निर्वाचन परिचालन प्रभावकारी बनाउन सातै प्रदेशमा नेकपाले तोक्यो जिम्मेवारी
नेपालअखबार,काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ ।
बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोर्टिङ राखेका थिए ।
रिपोर्टिङ सुनेपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा राखेका थिए ।
बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक २२ माघमा बोलाउने निर्णय गरेको छ ।
साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू बैठकले गरेको छ।
बैठकबाट निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत...










