Thursday, July 23

राजनीति

जसपाका केन्द्रीय सदस्य जनमत पार्टीमा प्रवेश
राजनीति, समाचार

जसपाका केन्द्रीय सदस्य जनमत पार्टीमा प्रवेश

नेपालअखबार, बाँके । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य राजेश वर्मा विधिवत रुपमा जनमत पार्टीमा प्रवेश गरेका छन् । नेपालगंजस्थित सुनाखरी पाटी प्यालेसमा आयोजिक एक कार्यक्रममा जनमतका वरिष्ठ उपाध्यक्ष एवं खानेपानीमन्त्री अब्दुल खानले पार्टीमा स्वागत गरेका हुन् । जनमत पार्टीको जिल्ला ईन्चार्ज पहलाद यादवको अध्यक्षता सम्पन्न कार्यक्रमको मुख्य अतिथि मन्त्री अब्दुल खान रहेका थिए । सभालाई सम्बोधन गर्दै मन्त्री खानले खानेपानी लगायत यावत समस्या मधेश÷तराईमा रहेकोले अब क्रमिकरुपमा समाधान हुने बताएका छन् । खानेपानी मौलिक हक भएकोले कुनैपनि नागरिकले यो अधिकारबाट बंचित हुन नदिन हरसम्भव पहल गरिने, महिलाहरुलाई उद्यमी बनाउन अन्तर मन्त्रालयसँग पनि पहल गरिने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा केन्द्रीय सचिव राधा कुमारी यादव, विष्णुप्रसाद यादव, हरपाल सिंह लगायतको उपस्थिति थियो ।...
नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्दछ : प्रधानमन्त्री
राजनीति, समाचार

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्दछ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन् । आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को सदस्य राष्ट्र रहेको छ ।  ...
राष्ट्रपति निर्वाचनमा पौडेललाई मत दिने एकीकृत समाजवादीको निर्णय
राजनीति, समाचार

राष्ट्रपति निर्वाचनमा पौडेललाई मत दिने एकीकृत समाजवादीको निर्णय

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले ८ दलका साझा उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । १३ फागुनमा पौडेलले उम्मेदवारी दर्ता गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयंम प्रस्तावक बसेका थिए ।...
स्ववियु निर्वाचन: देशभरका क्याम्पसमा निर्वाचन समिति गठन
प्रशासन, राजनीति, समाचार

स्ववियु निर्वाचन: देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ। आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन गरेको जानकारी दिए। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको उनले बताए। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था रहेको छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अ...
आज प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची छ त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।...
राष्ट्रिय नीतिमा बालबालिका मस्यौदा सम्वन्धी सुझाव सङ्कलन
राजनीति, समाचार

राष्ट्रिय नीतिमा बालबालिका मस्यौदा सम्वन्धी सुझाव सङ्कलन

नेपालअखबार, काठमाडौँ। बालबालिका सम्वन्धी राष्ट्रिय नीतिको मस्यौदा सम्वन्धी सुझाव सङ्कलनको उद्देश्यले सरोकारवाला पक्षबीच छलफलको आयोजना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले हाल छलफलको क्रममा रहेको बालबालिका सम्वन्धी राष्ट्रिय नीतिको मस्यौदामाथि बालबालिकाको क्षेत्रमा काम गरिरहेको विविध संस्था, व्यक्तित्वको सुझावपछि मस्यौदा संसदमा छलफलका लागि पेश गरिने बताउनुभयो । उहाँले यस अघि बालबालिकाको सर्वाङ्गिण विकासका लागि बनेको बालबालिका ऐन–२०७५, बालबालिका सम्वन्धी नियमावली–२०७८ को कार्यान्वयनको लागि समेत सहयोग पुग्ने गरी हाल छलफलको क्रममा रहेको बालबालिका सम्वन्धी राष्ट्रिय नीतिमा आफ्नो विज्ञताको आधारमा सुझाव दिन बालबालिका सम्वन्धी काम गरिरहेका संस्थाहरूको प्रतिनिधीसँग आग्रह गर्नुभयो । शान्तिक्षेत्र राष्ट्रिय अभियान –(सिजप) द्वारा मङ्गलवार राजधानीमा आयोजि...
बाकें र बर्दियामा खानेपानी परिक्षण गर्न जनता माझ मन्त्री खान
राजनीति, समाचार

बाकें र बर्दियामा खानेपानी परिक्षण गर्न जनता माझ मन्त्री खान

नेपालअखबार, बाकें । खानेपानि मन्त्री अब्दुल खान बाकें र बर्दियामा खानेपानी परिक्षण गर्न   जनता माझ पुगेका छन् ।   मन्त्री खानले    बाकें र बर्दिया जिल्लाको विभिन्न स्थानहरुमा खानेपानीको गुणस्तर जाचंबुझ गर्न  आफ्नाे नेतृत्वमा कर्मचारी सहित गाउ टाेल सम्म पुगेकाछन् । मन्त्री खानले  निरन्तर रुपमा  खानेपानी परिक्षण स्थानीय तहमा गरिने बताएका छन्  । जनताले  शुद्ध खानेपानी पाउनु नै पर्छ यसकाे कुनै विकल्प  छैन  मन्त्री खानले बताए ।  मन्त्री खान आफै बर्दिया जिल्लाकाे विभिन्न स्थानहरुमा खानेपानी परिक्षण सेवा सहित मन्त्री  सेवा पर्वाहमा जुटेका थिए ।...
सरकारी निकायका वेबसाइटबीच एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरू
राजनीति, समाचार

सरकारी निकायका वेबसाइटबीच एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरू

नेपालअखबार, काठमाडाैं । सरकारी निकायको वेबसाइटहरुबीच एकरूपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली विकास गरिएको छ। मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ गरेकी हुन्। यस प्रणाली अन्तर्गत सूचना तथा प्रशारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेवसाइट सञ्चालनमा आउने भएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइट हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरु पाउन सकिने अवस्था आएको बताइन्। उनले यसबाट धेरै खर्च कटौती हुने तथा साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने बताइन्। ‘हाम्रा सबै सरकारी वेवसाइट हेर्दाखेरी विभिन्न थ...
आउँदो वर्षदेखि खेलकुदमा बजेट बढाउँछु : प्रधानमन्त्री
राजनीति, समाचार

आउँदो वर्षदेखि खेलकुदमा बजेट बढाउँछु : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने आश्वासन दिएका छन् । मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने बताएका हुन् । ‘यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने । प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए । उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सबै प्रदेश र पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्ने सरकारको योजना रहेको सुनाए । च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच ...
प्रधानमन्त्री प्रचण्डको जिम्मामा १६ मन्त्रालय
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डको जिम्मामा १६ मन्त्रालय

नेपालअखार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सोमबार एमालेका मन्त्री फिर्ता भएपछि उनीहरुले सम्हालेका ८ वटा मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोकेकी हुन् । एमालेले अर्थ, कृषि तथा पुशपंक्षी,उद्योग बाणिज्य तथा आपुर्ति, भूमि व्यवस्था तथा सहकारी, परराष्ट्र, स्वास्थ्य, महिला बालबालिका र रक्षा मन्त्रालय पाएको थियो । यसअघि राप्रपा र राप्रपा समेत सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डसँग अहिले १६ मन्त्रालय छन् ।...