Sunday, August 16

राजनीति

ट्रम्प र पुटिनबीच लामो फोन वार्ता
राजनीति, विश्व, समाचार

ट्रम्प र पुटिनबीच लामो फोन वार्ता

नेपालअखबार,काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ। बुधबार दुई राष्ट्रपतिबीच लामो टेलिफोन वार्ता भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पले पनि आफ्नो ट्रुथ सोसलमा पोस्ट गरेर पुटिनसँग लामो र अत्यन्तै उपयोगी फोनवार्ता भएको बताएका छन्। उनले विशेगरी रूस-युक्रेन युद्ध र त्यसलाई अन्त्य गर्नेबारे पुटिनसँग छलफल भएको बताएका छन्। 'लाखौंको ज्यान जानेगरी भएको युद्ध रोक्नुपर्ने विषयमा हामी दुवै सहमतिमा पुगेका छौं,' ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। युद्ध अन्त्यका लागि मध्यस्त गर्न विदेशमन्त्री मार्को रुबिओ, सिआइएका निर्देशक जोन र्‍याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ज र राजदूत स्टिभ विटकफसहितको टोली बनाइएको ट्रम्पले बताएका छन्। ट्रम्पले रूसी राष्ट्रपतिसँग भएको कुराकानीबारे युक्रेनका राष्ट्रपति भोल्दोमिर ज...
अध्यादेश पास गर्न राजनीतिक दलहरूबिच सहमति जुटाउने काम भइरहेको छ : मन्त्री गुरुङ
राजनीति, समाचार

अध्यादेश पास गर्न राजनीतिक दलहरूबिच सहमति जुटाउने काम भइरहेको छ : मन्त्री गुरुङ

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संसदबाट अध्यादेश पास गर्नका लागि सरकारले राजनीतिक दलहरूबिच सहमति जुटाउने काम गरिरहेको बताएका छन् । बुधबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा टेबुल भएका अध्यादेशहरू पारित गर्नका लागि सहमतिको प्रयास भइरहेको बताएका हुन् । मन्त्री गुरुङले सरकार अध्यादेशहरूलाई राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहिरहेको बताए । उनले अध्यादेशका बारेमा छलफल र सहमतिको प्रयास जारी रहेको उल्लेख गर्दै निष्क्रिय हुने वा पारित हुने भन्ने परिस्थिति बनी नसकेको बताए । संघीय संसद्का दुवै सदनबाट बहुमतले पास हुने स्थिति बनेपछि मात्रै अध्यादेशको छलफल अगाडि बढ्ने उनको भनाइ छ । उनले भने, ‘अहिले हामीले ल्याएका सबै अध्यादेशहरू हामीले संसदमा टेबुल गरिसकेका छौँ । यसमा पनि राजनीतिक दलहरूबिचमा सहमति ह...
उदरपुरमा एमाले-कांग्रेस परित्याग गरी सय जना एकीकृत समाजवादीमा प्रवेश
राजनीति, समाचार

उदरपुरमा एमाले-कांग्रेस परित्याग गरी सय जना एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) उदयपुर जिल्ला कमिटीद्धारा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। जिल्ला कमिटी अध्यक्ष विनोद खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिव बलदेव चौधरी, केन्द्रीय सदस्य दुर्गा परियार, सुनिता चौधरी, राममणी पोखरेललगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो। पशिक्षणा कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य उदयपुर जिल्लाका पार्टीका इन्चार्ज, केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र पार्टी जिल्ला अध्यक्षसहित जिल्ला कमिटीका अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेकपा एमाले र कांग्रेस परित्याग गरी करिब एक सय जना एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ। उहाँहरुलाई सम्मानित नेतासहि...
जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको छ: मुख्यमन्त्री लामा
राजनीति, समाचार

जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको छ: मुख्यमन्त्री लामा

नेपालअखबार,मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जलवायु परिवर्तनको कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको बताएका छन् । उनले पछिल्लो समय बढिरहेको जलवायु परिवर्तनको उच्च जोखिम नेपालमा परिरहेको बताए ।दुबईमा आयोजित वर्ल्ड गभर्मेन्ट समिट २०२५ को सार्पिङ फ्युचर गभर्मेन्ट मन्त्रीस्तरिय राउन्ड टेबलमा इफेक्टिभ गभर्नेन्स एन्ड क्याइसिस रेसिलेन्सी सत्रको छलफलमा भाग लिँदै मुख्यमन्त्री लामाले जलवायु परिवर्तनका कारण निम्तिएको विपत्तिबाट राज्यले आफ्नो प्रगतिको लक्ष्यमा ठुलो क्षति व्यहोर्नु परिरहेको बताए । त्यसको उदाहरणको रूपमा उने गत असोजमा भएको अविरल वर्षाबाट निम्तिएको विपद्लाई प्रस्तुत गरेका छन् ।‘जलवायु परिवर्तनका कारण गत सेप्टेम्बर (असोज)मा बागमती प्रदेशमा भएको अत्यधिक वर्षाका कारणले ठुलो क्षति व्यहोर्नु परेको छ । जसका कारणले हामीले ठुलो जनधनको क्षति व्यहोर्नु पर्‍यो ।’ उनले भने,...
निजामती सेवा विधेयकको दफा ५ पास
राजनीति, समाचार

निजामती सेवा विधेयकको दफा ५ पास

नेपालअखबार,काठमाडौं । संघीय निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ । हाल निजामती सेवामा १० वटा समूह छन् । नेपाल सूचना प्राविधि सेवा समूह थप गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित विधेयकको दफा ५ पास गरेको हो । सांसदहरूले संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवाभित्र नै राख्नुपर्ने प्रस्ताव राखेका थिए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले दुवै विशिष्टकृत सेवा रहेकोले छुट्टै एन अन्तर्गत राखिएको तर्क गरेका थिए । संसद्को स्वायत्तता समेतलाई ख्याल गरेर संसद सेवा छुट्टै राखिएको तर्क गरे । त्यसपछि समिति सभापति रामहरि खतिवडाले स्वास्थ्य सेवा र संसद सेवाबारे पुनः छलफल गर्नेगरी दफा ५ पास सर्वसम्मत रुपमा पास भएको घोषणा गरे । पास भएको दफा अनुसार निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा,...
विधेयकप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार सङ्घद्वारा शिक्षा समितिको ध्यानाकर्षण
राजनीति, समाचार

विधेयकप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार सङ्घद्वारा शिक्षा समितिको ध्यानाकर्षण

नेपालअखबार,काठमाडौँ ।  संसदीय प्रक्रियामा रहेको सामाजिक सञ्जाल विधेयक २०८१ प्रति  आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार सङ्घले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ मङ्गलवार समितिका सभापति अम्मर बहादुर थापालाई उनकै कार्यकक्ष सिंहदरबारमा सङ्घले एक ज्ञापनपत्र बुझाउँदै विधेयकप्रति असन्तुष्टि जनाएको हो । सङ्घले विधेयकमा सच्याउनुपर्ने विषयलाई बुँदागत रुपमा उल्लेख गर्दै पार्टीको ध्यानाकर्षण गराएको छ । विधेयकले खबरदारी तथा आलोचना गर्न पाउने नागरिकको आधारभूत अधिकार कुण्ठित गर्ने भन्दै सङ्घले यसमा समावेश दर्जनौ प्रावधानहरु आपत्तिजनक रहेको जनाएको छ ।...
प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं ।संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै उद्योग मन्त्री भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।...
चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री
राजनीति, समाचार

चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री

नेपालअखबार, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएकी छन्। कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म छ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताइन्। ‘राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ। राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ। छ लेनको सड्क निर्माणका लागि छिट्टै काम सुरू हुन्छ,’ उनले भनिन्। मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरिन्। उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै...
राष्ट्रिय सभाबाट पारित भयो मिडिया काउन्सिल विधेयक
राजनीति, समाचार

राष्ट्रिय सभाबाट पारित भयो मिडिया काउन्सिल विधेयक

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। त्यसअघि उक्त विधेयकको दफावार छलफलमा सांसद राजेन्द्रलक्ष्मी गैरेले भाग लिएकी थिइन्। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले विधायन व्यवस्थापन समितिमा लामो समय छलफल भइ पारित भएर राष्ट्रियसभामा आएको भन्दै मिडिया काउन्सिल विधेयकलाई बढी स्वायत्त बनाउन यस क्षेत्रको नियमन र स्वनियमन गर्ने सम्पूर्ण अधिकार दिएर कसरी मर्यादित, पृथक तथा स्वायत्त निकाय बनाउन सकिन्छ भनेर धेरै विषय उठाइसकेकाले सो विधेयकलाई सर्वसम्मतिले पारित गर्न अनुरोध गरेका थिए। मिडिया काउन्सिलसम्बन्धी कान...
जरूरी सार्वजनिक महत्वका ३ प्रस्ताव दर्ता
राजनीति, समाचार

जरूरी सार्वजनिक महत्वका ३ प्रस्ताव दर्ता

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभामा तीनवटा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले तीनवटा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गराएका हुन् । दुर्घटना न्यूनीकरणका लागि मोटरसाइकलको पछाडि सिटमा बस्ने यात्रुले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने सम्बन्धी एउटा प्रस्ताव छ । यसको समर्थकमा सांसदहरू उदयशम्शेर जबरा, राजेन्द्रकुमार केसी र संजयकुमार गौतम छन् । यार्सागुम्बा संकलनमा बालश्रम निषेध सार्वजनिक महत्वको अर्को प्रस्ताव छ । यसको समर्थकमा सांसदहरू सुरेन्द्रराज आचार्य, चन्दा चौधरी र कान्तिका सेजुवाल छन् ।...