Wednesday, August 12

राजनीति

प्रतिनिधिसभा विघटन असंवैधानिक छ : नेपाली कांग्रेस
राजनीति, समाचार

प्रतिनिधिसभा विघटन असंवैधानिक छ : नेपाली कांग्रेस

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्‍याएको छ । उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्ध पार्टी रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रुपमा अलोकतान्कि र असंवैधानिक भएको उनले बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले प्रतिनिधिसभा विघटनको कार्यले संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको बताएका छन् । ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ,’ खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यले देशको संविधान, संविधानद्वा...
जेन-जी आन्दोलन : मृतकलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय
राजनीति, समाचार

जेन-जी आन्दोलन : मृतकलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

नेपालअखबार,काठमाडौं  । जेन-जी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूलाई सरकारले शहिद घोषणा गर्दै प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन्। मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। त्यस्तै, घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको र त्यही अनुसार उपचार गर्ने काम भइरहेको उनले बताए।...
कतारमा भएका हमास नेतालाई नेतन्याहुको चेतावनी
राजनीति, विश्व, समाचार

कतारमा भएका हमास नेतालाई नेतन्याहुको चेतावनी

नेपालअखबार,तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कतारमा बस्ने हमास नेताहरूलाई चेतावनी दिएका छन् ।  यी नेताहरू गाजा युद्ध अन्त्य गर्न सबैभन्दा ठुलो बाधा भएको अनि यिनीहरूकै कारण द्वन्द्व लामो हुँदै गइरहेको शनिबार उनले बताएका छन् । दोहास्थित हमास पोलिटब्युरोले युद्धलाई अन्तहीन तरिकाले तानिरहेको अनि बन्धकहरूको रिहाइलाई रोकिरहेको पनि नेतन्याहुले बताए । ‘कतारमा बसिरहेका हमासका आतंकवादी नेताहरूलाई गाजाका जनताको मतलब नै छैन । युद्धलाई अन्तहीन रूपमा तान्न सकियोस् भनेर तिनीहरूले प्रत्येक युद्धविराम प्रयासलाई अवरुद्ध गरिरहेका छन् । यदि हामीले तिनीहरूबाट छुटकारा पायौं भने, बन्धकहरूको रिहाइ र युद्धको अन्त्य सम्भव हुनेछ,’  माइक्रोब्लगिङ वेबसाइट एक्समा उनले लेखेका छन् । कतारले हमासको शीर्ष नेतृत्वलाई आतिथ्य गरेकोमा इजरायलले कतारको बारम्बार आलोचना गरिरहेकै समयमा नेतान्याहुको यो बयान...
गाजा शहरमा इजरायलको आक्रमण तीव्र, साढे दुई लाख मानिस विस्थापित
राजनीति, विश्व, समाचार, समाज

गाजा शहरमा इजरायलको आक्रमण तीव्र, साढे दुई लाख मानिस विस्थापित

नेपालअखबार,काठमाडौं । इजरायलले गाजा शहरमा आक्रमण तीव्र पारेको छ । एकपछि अर्को हमलाका कारण ठूला बिल्डिङ, अपार्टमेन्ट भग्नावशेषमा परिणत भएको छ । यो ताजा आक्रमणले आम नागरिक विस्थापित हुने क्रम झन् बढेको छ । यसअघि इजरायलले गाजा शहर क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई शहर तत्काल छाड्न चेतावनी दिएको थियो । किनकी उसले आक्रमण गर्ने तयारीबारे पहिल्यै जानकारी दिएको थियो । यो चेतावनीपछि साढे दुई लाख मानिसहरुले गाजा शहर छाडेर दक्षिणतर्फ गएको इजरायल डिफेन्स फोर्स अर्थात् आईडीएफले शनिबार जानकारी दिएको थियो । त्यसपछि आफूले आक्रमण थालेको आईडीएफले दाबी गरेको छ । इजरायल डिफेन्स फोर्सले के पनि दाबी गरेको छ भने आतंकवादीहरुले प्रयोग गर्दै आएको एक अग्लो भवन पनि ध्वस्त पारेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा शहर हमासको अन्तिम अखाडा भएकाले आक्रमण गरेको बताएका छन् । इजरायलले गरेको यो आक्रमणको...
नाउपाका संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडे
राजनीति, विचार, समाचार

नाउपाका संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडे

नेपालअखबार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् । टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए । पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीको समूह फरक-फरक थियो ।चौधरीले आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि छोडेको बताएका छन् ।...
आज बाल दिवस मनाइँदै, राष्ट्रपतिले दिए शुभकामना
राजनीति, समाचार

आज बाल दिवस मनाइँदै, राष्ट्रपतिले दिए शुभकामना

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति पौडेलले सन्देशमा बालद दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताएका छन् । सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर\राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निक...
रवि लामिछाने कारागार फर्कने
प्रशासन, राजनीति, समाचार

रवि लामिछाने कारागार फर्कने

नेपालअखबार,काठमाडौँ । सहकारी ठगीको मुद्दामा अदालतमा पूपर्क्षका लागि थुनामा पठाएका रवि लामिछाने शनिबार कारागार फर्कने भएका छन्। गत भदौ २४ गते प्रदर्शनका क्रममा सयौंका संख्यामा आन्दोलनकारी ललितपुरस्थित नख्खु कारागार पुगेका थिए। भिड बढ्दै गएपछि कारागार प्रशासले उनलाई बाहिर निकाल्दिएको थियो। उनले कारागार प्रशासनले पत्र दिएपछि आफू जेल बाहिर आएको बताउँदै आएका छन्। उनले सार्वजनिक गरेको जेल प्रशासनले दिएको पत्र विवादमा परेको थियो। ‘म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु। जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन। आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्त्वपूर्ण कुरा बताउन गइरहेको छु। संयोगले आज मेरो जन्मदिन परेछ। र, म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्...
प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ  राजनीतिक दलहरूले आग्रह
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ  राजनीतिक दलहरूले आग्रह

नेपालअखबार,काठमाडौँ  । प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ  राजनीतिक दलहरूले आग्रह गरेका छन्। यसअघि संसदमा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सामूहिक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिई तत्काल संसद बैठक बोलाउन माग गरेका हुन्। ‘नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्म विपरीत अलोकतान्त्रिक तथा असंवैधानिक ढंगले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधि सभाको विघटन गरिएको छ। लोकतान्त्रिक र कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानुन बमोजिम हुनुपर्ने र सबै निकायहरू संविधान र कानुनबमोजिम सञ्चालन हुनुपर्दछ भन्ने कुरामा हाम्रो अटल विश्वास रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।...
केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
राजनीति, समाचार

केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी

नेपालअखबार,काठमाडौँ  । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् । जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप समेत लगाइएको छ । जाहेरीअनुसार सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ । मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समाव...
डा. शेखर कोइरालाले भने खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ
राजनीति, विचार, समाचार

डा. शेखर कोइरालाले भने खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै 'जेनजी' आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताएका छन्। भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै डा. कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन्। यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरेका छन्। विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उहाँकी पत्नीमाथि भएको हातपातलाई उनले 'जघन्य अपराध' को संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘यसको जति निन्दा गरे पनि कम हुन्छ। आफ्नो पार्टीको विगतको समीक्षा गर्दै डा. कोइरालाले कांग्रेसले विगतमा केही 'रणनीतिक भूल' गरेको र युवाको भावनालाई ...