Monday, August 17

राजनीति

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय
राजनीति, समाचार

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय

नेपालअखबार, काठमाडौँ  ।  सरकारले स्लोभानियासमेत ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदाधवि एक अवधि अर्थात् चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए । बैठकले पाँचथरको फालेलुङ गाउँपालिका-५ मा भएको बम विष्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रति परिवार बिलबमोजिम पाँच लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।...
ताेक्यो  निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने सीमा
प्रशासन, राजनीति, समाचार

ताेक्यो निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने सीमा

नेपालअखबार,काठमाडौं  । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। मंसिर १६ गते ३९ स्थानीय तहमा विभिन्न पदमा उपनिर्वाचन हुँदैछ। त्यसको लागि आयोगले उम्मेदवारले गर्न पाउने खर्च हद निर्धारण गरेको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए। महानगरपालिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन्। उपमहानगर प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँ, नगर प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्। त्यस्तै जिल्ला समन्वय समिति प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। महानगरका वडाध्यक्ष उम्मेदवारले तीन लाख, उपमहानगर वडाध्यक्ष पदका दुई लाख ...
३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदारी दलसँग बैठक बस्दै
राजनीति, समाचार

३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदारी दलसँग बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक डाकेका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । बुधबारमात्रै सत्तारुढ दलको बैठक बसेको थियो ।
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
अर्थ, राजनीति, समाचार

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध

नेपालअखबार,अमेरिका । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । अमेरिकी उद्योग वाणिज्य सङ्घले आज वासिङ्टन डिसीमा आयोजना गरेको छलफलमा उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गरे । छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।...
नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौं: मन्त्री पाण्डे
राजनीति, समाचार

नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौं: मन्त्री पाण्डे

नेपालअखबार, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गर्दै विद्यमान समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सरकार गठन भएको एकसय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिबारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल एयरलाइन्समा देखिएका समस्याहरु समाधान गर्दै भरपर्दो सेवा प्रवाह गरिने उल्लेख गरे। 'नेपाल एयरलाइन्समा रहेका विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो तथा विश्वसनीय बनाउन समिति गठन गरेर काम अघि बढाइसकेका छौं,' उनले भने। मन्त्री पाण्डेले  नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन...
जनलोकपाल आयोग कामविहीन
राजनीति, समाचार

जनलोकपाल आयोग कामविहीन

नेपालअखबार, जनकपुरधाम । मधेसमा आर्थिक अनियमितता तथा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने उद्देश्यले मधेस प्रदेश सरकारले स्थापना गरेको जनलोकपाल आयोग कामविहीन बनेको छ। आयोग स्थापनाको तीन वर्ष बितेपनि आयोग कामविहीन बनेको हो। आयोगका अध्यक्ष रामसहाय यादवले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई आज बुझाउँदै स्रोतसाधन र जनशक्ति तथा कानुनको अभावमा काम गर्न नसकेको जानकारी दिए। सरकारले वितरण गर्ने बजेटको उपयोगिता तथा प्रशासनिक कार्यमा जनताको पहुँचवृद्धि गर्न र जनगुनासो सम्बोधन गर्न सो आयोग तीन वर्ष अगाडि स्थापना गरिएको थियो। आयोगका अध्यक्ष यादवले जिम्मेवारी सम्हालेको तीनवर्षमा सुशासन प्रवर्द्धनका कुनै काम गर्न नसकेको गुनासो गरे। 'आयोगको मुख्य उपलब्धि देखाउन नपाउँदा मेरो मन दुखी छ । प्रदेश सरकारले यो आयोग सक्षम होस भनेर नचाहेको कारण अहिलेसम्म हामीले काम गर्न नसक...
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
प्रशासन, राजनीति, समाचार

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,पोखरा । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा ल्याएको थियो । रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।...
१० औं राष्ट्रिय महाधिवेशमा केन्द्रीय सदस्य प्रवासी एकता मञ्चका अध्यक्ष सिलवालले लिए सपथ ग्रहण
राजनीति, समाचार

१० औं राष्ट्रिय महाधिवेशमा केन्द्रीय सदस्य प्रवासी एकता मञ्चका अध्यक्ष सिलवालले लिए सपथ ग्रहण

नेपालअखबार,काठमाडौँ । १० औं राष्ट्रिय महाधिवेशमा केन्द्रीय सदस्य भएका प्रवासी एकता मञ्चका अध्यक्ष द्रोण प्रसाद सिलवालले सपथ ग्रहण गरेका छन् । विशेष कारणले गर्दा सामूहिक रूपमा सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका द्रोण प्रसाद सिलवालले आज बिहान  नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले  सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष राजेन्द्र पाण्डे महासचिव घनश्याम भुसाल, पोलिट ब्युरो सदस्य द्वय मिना ज्ञवाली, दिलु पन्त ,नेपाल रिटर्नी एशोसियशनका अध्यक्ष प्रविण पौडेल सचिव द्वय प्रकाश महरा ,बम बहादुर विसी , स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरीको उपस्थिति रहेको थियो ।कार्यक्रममा सिलवालले जापानमा संगठन विस्तार तथा समसामायीक विषयमा जानकारी गराएका थिए।...
पार्टी र मधेस सरकारको नेतृत्व जोगाउन जनमतलाई सकस
राजनीति, समाचार, समाज

पार्टी र मधेस सरकारको नेतृत्व जोगाउन जनमतलाई सकस

नेपालअखबार,काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूको अभिव्यक्ति र सामाजिक सञ्जालमा पोस्ट गरेको विचार हेर्दा सो पार्टीका साथै उसले नेतृत्व गरेको मधेस सरकार सङ्कटमा रहेको बुझ्न सकिन्छ । जनमत पार्टीले मधेस प्रदेशको सरकार नेतृत्व गरेको छ । तर पछिल्लो समय सरकारको काम कारबाहीप्रति सत्ता साझेदार दलका नेताहरूले असन्तुष्टि जनाएपछि सरकार नै सङ्कटमा परेको हो कि भन्ने चर्चा सुरु भएको छ । मधेस सरकार जनमत पार्टीले एकलौटी चलाइरहेको गुनासो सत्ता साझेदार दलका नेताहरूले गरिरहेका छन् । यहाँसम्म कि जनमत पार्टीले अरू दलको मन्त्रालयमा पनि हस्तक्षेप गरेको कारण त्यसको गुनासो केन्द्रसम्म आइपुगेको जनमत पार्टीकै एक नेताले बताए । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दिएको अभिव्यक्तिलाई लिएर पनि मधेस सरकारको आयुमाथि...
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई
राजनीति, समाचार

विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। बुधबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति पौडेललाई भेटेका हुन्। माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगरले राष्ट्रपति पौडेललाई भेटेका हुन्। सरकारका कामकारबाहीप्रति प्रतिपक्षी दलका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। सरकारबाट भएका कमीकमजोरीबारे प्रतिपक्ष दलहरूले राष्ट्रपति पौडेललाई जानकारी दिएका हुन्। उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पनि ध्यानाकर्षण पत्र बुझाएका थिए।...