Saturday, August 15

राजनीति

गणतन्त्रका विरुद्धमा हुने जुनसुकै गतिविधिको विरोधमा उभिने : पाण्डे
राजनीति, विचार, समाचार

गणतन्त्रका विरुद्धमा हुने जुनसुकै गतिविधिको विरोधमा उभिने : पाण्डे

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीले गणतन्त्रका विरुद्धमा हुने जुनसुकै गतिविधिको विरोधमा उभिने बतएको छ । पार्टीको तर्फबाट प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यस्तो बताएका हुन् । ‘म र हाम्रो पार्टीको तर्फबाट यति भन्न चाहन्छु, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पूर्ण प्रतिवद्ध पार्टी हो,’ पाण्डेले भने, ‘यसका विरुद्ध हुने सम्पूर्ण गतिविधिका विरुद्ध हामी हुनेछौं । हामीले रगतसँग साटेर गणतन्त्र ल्याएको हो । कसैले बक्सिस दिएको होइन ।’ उनले गत २५ फागुनमा काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्वीर देखिनु संयोग वा इच्छा के हो ? भन्दै प्रश्न गरे ।‘ब्यानरमा राजसंस्था पुनर्स्थापना गर्छौं भनेर लेखेको पनि देखियो । उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो देखिनु संयोग हो वा उहाँकै इच्छा हो ? यो अवस्थाले ...
पाकिस्तानी राजदूतलाई अमेरिकाले गर्‍यो ‘डिपोर्ट’, विमानस्थलबाटै फिर्ता
राजनीति, विश्व, समाचार

पाकिस्तानी राजदूतलाई अमेरिकाले गर्‍यो ‘डिपोर्ट’, विमानस्थलबाटै फिर्ता

नेपालअखबार,वासिंटन । अमेरिकाले पाकिस्तानी राजदूतलाई विमानस्थलबाटै ‘डिपोर्ट’ गरेको छ । अमेरिका प्रवेश गर्न खोजेका पाकिस्तानी राजदूतलाई लस एन्जलस विमानस्थलबाटै फर्काइएको हो ।समाचार एजेन्सीहरूका अनुसार तुर्कमेनिस्तानका लागि पाकिस्तानी राजदूत केके अहसान वगानलाई अमेरिकाले लस एन्जलस विमानस्थलबाटै फर्काइदिएको हो । उनी तुर्कमेनिस्तानबाट अमेरिका गएका थिए । अमेरिकी अध्यागमन कर्मचारीले राजदूत वगानलाई विमानस्थलमा रोकेका थिए । उनीसँग प्रवेशाज्ञा र आवश्यक कागजात रहे पनि फिर्ता पठाइएको बताइन्छ । उनी निजी भ्रमणका लागि अमेरिका जाँदै थिए । पाकिस्तानका विदेशमन्त्री इशाक डार र विदेश सचिव अमीना बलोचलाई उक्त घटनाका बारेमा जानकारी गराइएको छ । पाकिस्तानी विदेश मन्त्रालयले लस एन्जलसस्थित पाकिस्तानी वाणिज्य दूतावास (कन्सुलेट) कार्यालयलाई यसबारे जाँच गर्न आदेश दिएको समाचार एजेन्सीहरूले जनाएका छन् । राजदूत व...
आज सुनको मूल्य घट्यो
राजनीति, समाचार

आज सुनको मूल्य घट्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेर तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
प्रतिनिधि सभा बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार,काठमाडौँ। प्रतिनिधिसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरको संघीय संसद भवनमा मंगलबार दिउँसो १ बजे  बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्। यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ ।  वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन्।...
सत्तारूढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थाले: अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

सत्तारूढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थाले: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको बताउनुभएको छ। साथै उहाँले वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा जारी सचिवालय बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘लोकतन्त्रको रक्षा, संघीय गणतन्त्रको रक्षा र प्रतिगामी यथास्थितिवादीहरुले टाउको उठाउन थालेका छन्। यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ।’...
हल्ला गरेर केही हुँदैन, राजतन्त्रको पक्षमा कुनै माहोल छैन : सभापति देउवा
राजनीति, समाचार

हल्ला गरेर केही हुँदैन, राजतन्त्रको पक्षमा कुनै माहोल छैन : सभापति देउवा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहोल नरहेको बताएका छन्। यो कुरा उनले धनगढीमा सोमबार पत्रकारहरूको प्रश्नको जबाफमा भनेका हुन्। पत्रकारले राजतन्त्रका पक्षमा माहोल बनेकोबारे प्रश्न सोधेका थिए। जबाफ दिँदै देउवाले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन।’ राप्रपा, राप्रपा नेपाललगायतको आह्वानमा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत भएको थियो। त्यसप्रति लक्ष्य गर्दै सभापति देउवाले राजतन्त्रको मुलुकमा माहोल नभएको बताएका हुन्। फरक प्रसंगमा सभापति देउवाले सरकार सञ्चालनमा सत्तारूढ दलहरूबीच कुनै असमझदारी नभएको बताए। उनले यो समीकरण २०८४ सम्म जाने बताए। सभापति देउवाले पार्टीको १५ औं महाधिवेशन समयमै हुने पनि बताए। सभापति देउवा पार्टीको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्न ध...
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
राजनीति, समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेपछि बैठक सुरू भएको हो। बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूले आइतबार काठमाडौंमा गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।
कमल थापाले बोलाए पदाधिकारी बैठक
राजनीति, समाचार

कमल थापाले बोलाए पदाधिकारी बैठक

नेपालअखबार,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् । थापाले सोमबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन् । ‘सोमबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेगरी बोलाइएको छ’, राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रम , त्रिभुवन विमानस्थलदेखि निर्मल निवास सम्म भएको पूर्वराजाको स्वागतलगायतमा समीक्षा हुनेछ ।...
सुदूरपश्चिमको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक : प्रधानमन्त्री ओली
राजनीति, समाचार

सुदूरपश्चिमको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक : प्रधानमन्त्री ओली

नेपालअखबार, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशलाई अपार सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रित गर्दै यसको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक रहेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशमा अथाह सम्भावना रहे पनि पछाडि परेको भन्दै अब त्यस परिचयलाई बदल्ने बेला आएको उल्लेख गरे । ‘यो प्रदेश केवल सुन्दर मात्र होइन, सम्भावनाले भरिएको छ । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ । नयाँ पुस्ताले सम्भावनाको खोजी गर्नुपर्छ,’ उनले भने ।प्रधानमन्त्री ओलीका अनुसार दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालयहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । उनले सुदूरपश्चिमको भौगोलिक कठिनाइ समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै दार्चुलाको उत्तरी क्षेत्रसम्म सहज पहुँच बनाउने उद्देश्यले छाङगुरुसम्म पुग्ने सडक निर्माण सुरु ...
राजावादी गतिविधि हेरेर नबस्न सरकारलाई आग्रह :सांसद खादिल
राजनीति, विचार, समाचार

राजावादी गतिविधि हेरेर नबस्न सरकारलाई आग्रह :सांसद खादिल

नेपालअखबार,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने बताएको छ । बरु वर्तमान व्यवस्थाभित्रै रहेर जनताको अवस्था बदल्न सक्ने हिम्मत देखाउन र जनताको विश्वास जित्नतिर लाग्न उसको आग्रह छ । आइतबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट बोल्दै जसपा नेपालका सांसद मोहम्मद खालिदले प्रश्न गरे, ‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ? प्रतिगमन चाहियो ?’ यस्तो चाहना पूरा हुन नसक्ने उनको आग्रह छ । साथै सरकारलाई संविधान विरोधी गतिविधि हेरेर नबस्न जसपा नेपालका सांसद खादिलको आग्रह छ । ‘सरकारले आफ्नो दायित्व पूरा गरोस्,’ उनले भने, ‘सरकारको केही विफलताको फलस्वरूप कसैले गणतन्त्रको सट्टा, लोकतन्त्रको सट्टा अरू कुरा निम्त्याउँछ भने सरकारले ध्यान पुर्‍याउनै पर्छ ।’ सांसद खालिदले राजनीतिक दलहरूले राजावादीको गतिविधिबारे पार्टीको...