Sunday, August 16

राजनीति

गण्डकी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण नेपाली
राजनीति, समाचार

गण्डकी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण नेपाली

नेपालअखबार,पोखरा । नेकपा (एकीकृत समाजवादी), गण्डकी प्रदेश कमिटी अध्यक्षमा कृष्ण नेपाली चयन हुनुभएको छ। माघ २६ र २७  गते सम्पन्न प्रथम अधिवेशनले नेपालीलाई अध्यक्ष चयन गरेको हो। प्रदेश कमिटीको उपाध्यक्षमा मुक्ती पौडेल र विष्णु गिरीलाई चयन गरिएको छ। त्यस्तै सचिवमा ठाकुर शर्मा पौडेल, सहचिवमा सुस्मा काफ्ले, टिकाराम पौडेल र विवेक भुजेल चयन हुनुभएको छ। अधिवेशनले १०१ जनाको कमिटी घोषणा गरेको छ। १४३ जनाको कमिटीलाई पूर्णता दिन केही समय लाग्ने आयोजकले जानकारी दिएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालले सम्बोधन गर्नुभएको थियो।...
आज संसद बैठक बस्दै
राजनीति, समाचार

आज संसद बैठक बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् । र सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै राष्ट्रिय सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० छलफल र पारितका प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।...
प्रतिनिधि सभा बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसका साथै गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ । राष्ट्रिय सभा बैठक पनि आज दिउँसो सवा १ बजे बस्दैछ ।...
हाम्रो पार्टीलाई आफ्नै खुट्टामा उभ्याउन तयार छौं :अध्यक्ष  नेपाल
राजनीति, विचार, समाचार

हाम्रो पार्टीलाई आफ्नै खुट्टामा उभ्याउन तयार छौं :अध्यक्ष नेपाल

नेपालअखबार,पोखरा ।  नेकपा एकीकृत समाजादीका अध्यक्ष माधव नेपालले एमालेले  एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी निर्माण गरेको औचित्य पुष्टि भएन भन्ने आवाज आफूले सुनेको भन्दै उनले एमालेले गरिरहेको गतिविधिबाट विद्रोहको औचित्य पुष्टि भएको बताएका हुन्।  भीम रावललाई कारबाही गरेर निकालेपछि आफूहरूले गरेको विद्रोहको औचित्य पुष्टि भएको बताएका छन्। ‘विद्रोहको औचित्य पुष्टि गर्न सकेन भन्ने सुनेको छु। भीम रावललाई कारबाही गरेर निकालेपछि पनि पुष्टि भएन? वामदेव गौतम एकता गर्छु भनेर हामीकहाँ आउँछु भनेर ठिक्क परेको मान्छेलाई अल्मल्याएर एकता कहाँ सम्भव छ भनेर बेइज्जत गरेपछि पनि चित्त बुझेन,’ उनले भने, ‘हुँदाहुँदा पार्टीमा केही कुरा उठायो भनेर कारबाही गरेर बिजोग बनाएर पनि चित्त बुझेन।’ एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाम सुन्दा पनि वाकवाकी लाग्ने र आफूलाई आउट भनेको पनि उनले सुनाए।...
नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम हो: गृहमन्त्री लेखक
राजनीति, समाचार

नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम हो: गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन्। शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उनले सरकार बनेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका हुन्। सोही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको गृहमन्त्री लेखकले बताए। केही दिनमा उक्त विधेयकमाथि केही दिनमा छलफल हुने उनको विश्वास छ। 'नागरिकता सम्बन्धि विधेयक पनि संसदमा दर्ता भएको छ । अब चाँडै अध्यागमन सम्बन्धि ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचन सम्बन्धि ऐन पनि अगाडि बढाएका छौं। जग्गा प्राप्ति सम्बन्धि कानुन संशोधनको काम अगाडि बढेको छ,' उनले भने,  'यस्तै संघसंस्था सम्बन्धि नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । ती...
आज गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन
राजनीति, समाचार

आज गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन आज सम्पन्न हुँदैछ। कास्कीको पोखरामा सम्पन्न हुने प्रथम अधिवेशन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुहुनेछ। प्रदेश कमिटीका अध्यक्ष तथा इन्चार्जसमेत रहनु भएका श्रीनाथ बरालका अनुसार बिहान ११:३० बजेदेखि अधिवेशन सुरु हुनेछ। अधिवेशनलाई सम्बोधन गर्न पार्टीका अध्यक्षसहित सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी पोलिटब्यूरो सदस्य तथा गण्डकी सहइन्चार्ज दिलु पन्तले जानकारी दिनुभएको छ। नेता पन्तका अनुसार सम्मानित नेता शनिबार बिहान पोखरा पुग्ने, पार्टी अध्यक्ष अवेशन उद्घाटनको समयमा पुग्ने र महासचिव दिउँसो ३ बजे पुगेर सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 'समाजवाद प्राप्...
नेकपा एस गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा
राजनीति, समाचार

नेकपा एस गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा

नेपालअखबार,पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि २६ र २७ माघमा पोखरामा सम्पन्न हुन लागेको प्रथम गण्डकी प्रदेश अधिवेसनको तयारी पूरा भएको जानकारी दिइएको हो । महाधिवेशनको पार्टीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए। अधिवेशनमा प्रदेशका ११ जिल्लावाट ४५० जना प्रतिनिधिहरुको सहभागि हुनेछन् । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन भएका र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन भएका जनाइएको छ । यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिस्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समूदा...
राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
राजनीति, समाचार

राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालअखबार,काठमाडौँ । कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले त्यहाँका नरेश नरोदम सिहामोनीसमक्ष न्होमपेनस्थित राजदरबारमा बिहीबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजा सिहामोनीसँग भएको दर्शनभेटमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कम्बोडियाका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कम्बोडियाली जनताको निरन्तर प्रगतिको कामना गरे ।बैंककस्थित नेपाली दूतावासका अनुसार राजदूत ओलीलाई स्वागत गर्दै कम्बोडियाली नरेशले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरे । मौसुफले राजदूत ओलीको कार्यकालमा कम्बोडिया र नेपालबीचको सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे। समारोहमा कम्बोडियाका उपप्रधानमन्त्रीका साथै राजदरबारका उच्च अधिकारीहरुको उपस्थित...
त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र
राजनीति, समाचार

त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र

नेपालअखबार,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा राख्न माग गर्दै तीन जना स्ववियु सभापतिहरूले ध्यानाकर्षणपत्र बुझाएका छन् । फागुन महिलाको पहिला हस्तामा सिनेट बैठक आह्वान गर्न माग गर्दै उपकुलपति प्राडा केशरजंग बरालमार्फत कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।विद्यार्थीका मुद्धालाई तत्काल हल गर्न सिनेट बैठक आह्वान गरिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए । त्रिवि सिनेट सदस्य समेतका ओझासहित पुल्चोक क्याम्पस स्ववियु सभापति तथा सिनेट सदस्य विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु सभापति तथा सिनेट सदस्य विष्णु ढुंगेलले ध्यानाकषर्णपत्र बुझाएका हुन् । विद्यार्थीका मुद्धाहरू सम्बोधनका लागि विश्वविद्यालय अघि नबढेको खण्डमा थप संघर्ष गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ । डेढ वर्षदेखि सिनेट बैठकमा विद्यार्थीका माग मुद्धाहरू उठान गर्र्दै आएको तर, अहिलेसम्...
बंगलादेशमा प्रदर्शनकारीले शेख हसिनाका पिता मुजीबुर्रहमानको घर जलाए
राजनीति, विश्व, समाचार

बंगलादेशमा प्रदर्शनकारीले शेख हसिनाका पिता मुजीबुर्रहमानको घर जलाए

नेपालअखबार,काठमाडौँ । । बंगलादेशमा फेरि हिंसा सुरु भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीले बुधबार राति उनका पिता शेख मुजीबुर्रहमानको ढाकास्थित घर धानमण्डी–३२ मा आगो लगाएर ध्वस्त पारेका छन् । प्रदर्शनकारीले बुधबार मध्यरात र बिहीबार देशभर शेख हसिनाको पार्टी अवामी लिगका नेताहरुका घरमा तोडफोड गर्दै मुजीबुर्रहमानको भित्तेचित्र विकृतसमेत गरेका छन् । भारतमा रहेकी हसिनाको एक अनलाइन कार्यक्रम सुरु हुनुअघि उक्त हिंसा सुरु भएको हो । बंगलादेशको प्रमुख अखबार ‘द डेली स्टार’ले लेखेको छ, ‘सामाजिक सञ्जालमा भाइरल पोष्टका अनुसार उक्त प्रदर्शन हसिनाको बंगलादेशविरोधी गतिविधिका कारण गरिएको हो ।’ शेख हसिनाका विरोधीले भारतमा बसेर हसिनाले बंगलादेशविरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् । गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनपछि हसिनाले देश छाड्नुपरेको थियो । उनी गत अगष्ट ५ मा भारत पुगेकी थिइन...