राम्रो रेस्पोन्स पाइरहेको छ भने दर्शकहरूले पनि खुलेर तारिफ गरिरहेका छन् । पहिलो दिनदेखि नै फिल्मले तुफानी कमाइ शुरु गरेको थियो । यो यस वर्षको सबैभन्दा ठुलो वर्ल्डवाइड कलेक्सन गर्ने फिल्म बनेको छ । यो हप्तामा फिल्मको कमाई तीव्र गतिमा अगाडि बढिरहेको छ । विश्वभर फिल्मको कमाई ५०० करोड भारु पुगिसकेको छ । यति ठुलो रकम फिल्मले जम्मा ६ दिनमा कमाएर देखाइदिएको छ । सैकनिल्कका अनुसार सालारले बुधवार भारतीय बक्स अफिसमा मात्रै १८ करोड भारुभन्दा धेरैको कलेक्सन...
मुग्लिन हुदै पोखरासम्म….
मनोरञ्जन, समाचार, साहित्य \कला

मुग्लिन हुदै पोखरासम्म….

नेपालअखबार, काठमाडाैं। लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमले मुग्लिन हुदै पोखरा सम्म बोलको गित सार्वजनिक गरेका छन् । युवा युवती विच हुने प्रेम आकर्षण र भेटघाट गर्ने विषयलाई गितको टुक्का मिलाएर सिर्जना गरिएको गित दिवान किनार अफिसियल युट्युव च्यानल मार्फत विहीबार सार्वजनिक भएको हो । सर्जक स्वंय गौतम र गायिक लक्ष्मी विसीको आवाज समेटिएको यो गितको शब्द दिवान किनारले लेखेका हुन् भने संगित गायक गौतमले तयार पारेका हुन् । गायक गौतमले यस अघि समेत लास आउँछ बाकस, फेवा तालमा हिमालको छायाँ लगायत गित गाएका छन् । गितको भिडियोमा चर्चित मोडेल आयुष्मा कार्की र प्रतिक सिंको अभिनय देख्न सकिन्छ । तनहुको च्याँचुलमा छायाँकन गरिएको गितको भिडियो अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक विक्रम चौहानले निर्माण गरेका हुन् । ‘मुग्लिन हुदै पोखरा सम्म...बस्ला माया ख्याल ख्यालमै अचम्म’...
तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक
भिडिओ, मनोरञ्जन, समाचार

तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक

नेपालअखबार, काठमाडौँ । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक भएको छ । राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो । राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ भने भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष मह्त्व दिदै Canada, Uk, Usa र Australia लागाएत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष शन्देश यो गीतको शब्दले दिएको छ । विगत १८ बर्स देखि सञ्चालनमा आएको राफ्लस एडुकेरले विद्यार्थीको उज्ज्वल भबिस्यको लागि विद्यार्थीलाई Uk, Usa, Canada र Australia पठाउदै आएको छ । गत वर्ष ६ हजार Aud मा विद्यार्थीलाई अस्ट्रेलिया पठाउन सफल भएको थियो । दुर्गेश थापा अभिनित तिहार गीत सुन्न र हेर्न को लागि फ...
एकीकृत समाजवादीले बनायो प्रकाश ज्वालाको नेतृत्वमा भूकम्प प्रभावितलाई सहयोग गर्न समिति
मनोरञ्जन, समाचार

एकीकृत समाजवादीले बनायो प्रकाश ज्वालाको नेतृत्वमा भूकम्प प्रभावितलाई सहयोग गर्न समिति

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले जाजरकोट भूकम्पमा पार्टीका तर्फबाट अनुगमन र परिचालनका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा समिति गठन गरेको छ । सोमबार बसेको पार्टी सचिवलायमा बैठकले उपमहासचिव ज्वालाको नेतृत्वमा ९ सदस्यीय अनुगमन समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो । ज्वालाको संयोजकत्वमा कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश कमिटी अध्यक्ष अमर थापा, धनबहादुर बुढा, नन्दा चपाईं, कल्याणी खड्का, विमल पुन, ठडेन्द्रप्रसाद पुरी, कृष्ण विसी सदस्य रहेको समिति प्रभावित क्षेत्रमा परिचालित भएको विभाग प्रमुख खतिवडाले बताउनु भयो ।...
सलमान र रोनाल्डो एउटै फ्रेममा
मनोरञ्जन, विश्व, समाचार

सलमान र रोनाल्डो एउटै फ्रेममा

नेपालअखबार, रियाद । बलिउड अभिनेता सलमान खानको एउटा भिडियो भाइरल भएको छ । यो भिडियोमा यिनी चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिगेजको साथमा बसेर बक्सिङ म्याच हेरिरहेको देखिन्छन् । सलमान हालै साउदी अरबको राजधानी रियाद गएका थिए । यहाँ उनले टाईसन फ्युरी र फ्रान्सिस नगनोबीचको बक्सिङ म्याच हेरे । यही बेलाको उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा सलमान भीभीआईपी सिटमा बसेर म्याच हेरिरहेका छन् । उनीसँगैको सिटमा रोनाल्डो र जर्जिना छन् । यसलाई सलमानका फ्यानहरूले ‘ग्रेटेष्ट क्रसओभर अफ अल टाइम’ भनिरहेका छन् ।...
किङस लाउन्ज पोखरामा ‘एक्सिस’ ब्याण्डको बिहिबार बिषेश प्रस्तुती हुने
मनोरञ्जन, समाचार, समाज

किङस लाउन्ज पोखरामा ‘एक्सिस’ ब्याण्डको बिहिबार बिषेश प्रस्तुती हुने

नेपालअखबार, पोखरा ।  नेपालकै चर्चीत ब्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा भोलि(बिहिबार) बिषेश प्रस्तुतीः राख्ने भएको छ । बिहिबार बेलुका लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने भएको हो । पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताउनु भयो । एक्सिसको टोली बिहिबार बिहान पोखरामा आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको निर्देशक कायस्थले बताउनु भयो । उहाँले भन्नुभयो“ हामीलाई विश्वास छ, पोखरा यस्तो शहर हो जहाँ प्राकृतिक, सांस्कृतिक सहित साङ्गीतिक व्याण्डहरुलाई उत्तिकै साथ र माया गर्ने शहर हो, त्यो हाम्रो टिमले अवश्य पाउने छ । ” किङसमा एक्सिस व्याण्डको प्रस्तुतीः...
मनोरञ्जन, समाचार

भ्रष्टाचारबिरुद्ध डि–मर्चाले ल्यायो ‘भ्रष्टाचारीलाई किरा परोस्’ गीत

सन्देश श्रेष्ठ,पोखरा । पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ । डि–मर्चाको यो गीतको भोकलमा भाष्करध्वज श्रेष्ठ, बेस गिटारमा बिरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ रहेका छन् । बिरेन्द्र पुनको परिकल्पनामा भएको गीतको लेखन रोसन भट्टराईले गरेका हुन् । गीतको भिडियोको निर्देशन लिड गिटारिष्ट रोहित रञ्जितले गरेका छन् भने गीतमा दाह्री ग्याङका सदस्यहरुको अभिनय रहेको व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भ्रष्टाचारले देश थिलथिलो भएकाले त्यसबिरुद्ध जागरुक बनाउन गीतमार्फत सन्देश दिने उद्देश्यले गीत बनाएको बताए । ‘भ्रष्टाचार मुक्त समाज बनाउने । भ्रष्टाचार गर्नेलाईपनि...
ग्ल्याम नेपाल इन्टेनेशनलमा सहभागी हुने अन्तिम २४ प्रतिस्पर्धीहरू सार्वजनिक
मनोरञ्जन, समाचार, समाज

ग्ल्याम नेपाल इन्टेनेशनलमा सहभागी हुने अन्तिम २४ प्रतिस्पर्धीहरू सार्वजनिक

नेपालअखबार, काठमाडौँ । प्रारम्भ प्रडक्सनको आयोजनामा ग्याम नेपाल इन्टेनेशनलमा सहभागी हुने अन्तिम २४ जना प्रतिस्पर्धीहरू सिल्भर योकमा आयोजित एक कार्यक्रमको बीच सार्वजनिक भएका छन् । ग्याम नेपाल इन्टेनेशनलले एक समारोहका बिच अन्तिम २४ जना प्रतिस्पर्धीहरू सार्वजनिक गरेको हो । जसमा आचँल शाह, उरूषा भण्डारी, स्विकृति राज भण्डारी, साइमन प्रेमा गिरि, संस्कृति भट्ट, साक्षी बास्तोला, राजश्री थापा, पूर्णिका सिजापति, पुजनी शाह, प्रज्ञा भण्डारी, पुरू लामा, नफिसा श्रेष्ठ, नविना डंगोल, मोनिशा अधिकारी, मानुसी गिरि, कृपा श्रेष्ठ, कामना काफ्ले, होलिस्का कोइराला, वर्षा भण्डारी, अर्विशा थापा, अनिशा शाही ठकुरी, अञ्जिला गिरि र अदिति अधिकारी रहनु भएको थियो । प्रारम्भ प्रडक्सनका डाइरेक्टर पवन आचार्यले, ‘विश्वव्यापी रूपमा महिलाहरूको स्तर वृद्धि तथा क्षमता अभिवृद्धिका लागि ग्याम नेपाल इन्टेनेशनल आयोजना गरिएको...