Saturday, August 15

राजनीति

गणतन्त्र पक्षधरलाई सघाउन एकीकृत समाजवादीको परिपत्र
राजनीति, विचार, समाचार

गणतन्त्र पक्षधरलाई सघाउन एकीकृत समाजवादीको परिपत्र

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ । समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्बद्ध सबैलाई अनुरोध गरेको छ । मुलुकमा सुशासन कायम गर्ने, रोजगारीका अवसर सृजना, आर्थिक समृ...
यमनको राजधानी सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण सुरु
राजनीति, विश्व, समाचार

यमनको राजधानी सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण सुरु

नेपालअखबार,एजेन्सी । अमेरिकी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमणको नयाँ चरण सुरु गरेको छ ।  हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सात महिला र दुई बालबालिकासहित कम्तीमा नौ जना घाइते भएका छन् । अमेरिकी सेनाले गत शनिवारदेखि हुथी लक्षित क्षेत्रमा हवाई आक्रमण पुनः सुरु गरेको थियो । यसको अभियान अन्तर्राष्ट्रिय ढुवानीलाई सुरक्षित राख्ने लक्ष्य रहेको दाबी गरेको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूका अनुसार अमेरिकी हवाई आक्रमणको नयाँ चरणमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । २०१४ मा गृहयुद्ध सुरु भएपछि हुथी विद्रोही समूहले रणनीतिक हिसाबले महत्त्वपूर्ण होदेइदाह बन्दरगाह सहित यमनको ठुलो भाग नियन्त्रण गरेको छ ।...
संविधान संशोधनका लागि सरकारले गृहकार्य अघि बढाउन सकेन: एनपी साउद
राजनीति, विचार, समाचार

संविधान संशोधनका लागि सरकारले गृहकार्य अघि बढाउन सकेन: एनपी साउद

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अहिलेको सरकारले संविधान संशोधनका लागि गृहकार्य अघि बढाउन नसकेको बताएका छन्। कांग्रेस मोरङ-काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा शुक्रबार गरेको कार्यक्रममा बोल्दै नेता साउदले सत्ता गठनबन्धका तर्फबाट पनि संविधान संशोधनका एजेन्डाहरू बाहिर ल्याउने काम नभएको बताएका हुन्। ‘संविधान संशोधनको बाटोमा दुई तिहाइको सरकारले पहिलो पाइला पनि चाल्न सकेको छैन,’ उनले भने, ‘सत्तारूढ गठनबन्धकै तर्फबाट पनि संविधानका केही एजेन्डाहरू बाहिर ल्याउने काम हामीले गर्न सकेका छैनौं।’ गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति हुँदा संविधान संशोधनका कुरा पनि समावेश गरिएको थियो। तर सरकार बनेको यतिका समय भइसक्दा पनि संविधान संशोधनबारे गृहकार्य नभएको उनको भनाइ छ। ‘संविधानका सफल पक्षहरूलाई बलियो बनाउने र कमिकमजोरीलाई हटाउने भनेर सात बुँद...
प्रत्येक पालिकामा आपत्‌कालीन गोदामघर व्यवस्थापन गरिने
राजनीति, समाचार

प्रत्येक पालिकामा आपत्‌कालीन गोदामघर व्यवस्थापन गरिने

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपत्कालिन गोदामहरुको व्यवस्थापन गर्न पहल अघि बढाएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बास्थान निर्माण, पुर्व तयारी, प्रतिकार्य, पुर्नलाभ, पुर्नस्थापनाका कार्यहरु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिहरुले समन्वायत्मक रुपमा कार्य गर्ने निर्णय समेत भएको छ । त्यसैगरी बैठकमा नगर प्रहरीको क्षमता विकासमा माग अनुसार नेपाल प्रहरीले सहयोग गर्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता/सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए । त्यस्तै पछिल्लो समय बढ्दै...
सरकारले अपांगता भएका व्यक्तिलाई प्रयाप्त सेवा सुविधा दिन सकेनः देउवा
राजनीति, विचार, समाचार

सरकारले अपांगता भएका व्यक्तिलाई प्रयाप्त सेवा सुविधा दिन सकेनः देउवा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अपांगता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकेको बताएका छन् ।पार्टीको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै अपांगहरूको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन पार्टी दृढ रहेको बताए । देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपांगता भएका व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको बताउँदै नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा उनीहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रहेको बताए । देउवाले लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले पनि प्रष्ट पारेको बताए । कांग्रेसकै अग...
ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
राजनीति, विश्व, समाचार

ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

नेपालअखबार,काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय नै खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। बिहीबार ह्वाइट हाउसको पश्चिमी कोठामा उनले वरिपरि विद्यार्थीहरूलाई राखेर शिक्षा मन्त्रालय  खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। शिक्षा मन्त्रालयले पैसा मात्रै धेरै खर्च गरेको तर परिणाम चित्तबुझ्दो नभएकाले यसलाई राखिरहन उचित नहुने बताउँदै ट्रम्पले खारेजीको प्रक्रिया अगाडि बढाउन शिक्षा मन्त्री लिन्डा मिकमेहनलाई निर्देशन थिए। ट्रम्पले मन्त्री मिकमेहनलाई पनि राजीनामा दिन निर्देशन दिए। अमेरिकामा मन्त्रालय नै खारेज गर्ने उनी पहिलो राष्ट्रपति रहेको भनेर अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ। उनले कार्यकारी आदेशमा हस्ताक्षर गरे पनि संसदले त्यसलाई अस्वीकृत गर्ने सम्भावना रहेको अमेरिकी मिडियाहरुले जनाएका छन्। रोयटर्सका अनुसार यस्ता प्रस्तावहरू...
प्रधानमन्त्री ओलीसँग माल्दोभाका उपप्रधानमन्त्री भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री ओलीसँग माल्दोभाका उपप्रधानमन्त्री भेटवार्ता

नेपालअखबार,काठमाडौँ ।  माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइ नेपाल आएका छन् । सोही क्रममा उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा सगरमाथा संवाद कार्यक्रम गर्न लागेको र त्यसमा सहभागिताका लागि आग्रह समेत गरेको सचिवालयको भनाइ छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगा...
ह्वाइट हाउसमा भएको भनाभन पछि पहिलो पटक ट्रम्प-जेलेन्स्कीबीच एक घन्टा वार्ता
राजनीति, विश्व, समाचार

ह्वाइट हाउसमा भएको भनाभन पछि पहिलो पटक ट्रम्प-जेलेन्स्कीबीच एक घन्टा वार्ता

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच लामो कुराकानी भएको छ। ह्वाइट हाउसमा चर्काचर्कीपछि पहिलो पटक ट्रम्प र जेलेन्स्कीबीच लामो फोनवार्ता भएको हो। बुधबार उनीहरूले करिब एक घन्टा वार्ता गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। राष्ट्रपति ट्रम्पले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घन्टा टेलिफोन संवाद गरेका थिए। बुधबार जेलेन्स्कीसँगको कुराकानीमा सोही विषयमा कुराकानी भएको बताइएको छ। यद्यपि कुराकानीको विस्तृत विवरण ह्वाइट हाउसले सार्वजनिक गरिसकेको छैन। 'धेरैजसो छलफल हिजो पुटिनसँग भएको कुराकानीमा आधारित थियो ताकि उनीहरू दुवैको अनुरोध र आवश्यकतामा एक ठाउँमा ल्याउन सकियोस्। यसमा हामी ठीक बाटोमा छौं,' ट्रम्पले टेलिफोन वार्ताबारे सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। दुवै राष्ट्रपतिहरूले कुराकानी सकारात्मक र सौहा...
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
राजनीति, समाचार

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

नेपालअखबार,काठमाडौँ ।प्रतिनिधि सभामा बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ। बिहान ११ बजेदेखि सुरू हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। प्रश्नोत्तरका लागि लागि सांसदहरूबाट अगाडि नै प्रश्न लिइएको हुन्छ। सो प्रश्नमा प्रधानमन्त्रीले रोस्टमबाट जबाफ दिनेछन्। प्रश्नोत्तर अरू कार्यसूची पनि तय गरिएका छन्। बैठकमा अर्थमन्त्री विष्णु  पौडेलले "आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो विधेयकमाथि दर्ता भएको संशोधनहरूलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन्। त्यसपछि अर्थमन्त्री पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्' भन्ने प...
परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग भेट
राजनीति, समाचार

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग भेट

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक एमनालोसँग नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छिन् ।भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमकाबीच आज बिहान भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटका अवसरमा मन्त्री डा राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्म संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले सहयोगका लागि आग्रह गरिन् । साथै, मन्त्री डा राणाले कृषि, जलविद्युत्, पूर्वाधार निर्माण, पर्यटन क्षेत्रको विकासका नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा ...