शाहरुखले दिए नेपाली दर्शकलाई धन्यवाद
नेपालअखबार, काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानले नेपाली दर्शकलाई धन्यवाद दिएका छन् । नेपालमा फिल्म ‘पठान’ को पहिलो शो सबै एडभान्स बुकिङ भएपछि उनले नेपाली दर्शकलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका हुन् ।
शाहरुखको ‘पठान’ फ्यान माझ प्रतीक्षित फिल्म हो । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा रहेको यो फिल्म २५ जनवरी अर्थात भोलिदेखि रिलिज हुँदैछ ।
फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ । उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन् । यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन् । फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन समेत देख्न सक्नेछन् । फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ ।
‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ । फिल्म हिन्दीमा करिब ४...









