Monday, August 17

राजनीति

चीनलाई देखाएर भारतलाई ‘साइज’मा राख्ने प्रधानमन्त्रीको नीति !
राजनीति, समाचार

चीनलाई देखाएर भारतलाई ‘साइज’मा राख्ने प्रधानमन्त्रीको नीति !

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिनाभन्दा बढी भइसक्यो तर उनले हालसम्म कुनै पनि देशको राजकीय भ्रमण गरेका छैनन् । यसलाई कतिपयले स्वाभाविक रूपमा लिएका छन् भने कतिपयले उनको असफलताका रूपमा चित्रण गरेका छन् । प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेको तीन महिनाभन्दा लामो समयसम्म कुनै पनि देशको राजकीय भ्रमण गर्न नसक्नुले विभिन्न देशसँग उनको सम्बन्ध कस्तो छ भन्ने पुष्टि गरेको जानकारहरू बताउँछन् । प्रधानमन्त्री ओलीलाई भ्रमणका लागि कुनै पनि मुलुकले औपचारिक निमन्त्रणा नगरे पनि परराष्ट्र मन्त्रालय उनको विदेश भ्रमणको आन्तरिक तयारीमा जुटेको छ । ‘आधिकारिक निम्तो कहीँबाट नआए पनि हामीले आवश्यक तयारी गरिरहेका छौँ,’ परराष्ट्र मन्त्रालयका एक जना सहसचिवले भने, ‘हामी प्रधानमन्त्रीको भ्रमणको तयारीमा लागेका छौँ तर पहिला कुन देश जानुहुन्छ भन्ने प्रस्ट भइ...
एकीकृत समाजवादीको कर्णाली अधिवेशनमा ५०२  प्रतिनिधि सहभागी हुने
राजनीति, समाचार

एकीकृत समाजवादीको कर्णाली अधिवेशनमा ५०२ प्रतिनिधि सहभागी हुने

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को कात्तिक २६ र २७ हुने पहिलो कर्णाली प्रदेश अधिवेशनमा ५०२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा हुने गरी मिति तय भएको अधिवेशनका लागि कर्णाली प्रदेशमा ५०२ जना प्रतिनिधि सहभागी हुने प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष ठगेन्द्र पुरीले जानकारी दिए । उनका अनुसार प्रदेश अधिवेशनमा सहभागी हुने धेरैजसो प्रतिनिधिहरूसमेत छनोट भैसकेका छन् । जसअनुसार सुर्खेतबाट १७, दैलेखबाट ३०, कालिकोट ४१, मुगु ४१, डोल्पा २८, जाजरकोट २९ , रुकुम पश्चिम १८, सल्यान ४९ गरी जम्मा २५३ जना प्रतिनिधिहरू निर्वाचित भएका छन् । त्यस्तै कात्तिक १३ गते जुम्ला, २० र २१ गते हुम्लामा प्रतिनिधि छनोटका लागि निर्वाचन हुँदैछ । जुम्लाबाट ३८ र हुम्लाबाट १३ गरी जम्मा ५१ जना प्रतिनिधिहरू निर्वाचित हुनेछन् ।  त्यसैगरी पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी ...
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पाँच वटा निर्णय
राजनीति, समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पाँच वटा निर्णय

नेपालअखबार,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले पाँच वटा निर्णय गरेको छ। पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको निष्कर्ष निकालेको छ। अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने दोस्रो निर्णय गरिएको उनले बताए। आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने केन्द्रीय समितिको तेस्रो निर्णय छ। राजनीतिक नागरिक संवादका लागि पार्ट...
एकीकृत समाजवादीको प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सक्न निर्देशन
राजनीति, समाचार

एकीकृत समाजवादीको प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सक्न निर्देशन

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए । देशभर पार्टी सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उनले बताए । साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय सङ्गठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्याङ्कन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ । कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारी छन् । नेताहरूको क्षमता, विगतका कार्यसम्पादनको...
वन मन्त्रालयको नाम फेर्ने तयारी
राजनीति, समाचार

वन मन्त्रालयको नाम फेर्ने तयारी

नेपालअखबार,काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो । सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताएका छन् । ‘हिजो भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रुपमा नामांकन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ । जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ’, कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले भने । उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताए । जलवायु परिवर्तनबाट ...
खबरदारी सभा कसैलाई बचाउनका लागि होइन :प्रचण्ड
राजनीति, विचार, समाचार

खबरदारी सभा कसैलाई बचाउनका लागि होइन :प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् । ‘अहिले सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ, त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई मात्र गिरफ्तार गर्ने सरकारको तरिका बेठीक छ’, उनले भने । माओवादीले रवि लामिछानेको बचाउका लागि खबरदारीसभा...
आज सरकारविरुद्ध माओवादीको खबरदारी सभा
राजनीति, समाचार

आज सरकारविरुद्ध माओवादीको खबरदारी सभा

नेपालअखबार,काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गर्दै छ । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीको दाबी  छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी  पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले दाबी गरे । आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खब...
इसराइलले इरानमा आक्रमण गर्‍यो
राजनीति, विश्व, समाचार

इसराइलले इरानमा आक्रमण गर्‍यो

नेपालअखबार,काठमाडौँ  । इसराइलले इरानमा आक्रमण गरेको छ। शनिबार बिहान इसराइलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाइ आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणबाट के-कति मानवीय क्षति भयो भन्ने विषय सार्वजनिक भइसकेको छैन। इरानले अक्टोबर १ मा इसराइलमा आक्रमण गरेको थियो। त्यतिबेला इरानले १८० वटाभन्दा बढी मिसाइलले इसराइलमाथि आक्रमण गरेको थियो। उक्त आक्रमणलाई इरानले इसराइलमाथि गरेको ठूलोमध्येको हमला भनिएको थियो। सो आक्रमणपछि इसराइलले त्यसको जवाफ दिने र इरानले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिँदै आएका थिए।मध्यपूर्वको लडाइँमा इसराइललाई सहयोग गर्दै आएको अमेरिकाले इरानमा आक्रमण गर्दा सैनिक अड्डाहरूमा मात्र निशाना बनाउन इसराइललाई सुझाव दिएको थियो। सोही अनुसार शनिबार बिहान इसराइलले इरानी सैन्य अड्डाहरूलाई...
कृषि क्रान्तिको युग सकियो : अध्यक्ष नेपाल
राजनीति, समाचार

कृषि क्रान्तिको युग सकियो : अध्यक्ष नेपाल

नेपालअखबार,भक्तपुर । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब कृषि क्रान्तिको युग सकिएको बताएका छन् । आजबाट भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको दिपल कम्पनीको इलेक्ट्रोनिक कारको स्वरुमको उद्घाटन गर्दै उनले अब सूचना प्रविधि (आइटी) को युग सुरु भएको बताए । उनले भने, “यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग हो । उद्योग, औद्योगिक क्रान्ति, विश्वलाई परिवर्तन गर्ने आइटी, नयाँ खोज र अनुसन्धानको युग हो । यसर्थ नयाँ ज्ञान र सीप हासिल गर्नु आजको आवश्यकता हो ।” अध्यक्ष नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सवारी प्रदूषण कटौती गर्न जरूरी रहेको र त्यसका लागि इलेक्ट्रोनिक गाडीको प्रयोग बढाउने गरी सरकारले सहजीकरण गर्नुपर्ने धारणा राखे । उनले भने, “अब डिजेल पेट्रोलको प्रयोग नगर्ने, यसको खपत घटाउन आवश्यक छ । हाम्रो देश जलस्रो...
बालुवाटारमा सत्ता साझेदार दलको बैठक
राजनीति, समाचार

बालुवाटारमा सत्ता साझेदार दलको बैठक

नेपालअखबार,काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता साझेदार दलको बैठक जारी छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने बताइएको छ । बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली काँग्रेस,लोसपा,जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन् । यसअघि सत्तारुढ दलको बैठक बुधवार बसेको थियो । उक्त बैठकमा सरकारको सय दिनको समीक्षा गर्नुका साथै आगामी दिनमा गर्ने कामबारे आजको बैठकमा छलफल हुने एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिएका थिए ।...