Thursday, August 13

राजनीति

राष्ट्रियसभाको बैठक आज बस्दै
राजनीति, समाचार

राष्ट्रियसभाको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दा, नेतृ रामकुमारी झाँक्रीमाथि सोधिएको स्पष्टीकरण लगायत समसामयिक राजनीतिबारे छलफल हुनेछ । यसबाहेक निजामती विधेयकमा भएको चलखेलबारे समेत छलफल हुने नेताहरूले बताएका छन् । आजको बैठकमा महाससिचव घनश्याम भुसाल र सम्मानित नेताले धारणा राखेपछि बैठक आजै सम्पन्न गर्ने तयारी छ । गत साता सुरु भएको बैठक दुई दिन बसेर स्थगित भएको थियो ।...
आज ३ संसदीय समितिका बैठक बस्दै
राजनीति, समाचार

आज ३ संसदीय समितिका बैठक बस्दै

नेपालअखबार,काठमाडौं । आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । सोही समयमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुँदैछ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुँदैछ ।...
सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने पूर्वराष्ट्रपति भण्डारीको घोषणा
राजनीति

सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने पूर्वराष्ट्रपति भण्डारीको घोषणा

नेपालअखबार,काठमाडौँ  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा  नलिने घोषणा गरेकी छन्। उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन्।...
इजरायल ६० दिने युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी
राजनीति, विश्व, समाचार

इजरायल ६० दिने युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’ तर ट्रम्पले ती शर्तहरू के हुन् भन्ने बारे केही खुलाएका छैनन् । ‘कतार र इजिप्टले शान्ति स्थापनाका लागि निकै मिहिनेत गरेका छन् र उनीहरू नै अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। हमासले यो सम्झौतामा सहमति जनाउनेछ भन्ने मलाई पूर्ण आशा छ किनभने यसभन्दा राम्रो अवस्था केही हुने छैन, बरु झनै बिग्रिनेछ,’ उनले लेखेका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेको थियो, जसमा करिब १,२०० जनाको मृत्यु भएको थियो। त्यसपछिका दिनहरूमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजाम...
राष्ट्रिय सभाको बैठक बस्दै
राजनीति, समाचार

राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । अर्थमन्त्री पौडेलले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिए । यसैगरी, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशसभा समक्ष टेबुल गर्नुहुने कार्यसूची निर्धारण गरिएको ...
एकीकृत समाजवादी धनुषाको ७औँ जिल्ला अधिवेशनको भव्य उद्घाटन
राजनीति, समाचार

एकीकृत समाजवादी धनुषाको ७औँ जिल्ला अधिवेशनको भव्य उद्घाटन

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), धनुषाको ७औँ जिल्ला अधिवेशन सुरू भएको छ। मंगलबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धनुषाको ७औँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको हो। जिल्लाको ७औँ जिल्ला अधिवेशनमा व्यापक उपस्थित रहेको छ।
संघीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष दाहाल
राजनीति, समाचार

संघीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष दाहाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल) को केन्द्रीय पदाधिकारी बैठकलाई पेरिस डाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। 'परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। संघीय निजामती विधेयकमा पनि त्यही भएको छ,' उनले भने, 'यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ लागिएको छ।' अध्यक्ष दाहालले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हु...
थाइल्याण्डकी प्रधानमन्त्रीलाई संवैधानिक अदालतले गर्‍यो निलम्बन
राजनीति, विश्व, समाचार

थाइल्याण्डकी प्रधानमन्त्रीलाई संवैधानिक अदालतले गर्‍यो निलम्बन

नेपालअखबार, काठमाडौं।थाइल्याण्डको संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट निलम्बन गरेको छ। उनको पद खारेज गर्न माग गरिएको मुद्दाको सुनुवाइ नसकिएसम्म उनी निलम्बनमा रहनेछिन् भनी समाचार संस्था रोएटर्सले लेखेको छ। अदालतले ३६ सिनेटरहरूबाट ३८ वर्षीया पेटोङटार्नविरूद्ध आएको निवेदन उपर सुनुवाइ गर्दै सो आदेश दिएको हो। सो निवेदनमा पेटोङटार्नलाई कम्बोडियाका प्रभावशाली पूर्वनेता हुन सेनसँगको उनको टेलिफोन कुराकानीका आधारमा बेइमानी र संवैधानिक नैतिकताको मापदण्ड उल्लंघन गरेको आरोप लगाइएको छ। जुन १५ मा कम्बोडियासँग बढ्दो सीमा तनाव कम गर्ने उद्देश्यले गरिएको फोन वार्ताका क्रममा पेटोङटार्नले हुन सेनअगाडि झुकेर थाई सेनाका कमाण्डरको आलोचना गरेकी थिइन्। सो फोन कुराकानीपछि चुहावट भएर सार्वजनिक गरिएको थियो। थाइल्याण्डमा राजतन्त्रको आडमा सेना धेरै शक्तिशाली छ। उनको सो ...
कांग्रेसले एमाले बाहेक अन्य दलसँग चुनावी गठबन्धन गर्न तयार हुनुपर्छः डिला संग्रौला
राजनीति, समाचार

कांग्रेसले एमाले बाहेक अन्य दलसँग चुनावी गठबन्धन गर्न तयार हुनुपर्छः डिला संग्रौला

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले एमाले बाहेकको चुनावी गठबन्धन गर्न पार्टी तयार हुनुपर्ने बताएकी छन् । संग्रौलाले कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले भएको हुँदा आवश्यक परे अन्य दलसँग चुनावी गठबन्धन बनाउनुपर्ने बताएकी हुन् । मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै संग्रौलाले भनिन्,‘आउँदो चुनावमा एमाले नै हाम्रो मुख्य प्रतिद्वन्द्वी भएकाले यदि आवश्यक परे एमाले बाहेकको गठबन्धन बनाउन पनि हामी सक्रिय हुनुपर्छ ।’ वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी हुन नसकेको बताउँदै संग्रौलाले कांग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको टिप्पणी गरिन् । उनले भनिन्,‘सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने तर नराम्रा कामको दोष हाम्रा साथीहरूलाई लाग्ने अवस्था अन्त्य हुनुपर्छ । केही नेताहरू सधै मन्त्री हुने भ्रममा छन्, जुन गलत हो । ...