नेपाली मुस्लिम समुदायको सामाजिक, आर्थिक बिकासका लागि सरकारले विशेष ध्यान दिनु पर्ने छ : माननीय हसिना खान
नेपालअखबार,काठमाडौँ । नेपाली मुस्लिम समुदायको सामाजिक, आर्थिक बिकासका लागि सरकारले विशेष ध्यान दिनु पर्ने छ । माननीय हसिना खान भन्नु हुन्छ“ मुस्लिम समुदायको मुख्य समस्या नै आर्थिक कमजोरी साथै शिक्षामा पहुँच नहुनु रहेको बताउनु भएको छ” ।
नेपालगंजमा बासोबास गर्ने मुस्लिम समुदाय बिशेष गरी न्युन आय भएको मुस्लिम परिवारको उल्लेखनिय रहेको छ । परिवारिक सख्या ठुलाे हुनु र आय आर्जन गर्ने ब्यक्ति एकजना मात्र
हुँदा परिवार चलाउन मुस्किल रहेको बताउनु भयो ।
आर्थिक कमजाेरीका कारण नै बालबालिकाको पढाईमा अवरोध हुदै आएको छ । यस तर्फ सरकारले विषेश ध्यान दिनु पर्छ । महिलाहरुलाई सिपमुलक तालिम दिएर स्वरोजगार बजाउदै आय आर्जन हुने बाटोमा जोड्ने योजना ल्याउन आवश्यक रहेको बताउनु हुन्छ ।
नेपालगंज र छिमेकी पालिकाहरुमा रहेका मदरसाहरुमा छात्राहरुको शतप्रतिशत भर्ना गराउनका निम्ति समुदायमा रहेका महिलाहरुलाई शिक्षको...










