Saturday, August 15

राजनीति

६ वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

६ वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठक आज बस्दैछन्। संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला तथा सुशासन समितिका बैठक बिहान ११ बजे बस्दैछ। त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक  भने बिहान ११:३० बजे हुने भएको छ । शिक्षा समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची छ। त्यसैगरी, विकास समितिमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने’ विषयमा गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलगायत सरोकार भएकाहरुसँग छलफल हुनेछ।...
परराष्ट्रमन्त्री देउवासँग बिमस्टेकका महासचिवको भेट
राजनीति, समाचार

परराष्ट्रमन्त्री देउवासँग बिमस्टेकका महासचिवको भेट

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज भेटवार्ता गरेका छन् । छैठौँ बिमस्टेक समिटका लागि थाइल्याण्डको राजधानी बैंककमा रहेकी  मन्त्री डा राणा र महासचिव पाण्डेबीच आज भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री डा राणाले क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले स्वीकार गरेको र यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन् । मन्त्री डा राणाले आसन्न छैठौँ शिखर सम्मेलनले यस क्षेत्रका समस्याहरुको दिगो समाधानका क्षेत्रमा सामूहिक प्रयासका प्रसस्त विकल्पहरु प्रस्तुत गर्नेमा आफू आशावादी रहेको धारणा पनि सो भेटमा राखेकी थिइन् । भेटमा मन्त्री डा राणाले बिमस्टेक क्षेत्रमा जलव...
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै
राजनीति, समाचार

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

नेपालअखबार, काठमाडौँ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदैछ। थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए। थाइल्याण्डका प्रधानमन्त्री सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो। यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ। यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ। सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधान...
संघीय संसद्को अधिवेशन राष्ट्रपति पौडेलद्वारा अन्त्य
राजनीति, समाचार

संघीय संसद्को अधिवेशन राष्ट्रपति पौडेलद्वारा अन्त्य

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ,  'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१२/१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०८१ साल चैत १९ गते मङ्गलबार राति १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ ।'...
प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदै
राजनीति, समाचार

प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् । दिउँसो साढे १२ बजे उनी थाइल्याण्ड प्रस्थान गर्नेछन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो साढे १२ बजे थाइल्याण्डका लागि प्रस्थान गर्नेछ । नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । थाइल्याण्ड भ्रमणका क्रममा दुघवटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।...
तीनकुने घटेका सबै गतिविधि निन्दनीय र खेदजनक : प्रधानमन्त्री ओली
राजनीति, समाचार

तीनकुने घटेका सबै गतिविधि निन्दनीय र खेदजनक : प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गरे । ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’ साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।...
तीनकुने घटनाका दोषीलाई कारबाही गर्न एमालेको माग
राजनीति, समाचार

तीनकुने घटनाका दोषीलाई कारबाही गर्न एमालेको माग

नेपालअखबार,काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले तीनकुने घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तीनकुने घटनाका दोषीमाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ । ‘…मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने जस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषी उपर तत्काल कार्बाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गर्दछ’, महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ । एमालेले राजावादीका नाममा त्यसदिन भएको घटनाप्रति निन्दा गरेको छ । ‘तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा अपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रुपमा लिदै त्यसको निन्दा तथा भत्र्सना गरेको छ’, वक्तव्यमा भनिएको छ ।एमालेले गण्तन्त्र र संविधानको रक्षाका लागि उभि...
संसद् बैठक भोलिसम्मका लागि स्थगित
राजनीति, समाचार

संसद् बैठक भोलिसम्मका लागि स्थगित

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् । आइतबारका लागि बोलाइएको बैठक विपक्षीको अवरोधका कारण तीनपटकसम्म सूचना टाँस गरेर स्थगित गरिएको थियो ।...
एकीकृत समाजवादीले राजावादीविरूद्ध चैत २५ गते प्रदर्शन गर्ने
राजनीति, समाचार

एकीकृत समाजवादीले राजावादीविरूद्ध चैत २५ गते प्रदर्शन गर्ने

नेपालअखबार, काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) ले चैत २५ गते देशभर भण्डाफोर अभियान चलाउने भएको छ। एकीकृत समाजवादीले आइतबार पत्रकार सम्मेलन गर्दै राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त प्रदर्शन गर्न लागेको हो। आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यापी रूपमा भण्डाफोर गर्ने निर्णय गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। राजावादीहरूको प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरिएको ज्वालाले जानकारी दिए। ‘अराजकतावादीहरूको प्रदर्शनमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शा...
एकीकृत समाजवादीको पत्रकार सम्मेलन दिउँसो १ बजे
राजनीति, समाचार

एकीकृत समाजवादीको पत्रकार सम्मेलन दिउँसो १ बजे

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । हिजो चैत १६ गते शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जनाकारी दिए । पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुने राखेको पार्टीले जनाएको छ । १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा राजावादीहरूले सो पार्टीको केन्द्रीय कार्यालयमा आक्रमण गरेका थिए । सोही दिन भएको समाजवादी मोर्चाको विरोध सभा भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।...