Saturday, August 15

राजनीति

सभामुखले संसद्‌मा धवल पक्राउ परेको सूचना सुनाउने
राजनीति, समाचार

सभामुखले संसद्‌मा धवल पक्राउ परेको सूचना सुनाउने

नेपालअखबार, काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई सुनाउने भएका छन् । आइतबार संसद्‌मा उनी पक्राउ परेको सूचना सुनाइनेछ । जबरा गत शुक्रबार राति पक्राउ परेका हुन् । राजवादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो । त्यसमा संलग्न रहेको आरोपमा जबरा पक्राउ परेका हुन् । जबरा पक्राउ परेको सूचना यसअघि नै प्रहरीले संसद् सचिवालयमा पठाएको थियो । संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो । यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसद्मा जानकारी दिनुपर्छ । यसअनुसार सभामुखले जानकारी दिन लागेका हुन् ।...
नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष पूरा
राजनीति, समाचार, समाज

नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष पूरा

नेपालअखबार,काठमाडौँ ।  चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो । त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताए। छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको ...
मोर्चाका नेताहरूद्धारा एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन
राजनीति, समाचार

मोर्चाका नेताहरूद्धारा एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन

नेपालअखबार,काठमाडौँ। समाजवादी मोर्चाका नेताहरू शनिबार बिहान आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमनका लागि पुग्नु भएको छ। शुक्रबार व्यवस्था उल्टाउने भन्दै सडकमा उत्रिएका राजवादीहरूको अराजक समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए। अनुगमनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरूले क्षेतिग्रस्त कार्यालयको अवलोकन गर्नु भएको छ। मोर्चाले नेपक (एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, जिल्ला कमिटीको कार्यालय, विभिन्न सञ्चार माध्ययम, नीजि सम्पत्ति तोडफोड तथा लुटपाटको भर्त्सना गरेको छ।  ...
सरकारको लापरवाहीले पार्टी कार्यालय तोडफोड भयोः घनश्याम भुसाल
राजनीति, समाचार

सरकारको लापरवाहीले पार्टी कार्यालय तोडफोड भयोः घनश्याम भुसाल

नेपालअखबार,काठमाडौं । सरकारले सुरक्षा प्रदान गर्न नसक्दा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको जनाएको छ । राजावादीहरुले प्रदर्शनका क्रममा पार्टी कार्यालय जलाएपछि आयोजित पत्रकार सम्मेलन गर्दै महासचिव घनश्याम भुसालले अराजक पश्चगामी तत्वहरु प्रवेशगरी तोडफोड गर्नुका साथै कागजात र फर्निचार जलाएको जनाए । उनले सुरक्षाका लागि सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुरक्षा दिन नसकेको भन्दै सरकारले लापरवाही गरेको बताए ।  ...
एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड राजावादीले गरे
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड राजावादीले गरे

नेपालअखबार,काठमाडौँ  ।राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेको छ । झुन्डझुन्डमा तोडफोड गर्दै हिँडेका राजावादीले एसको कार्यालय तोडफोड र आगजनी गरेका हुन् । उनीहरूले तीनकुनेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।...
आइतबारसम्म प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित
राजनीति, समाचार

आइतबारसम्म प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित भएको छ । बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको थियो । सवा १ बजेको बैठक पनि चल्न नसक्ने भएपछि आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो । संसदमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने उनीहरूको माग छ । तर, प्रधानमन्त्री केपी ओली संसदमा उपस्थित भएर जवाफ दिन तयार भएका छैनन ।सत्तापक्ष र प्रतिपक्षको अडानका कारण संसदका कामकारबाही प्रभावित हुँदै आएको छ ।...
४ नेताले सम्बोधन गर्ने समाजवादी मोर्चाको सभामा
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

४ नेताले सम्बोधन गर्ने समाजवादी मोर्चाको सभामा

नेपालअखबार, काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव र महेन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने भएका हुन् । मोर्चाले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सुरु गरेको छ । जुलस काठमाडौंको भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । भृकुटीमण्डपमा सभाका लागि मञ्च तयार भइसकेको छ ।अहिले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।...
समाजवादी मोर्चाको जनप्रदर्शन प्रतिगनको कुप्रयास विरूद्ध सकारात्मक पहल :एमाले महासचिव शंकर पोखरेल
राजनीति, विचार, समाचार

समाजवादी मोर्चाको जनप्रदर्शन प्रतिगनको कुप्रयास विरूद्ध सकारात्मक पहल :एमाले महासचिव शंकर पोखरेल

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गर्ने प्रदर्शनलाई समर्थन जनाएका छन्। महासचिव पोखरेलले फेसबकमा स्टाटस लेखेर मोर्चाले शुक्रबार गर्न लागेको जनप्रदर्शनलाई प्रतिगनको कुप्रयास विरूद्धको सकारात्मक पहल रहेको बताएका छन्। उनले दलहरू आपसमा प्रतिस्पर्धा तथा एक अर्काको आलोचना र विरोध गर्दै जनअभिमतबाट आफूलाई स्थापित गर्ने कोसिस गर्ने बताए। 'तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना पनि गर्दछन् । इतिहासले धेरै पटक यस्तो तथ्यलाई प्रमाणित गरेको छ । त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो,' उनले फेसबुकमा लेखेका छन्। शुक्रबार मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ।...
सूचना टाँसेर स्थगित भयो संसद् बैठक
राजनीति, समाचार

सूचना टाँसेर स्थगित भयो संसद् बैठक

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गर्नुको कारणबारे प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षीले सदन अवरोध गरेका हुन् । अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलहरूसँग संवाद जारी राखेका छन् । यद्यपि सहमति जुट्न सकेको छैन ।...
भोलि यस्तो छ समाजवादी मोर्चाको विरोध प्रदर्शन रुट
राजनीति, समाचार

भोलि यस्तो छ समाजवादी मोर्चाको विरोध प्रदर्शन रुट

नेपालअखबार, काठमाडौं । भोलि(शुक्रबार) काठमाडौँको भृकुटीमण्डपमा हुने चार दलीय समाजवादी मोर्चाले निकाल्ने जुलुसको रुट तय भएको छ । बिहान ११ बजे जम्मा हुने रुटहरूमा नेकपा माओवादी केन्द्रले पूर्वमा बबरमहल, दक्षिणमा कुपन्डोल, पश्चिममा त्रिपुरेश्वर र उत्तरपश्चिममा सोह्रखुट्टेमा जम्मा भएर शान्तिबाटिका आउने तय गरिएको छ ।यस्तै नेकपा एकीकृत समाजवादीले मैतीदेवी, डिल्लीबजार चोक हुँदै शान्तिबाटिका आउनेछन् । विप्लव नेतृत्वको नेकपाले सुनधारा जम्मा भएर शान्तिबाटिका आउनेछन् भने महिन्द्र राय यादव नेतृत्वको नेसपाले न्यूरोड गेटमा जम्मा भएर शान्तिबाटिका आउने मोर्चाका नेताहरूले बताएका छन् । यी सबै जुलुस शान्तिबाटिकामा मिसिएर भृकुटीमण्डपतर्फ अगाडि बढ्नेछ । बुधवार बसेको मोर्चाको बैठकले जुलुस निकाल्ने ठाउँ, नारा र समय निश्चित गरेको थियो । सभा दिउँसो १ बजेबाट सुरु हुने प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए...