अधिकार, जनजीविका र सुकुमबासी मुद्दामा जिम्मेवार बन्न सरकारलाई महरको आग्रह
नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले अधिकार संरक्षण, जनजीविका सुधार र सुकुमबासी समस्याप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। लोकतन्त्र दिवस २०६३ वैशाख ११ को सम्झनामा स्कुल अफ डेमोक्रेसीद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा महरले २०६३ को ऐतिहासिक जनआन्दोलनलाई स्मरण गर्दै भने, ‘जनताको नैतिक बलले निरंकुशतालाई झुकाएको दिन हो आज। लोकतन्त्र केवल उपलब्धि होइन, निरन्तर जिम्मेवारी हो।’
उनका अनुसार लोकतान्त्रिक व्यवस्थाले संस्थागत उपलब्धि हासिल गरे पनि जनअपेक्षा अझै पूर्ण रूपमा सम्बोधन हुन सकेको छैन। जनविश्वास कमजोर हुँदा राजनीतिक सन्तुलनमा परिवर्तन आउने संकेतलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए।
महरले राज्य संरचनामा देखिँदै गएको केन्द्रीकरण र अधिकार सङ्कुचनप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रको मूल मर्म विकेन्द्रीकरण, सहभागिता र उत्तरदायित्व भएको स्पष्ट पारे। सुकुम...










