Tuesday, April 28

राजनीति

एमसिसी बारे निर्णय नभइ सकियाे नेकपा सचिवालय बैठक
राजनीति, समाचार, हाइलाइट-समाचार

एमसिसी बारे निर्णय नभइ सकियाे नेकपा सचिवालय बैठक

काठमाडौं- शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडी बढ्ने निर्णय गरेको हो। नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसिसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताए। शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रुपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडी बढ्ने विषयमा पनि छलफल भएको उनले बताए। संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ। अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेश गरेका थिए।...
विवादमा परेर  दाेस्राे जनआन्दाेलनपछि काे कसले गुमाए पद ? (लिष्ट सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

विवादमा परेर दाेस्राे जनआन्दाेलनपछि काे कसले गुमाए पद ? (लिष्ट सहित)

काठमाडौं – २०६२/६३ को जनआन्दोलनपछि विभिन्न विवादमा परी पद गुमाउने मन्त्रीमा गोकुलप्रसाद बाँस्कोटा नवौं हुन्। पछिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि आफ्नै अभिव्यक्तिका कारण पद गुमाउने उनी दोस्रा मन्त्री हुन् । २०७४ फागुनमा केपी शर्मा ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछि कानुन मन्त्रालयको जिम्मेवारी पाएका शेरबहादुर तामाङले यसअघि पदबाट राजीनामा गरेका थिए। २०७४ को चैत २ गते मन्त्रीको जिम्मेवारी सम्हालेका उनले २०७५ को साउन ४ मा बंगलादेशमा पढ्ने छात्राबारे दिएको अभिव्यक्ति विवादमा आएपछि ६ गते पदबाट राजीनामा दिएका थिए। शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता दिलनाथ गिरी प्रधानमन्त्रीसँग विवाद गरेपछि २०७४ पुस १७ गते सहरी विकासमन्त्रीको जिम्मेवारीबाट मुक्त भए। सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्रीको जिम्मेवारी पा...
एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड
प्रदेश ३, राजनीति, समाचार, हाइलाइट-समाचार

एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड

चितवन – नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गराउने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको खुलाशा गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने समेत बताएका छन् । शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै उनले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने जानकारी दिए ।...
७० करोड कमिसनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यसरी गरे सेटीङ (अडियो सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

७० करोड कमिसनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यसरी गरे सेटीङ (अडियो सहित)

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियाे बाहिरिएकाे छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो बाहिरिएकाे हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ। ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए।  उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप ए...
गगन थापाले संसदमा सुनाए ‘स्वस्थानी कथा’ (भिडि‌ओ सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

गगन थापाले संसदमा सुनाए ‘स्वस्थानी कथा’ (भिडि‌ओ सहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि ब्यंग्य गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा ब्यंग्य गरे । थापाले भने ‘चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, थाहा पाए होइन होइन भन्नु र चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए चोरीको सामान फिर्ता गर्नू ।’ गगन थापाले संसदमा सुनाएकाे ‘स्वस्थानी कथा’ यस्ताे छ । कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि, अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू । त्यसमा पनि लोकले...
बिप्लब समूहमा लागेको आशंकामा पक्राउ परेका रिजाल र पन्त छुटे
प्रदेश ४, राजनीति, समाचार, समाज

बिप्लब समूहमा लागेको आशंकामा पक्राउ परेका रिजाल र पन्त छुटे

गाेरखा । प्रहरी नियन्त्रणमा रहेका दुई व्यक्ति छुटेका छन् । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लब समूहमा लागेको आशंकामा पक्राउ परेका गण्डकी गाउँपालिका–७ निवासी उक्त समूहका पूर्व जिल्ला कमिटी सदस्य विष्णुप्रसाद रिजाल र शहिद लखन गाउँपालिका ४ का रोहितप्रसाद पन्तलाई प्रहरीले सोमबार रिहाई गरेको हो । माघ १० गते बिरेनचोकबाट पक्राउ परेका उनीहरुले उक्त समूहका कुनै पनि गतिविधिमा संग्लन नरहने प्रतिवद्धता जनाएपछि जिल्ला प्रशासन कार्यालयले तारेकमा छोड्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । उनीहरुले आम नागरिक सरह स्वतन्त्र एवं तटस्थ जीवनयापन गर्ने लिखित प्रतिवद्धता गरेका छन् ।...
‘प्रकाण्ड’ का छोरा नरेन्द्र पक्राउ
प्रदेश ३, राजनीति, समाचार

‘प्रकाण्ड’ का छोरा नरेन्द्र पक्राउ

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा सोमबार नयाँ वानेश्वरबाट पक्राउ परेका छन्। चन्दा असुली, आतंक, नाराजुलुसजस्ता अराजक क्रियाकलापमा संलग्न पाइएको भन्दै महानगरीय अपराध महाशाखा टेकुको टोलीले हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो। उनीसँगै सोही पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विक पनि पक्राउ परेका छन्। उनीहरू अहिले महाशाखाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुवै जनामाथि केही दिन अनुसन्धान गरिने महाशाखाका प्रवक्ता मुकेश सिंहले जानकारी दिए।...
के भनेका छन् महराले विज्ञप्तीमा ? हेर्नुस्
राजनीति, समाचार, हाइलाइट-समाचार

के भनेका छन् महराले विज्ञप्तीमा ? हेर्नुस्

काठमाडौं- बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट रिहाइ भएका पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकता रहेको बताएका छन् । सोमबार डिल्लीबजार कारागारबाट रिहाइ भएपछि उनले विज्ञप्ति जारी गर्दै आफूलाई सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’ उनले  यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति समेत हार्दिक आभार प्रकट गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने म...
महराले पाए अदालतबाट सफाइ, फुलमाला सहित कारागारबाट बिदाइ
राजनीति, समाचार, हाइलाइट-समाचार

महराले पाए अदालतबाट सफाइ, फुलमाला सहित कारागारबाट बिदाइ

काठमाडौं । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका छन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् । काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख महरालाई सफाइ दिएको हो। जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । महरामाथि संसद सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाागेको थियो। महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराल, अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।...
शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्दै, आजै शपथ
राजनीति, समाचार, हाइलाइट-समाचार

शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्दै, आजै शपथ

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।