Thursday, August 13

राजनीति

माओवादीसँग एकता होइन, बलियो सहकार्य मात्रै हुन्छ: अध्यक्ष नेपाल
राजनीति, समाचार

माओवादीसँग एकता होइन, बलियो सहकार्य मात्रै हुन्छ: अध्यक्ष नेपाल

नेपालअखबार, सुनसरी। नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि छलफल नभएको दाबी गरेका छन्। शुक्रबार सुनसरीको पार्टी कार्यक्रममा सहभागी हुन आउने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ नेपालले भने ‘अहिले एकीकरणको कुरा भएकै छैन। सहकार्यको कुरा भएको हो।’ अध्यक्ष नेपालले  समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल चलिरहेको बताए। यद्यपि अहिले समाजवादी मोर्चाको संयोजक रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले भने समाजवादी मोर्चा विघटनको प्रस्ताव गरिसकेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालले मोर्चा विघटन गर्न नहुने बताएका थिए। प्रचण्ड र अध्यक्ष नेपालबीच पार्टी एकताका विषयमा पटकपटक लामा–लामा छलफल चलेको चर्चा यो साताभरी चलेको थियो। यद्यपि ...
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता
राजनीति, समाचार

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो । रुपन्देही क्षेत्र नम्बर ३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा भाग लिन चाहेमा निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र दल दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ । दल दर्ताका लागि निवेदन दिँदा निम्न कागजात बुझाउन आयोगले भनेको छ– क. राजनीतिक दल सम्बन्धी नियमावली, २०...
चारवटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

चारवटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुँदैछ । छलफलका लागि संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरूलाई बोलाइएको छ । यो समितिको बैठक दिउँसो १२:३० बजे समितिको आफ्नै कार्यकक्षमा बस्नेछ । यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । समितिको बैठक दिउँसो २:३...
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा
राजनीति, समाचार

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

नेपालअखबार,काठमाडौँ ।  आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज  यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ । अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले बताए । राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सद...
पार्टी व्यक्तिगत महत्त्वकांक्षा पूरा गर्ने ठाउँ होइन: परराष्ट्र मन्त्री राणा
राजनीति, समाचार

पार्टी व्यक्तिगत महत्त्वकांक्षा पूरा गर्ने ठाउँ होइन: परराष्ट्र मन्त्री राणा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी संगठनभित्र असमझदारी बढाउन नहुने बताएकी छन्। कांग्रेस कास्कीले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी सङ्गठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुने भए पनि यही प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताइन्। ‘पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो,’ उनले भनिन्। कांग्रेसका सस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै उनले उनीहरूका मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न जरुरी रहेको बताइन्। ‘हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी ब...
गृहमन्त्री लेखक र संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजकबिच भेटवार्ता
राजनीति, समाचार

गृहमन्त्री लेखक र संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजकबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखक र संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक हाना सिंगर हाम्डीबिच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक हानाबिच भेटवार्ता भएको हो । भेटमा संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक हानाले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गरेकी थिइन् । उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका साथै नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने बताइन् । मन्त्री लेखकले सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत सरकार शान्ति प्रक्रियाको काम टुङ्गोमा पुर्‍याउन सक्रिय रहेको बताए । लेखकले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आग्रह गरे ।...
प्यालेस्टाइनलाई फ्रान्स र बेलायतपछि क्यानडाले पनि राज्यको मान्यता दिने
राजनीति, विश्व, समाचार

प्यालेस्टाइनलाई फ्रान्स र बेलायतपछि क्यानडाले पनि राज्यको मान्यता दिने

नेपालअखबार,काठमाडौं । फ्रान्स र बेलायतपछि क्यानडाले पनि प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी सेप्टेम्बरमा हुने राष्ट्रसंघ महासभामा प्यालेस्टाइनलाई राज्यको मान्यता दिने बताउनुभएको हो । तर प्यालेस्टिनी प्राधिकरण अत्यावश्यक सुधारका लागि प्रतिबद्ध हुनुपर्ने र गाजामा हमासको कुनै भूमिका हुन नहुने उहाँले स्पष्ट पार्नुभएको छ । गाजामा भोकमरीसहितको जटिल वास्तविकता हेर्दा प्यालेस्टिनी राज्यको सम्भावना आँखैअगाडि मेटिँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । बेलायतले पनि इजरायलले युद्धविरामको प्रतिबद्धता नजनाए प्यालेस्टाइनलाई राज्यको मान्यता दिने बताएको छ । गत साता फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि प्यालेस्टाइनलाई राज्यको मान्यता दिने बताउनु भएको थियो । राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये १ सय ४७ वटाले औपचारिक रूपमा प्या...
भूमि विधेयक बिचौलियाहरूले फाइदा उठाउने गरी आयो : सांसद जोशी
राजनीति, समाचार

भूमि विधेयक बिचौलियाहरूले फाइदा उठाउने गरी आयो : सांसद जोशी

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जाेशीले भूमि विधेयक भूमिहीनको नाममा बिचौलियाहरूले फाइदा उठाउने गरी आएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गरेका हुन् । विधेयक स्पष्ट रूपमा नआउँदा भूमिहीनको नाममा बिचौलियाहरूले घुसपैठ गर्न सक्ने खतरा रहेको भन्दै सांसद जोशीले विधेयकलाई अझै स्पष्ट बनाउन जरुरी रहेकोमा जोड दिए । उनले संविधानले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई भूमि उपलब्ध गराउने कुरा स्पष्ट रूपमा भनेको भएपनि कार्यान्वयन गर्न नसकिएको बताए । भूमिहीनलाई जग्गा उपलब्ध गराउने कुरामा सबै गम्भीर हुन जरुरी रहेको बताए । भूमिहीनलाई जग्गा उपलब्ध गराउने कुराको सुनिश्चितता गर्ने गरी विधेयक आउनुपर्नेमा सांसद जोशीले सरकारको ध्यानाकर...
आज ५ संसदीय समितिका बैठक बस्दै
राजनीति, समाचार

आज ५ संसदीय समितिका बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज संघीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ । बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुनेछ । यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक  दिउँसो १ बजे बस्दैछ । मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा समेत छलफल हुने कार्यसूची छ । यस्तै, राष्ट्रियसभाअन्तर्गतको विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला ...
सांसदहरू मतदाताहरूको जनप्रतिनिधि मात्रै होइनन् : सभामुख घिमिरे
राजनीति, समाचार

सांसदहरू मतदाताहरूको जनप्रतिनिधि मात्रै होइनन् : सभामुख घिमिरे

नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् र सांसदहरू मतदाताहरूको जनप्रतिनिधि मात्र नभई अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि भएको बताएका छन् । स्विट्जरल्याण्डको जेनेभामा संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा धारणा राख्दै सभामुख घिमिरेले संसदीय प्रक्रियाका माध्यमबाट सरोकारवाला पक्षहरूको दृष्टिकोणहरूलाई समेत निर्णय प्रक्रियामा समेटेर अझ गतिशील विश्व निर्माणमा सहयोग पुर्याउन सम्भव रहेको बताए । अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु) र संयुक्त राष्ट्रसङ्घ (युएन)को आयोजनामा भएको “शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य तथा बहुपक्षीयता” विषयक सम्मेलनमा उनले सम्मेलनले अन्तर्राष्ट्रिय सहकार्यको भूमिकालाई यथार्थपरक ढङ्गले प्रतिबिम्बित गरेको बताए । अहिलेको विश्व समुदायलाई बढ्दो द्वन्द्व, व्यापार तनाव, आर्थिक तथा सामाजिक असमानता, जलवायु परिवर्तनले निम्त...