Thursday, July 23

राजनीति

भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व प्रधानमन्त्री रजाकले पाए सफाइ
राजनीति, विश्व, समाचार

भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व प्रधानमन्त्री रजाकले पाए सफाइ

नेपालअखबार, क्वालालम्पुर । मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ ।  तर उनले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको छ । राज्य अभियोजकहरूले आफ्नो मुद्दा प्रमाणित गर्न पर्याप्त प्रमाणहरू प्रदान गर्न असफल भएका उच्च अदालतका न्यायाधीश मोहम्मद जैनी मजलान बताए । भ्रष्टाचारको सो आरोप शुक्रबार खारेज गरिएको थियो । यो आरोप ठहर भएको भए २० वर्षसम्मको जेल सजाय हुने थियो । परिवर्तित आरोपअनुसार कुनै पनि आपराधिक दायित्वबाट उनलाई मुक्त गर्न उद्देश्य रहेको जनाइएको छ । उनलाई  तत्कालीन कोषका अध्यक्ष र प्रमुख कार्यकारी अरुल काण्डले सहयोग गरेको आरोप छ । हाल अरुलले पनि सफाई पाएका छन् । (रासस/एएफपी)...
आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदको अभिमुखीकरण कार्यक्रम गर्दै
राजनीति, समाचार

आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदको अभिमुखीकरण कार्यक्रम गर्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । बिहीबार संघीय सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आनन्द इभेन्ट नयाँबानेश्वरमा दिउँसो १ बजे हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा गठबन्धनका नेताहरुले सम्बोधन गर्नेछन् । आठ दलीय गठबन्धनको औचित्यबारे बोल्दै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत माग्न उद्देश्यले उनीहरुले यो कार्यक्रम आयोजना गरेका हुन् । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । पौडेललाई विजयी गराउन भन्दै गठबन्धनक...
मुग्लिन–पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राति ४ घन्टा बन्द हुने
राजनीति, समाचार

मुग्लिन–पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राति ४ घन्टा बन्द हुने

नेपालअखबार, तनहुँ । मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगमी २९ गतेसम्म बन्द हुने भएको छ । तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो। फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लित्र पोखरा सडक खण्ड (पुर्वी योजना)ले जनाएको छ । ‘१० दिनसम्म राती १२ बजे देखी बिहान ४ बजेसम्म यातायाता आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नु पर्ने भएकाले सो समयमा अगाडी वा पछाडी मात्र उक्त सडक वारपार गरिदिनु हुन सबन्धित सबै यात्रु महानुभावहरुमा हार्दिक अनुरोध छ’ जारी सुचनामा भनिएको छ ।  ...
उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै
राजनीति, समाचार

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

नेपालअखबार, काठमाडौँ । कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत रहेका छन् । सम्मेलन आइतबार देखि मङ्गलबारसम्म हुनेछ । मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् । श्रेष्ठले विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । यसअघि य...
लाेकतन्त्र,सामाजिक न्याय,समाजवादकाे गरिमा राष्ट्रपतिले कायम राख्ने  : खानेपानी मन्त्री खान
राजनीति, समाचार

लाेकतन्त्र,सामाजिक न्याय,समाजवादकाे गरिमा राष्ट्रपतिले कायम राख्ने : खानेपानी मन्त्री खान

नेपालअखबार, काठमाडौं ।  खानेपानी मन्त्री अब्दुल खानले मुलुककाे हित,लाेकतन्त्र,सामाजिक न्याय,समाजवादका लागि आठ दलीय गठबन्धनले  नेतृत्वकाे हुन आवश्यक रहेकाे दाबी गरेका छन् ।   नेपाली जनताकाे भराेसा , लाेकतन्त्र,सामाजिक न्याय,समाजवादकाे गरिमा राष्ट्रपतिले राख्ने विश्वास लिएकाे मन्त्री खानेले बताए । वर्तमान अवश्थामा समाजवाद र अग्रगामी परिवर्तनको लागि याे गठबन्धनबाट मात्र सम्भव  बताए ।  मन्त्री खानले भने याे विशुद्ध लाेकतान्त्री गठबन्धन भएकाे बताए । आसन्न राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउन हाम्राे पार्टी प्रतिबद्ध छ गठबन्धनको उम्मेदवारलाई विजय गराउन जिम्मेवार हामी सबैकाे भएकाे बताए । मन्त्री खानले आसन्न२५ गते पछि बन्ने  राष्ट्रतिले नागरिकता र राजबन्दीहरुकाे रिहाईकाे कानुन प्रमाणीकरण जति सक्दाे छिटाे  गर्ने बताए ।   नेपाली कांग्रेस नेतृत्वको ...
राष्ट्रपतिको कर्तव्य र जिम्मेवारी प्रष्ट पार्नुपर्छ : माधव नेपाल
राजनीति, समाचार

राष्ट्रपतिको कर्तव्य र जिम्मेवारी प्रष्ट पार्नुपर्छ : माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ८ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता रहेको बताए । उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताए । ‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता छ । राष्ट्रिय हितको प्रवद्र्धन गर्ने कुरा, देशभक्तिको रक्षा गर्नेकुरा, राष्ट्रिय स्वाभिमानको रक्षा गर्नेकुरा, राष्ट्रिय हीतको प्रवर्द्धन गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ’ उनले भने, ‘संव...
देउवाले भने– रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गर्‍यौं
राजनीति, समाचार

देउवाले भने– रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गर्‍यौं

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफू माथि लागेको आरोप हटेको बताएका छन् । आठ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा बोल्ने क्रममा देउवाले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको बताए । ‘रामचन्द्रजीलाई मैले कुनै भूमिका भन्ने लाग्दै आएको थियो होला, राष्ट्रपति बनाउँदैछौं’, विगतको स्मरण गर्दै देउवाले भने, ‘लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुख पाएको व्यक्ति हो । धेरै पहिले देखिको मेरो साथी हो ।’ सभापति देउवाले संविधान पालना गरेर यसप्रतिको आस्था जगाउने काममा भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । देउवाले कार्यक्रममा बोलेको विषय उधृत गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले भने, ‘प्रचण्डजीले उहाँको क्षेत्रमा गएर प्रधानमन्त्री बनाउने भन्नुभएको थिएँ । त्यो भन्दा...
ओलीले संसद् विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँ : प्रधानमन्त्री
राजनीति, समाचार

ओलीले संसद् विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताएका छन् । बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताएका हुन्। सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘अघिल्लोपटक संविधानविपरित संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद् पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, बिचमा हामी अलिकति अलमल...
सुवास नेम्वाङ भोट माग्दै एकीकृत समाजवादीको कार्यालयमा
राजनीति, समाचार

सुवास नेम्वाङ भोट माग्दै एकीकृत समाजवादीको कार्यालयमा

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरूले एकीकृत समाजवादीका नेताहरूसँग राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मत मागेका छन् । बिहीबार नेम्वाङलाई मत माग्न एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका थिए । त्यस क्रममा एमाले नेताहरुले अध्यक्ष माधवकुमार नेपालसहित सो पार्टीका पदाधिकारीहरूसँग लामो कुराकानी गरेका छन् । आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको दुई पार्टीका नेताहरूको भेटमा एमाले नेताहरूले मत माग्नुका साथै पार्टी एकताको प्रस्ताव गरेका थिए । भेटवार्तापछि एमाले उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङले राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल चलाउने पार्टी निर्णय अनुसार एकीकृत समाजवादीका नेताहरूसँग पहिलो भेटवार्ता गरेको बताए । त्यस क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सबै पदाधिकारी...
राष्ट्रपति चुनावका लागि प्रदेशमा खटिए कांग्रेसका पदाधिकारी
राजनीति, समाचार

राष्ट्रपति चुनावका लागि प्रदेशमा खटिए कांग्रेसका पदाधिकारी

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति चुनावको प्रचारप्रसार र प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्न नेपाली कांग्रेसले पदाधिकारीहरूलाई प्रदेशमा खटाएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो। कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति चुनावमा खट्न जिम्मेवारी दिएको छ। कांग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्...