Monday, August 10

राजनीति

निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचन सम्बन्धी अध्यादेश ल्याउन लागेको जानकारी दिएकी छन् । उनले सोमबार नागरिक समाजका नेताहरू छलफल गरेकी छन् । जसलाई सम्बोधन गर्दै उनले युवाहरूको असन्तुष्टि सम्बोधन गर्ने गरी अध्यादेश ल्याउन लागिएको जानकारी दिएकी हुन् ।उनले भनेकी छन्, ‘उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौं। यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ।’ जेनजी आन्दोलन गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो भन्नेमा आफूहरू प्रष्ट रहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् ।‘जेनजी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषय मात्र मानेका छैनौं । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्...
तत्काललाई मुलुकले निर्वाचनबाटै निकास पाउँछ : प्रेम सुवाल
राजनीति, समाचार

तत्काललाई मुलुकले निर्वाचनबाटै निकास पाउँछ : प्रेम सुवाल

नेपालअखबार,काठमाडौं । नेपाल मजदुर किसान पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सो पार्टीका प्रेम सुवालगायतका नेताहरुले दल दर्ताका लागि निवेदन पेश गरेका हुन् । त्यसक्रममा नेता सुवालले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आफूले पनि निर्वाचन आयोगमा निवेदन दिएको बताए । उनले तत्कालका लागि मुलुकलाई निकास दिन निर्वाचनमा जानुको विकल्प नभएको समेत बताए । तत्काललाई निर्वाचनमार्फत नै मुलुकलाई निकास दिन उपयुक्त हुने नेता सुवालको निष्कर्ष थियो । ‘निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको हुनाले त्यसका लागि हामी हामी आएका हौ । यो प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनको प्रयोजनको लागि हो । अहिले तत्काललाई निर्वाचनबाटै निकास आउँछ । जनताको अभिमत लिएर ...
कानुनमन्त्री सिन्हाकै अगाडि सांसदहरूले दिए विद्रोहको चेतावनी
राजनीति, समाचार

कानुनमन्त्री सिन्हाकै अगाडि सांसदहरूले दिए विद्रोहको चेतावनी

नेपालअखबार, काठमाडौं । सांसदहरूले दलितको संवैधानिक अधिकार कार्यान्वयन हुन नसकेको भनेर असन्तुष्टि जनाएका छन । काम हुँदै गरेको प्रतिबद्धता जनाउने प्रवृत्तिले निरन्तरता पाए अर्को विद्रोह हुने उनीहरूको चेतावनी छ । कानुन र न्याय क्षेत्रको मन्त्री हुँदा समेत संवैधानिक मौलिक हक कार्यान्वयन नभए कहिल्यै हुन नसक्ने भएकोले अर्को विद्रोह जन्माउन सक्ने सांसद घनश्याम रिजालले बताए । ‘मन्त्रीज्यू अर्को विद्रोह नजन्मिदै यो काम (दलित एन बनाऔं),’ रिजालले भने । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल लगायत उपस्थित रहेका छन् । नेपालको संविधान धारा ४० मा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था छ । यो संवैधानिक हक कार्यान्वयन हुन सकेको छैन । यही विषयमा संसदीय समिति (राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति) को ...
प्रदेशहरूमा सन्देश सभा गर्दै नेपाली कम्युनिस्ट पार्टी- कहाँ, कहिले?
राजनीति, समाचार

प्रदेशहरूमा सन्देश सभा गर्दै नेपाली कम्युनिस्ट पार्टी- कहाँ, कहिले?

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रदेशहरूमा सन्देश सभा गर्ने भएको छ। ११ वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाल छन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १२ गते सन्देश सभा हुनेछ भने लुम्बिनीको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते, कोशीको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौंडामा मंसिर २३ गते सभा हुनेछ। मंसिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।    ...
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नबस्ने
राजनीति, समाचार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नबस्ने

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज नबस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको बैठक स्थगित गरी अब मङ्सिर ४ गते बिहीबार बस्नेगरी तय भएको जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए । कांग्रेसभित्र महाधिवेशनलगायतका विषयमा सहमति नजुटेकाले बैठक प्रभावित भएको हो ।...
थाइल्याण्ड र म्यानमारमा बन्धक बनेका नेपालीको उद्धार
राजनीति, विदेश, समाचार

थाइल्याण्ड र म्यानमारमा बन्धक बनेका नेपालीको उद्धार

नेपालअखबार,काठमाडौँ । गैरकानुनी ढंगले थाइल्याण्ड, म्यानमारलगायत देशमा पुगेर अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई सरकारले फर्काउन थालेको छ । नेपालीहरुलाई गैरकानुनी ढंगबाट कम्बोडिया लाओस, म्यानमार, थाइल्याण्ड लगायत मुलुकमा पुर्‍याउने र बन्धक बनाएर अनलाइन जुवा र स्क्यामका काममा लगाउने गरेको पाइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले २०० जना नेपालीलाई उद्धार गरेको छ । त्यसमध्ये १५० जनालाई थाइल्याण्ड र अरुलाई म्यानमारबाट उद्धार गरिएको हो । १५० जनालाई नेपाल फर्काइसकिएको छ । थाइल्याण्ड र म्यानमारबाट उद्धार गरिएका ३९ जना नेपालीलाई सरकारले मंसिर ३ गते नेपाल एयरलाइन्सबाट फर्काउने तयारी गरेको छ । पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको देखिन...
२०० बढी हमास लडाकू फसे गजाको भूमिगत सुरूङमा
राजनीति, विश्व, समाचार

२०० बढी हमास लडाकू फसे गजाको भूमिगत सुरूङमा

नेपालअखबार,काठमाडौं । गजामा इसराइली सेनाले नियन्त्रण कायम राखेको भूमिगत सूरूङमा एक महिनाभन्दा लामो समयदेखि हमासका लडाकू फसेको खुलेको छ। युद्धविराम भएयता पहेँलो नियन्त्रण रेखा कायम गरी  पूर्वमा इसराइली सेना र पश्चिममा हमासले आफ्नो नियन्त्रण कायम राखेका छन्। दुवै सेना एक अर्काको क्षेत्रमा प्रवेश गर्न पाउँदैनन्। इसराइली सेनाले नियन्त्रण कायम राखेको पूर्वी भूभागको भूमिगत सुरूङमा २०० भन्दा बढी हमास लडाकू फसेको खुलेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। हमासको केन्द्रीय कमाण्डबाट सम्पर्कविच्छेद भएका यो समूह युद्धविराम सुरू हुनुपूर्व नै त्यस क्षेत्रमा आफ्नो गतिविधि चलाइरहेका थिए। सुरूङबाहिर निस्किएको खण्डमा इसराइली सेनाबाट मारिन सक्ने खतरा छ। इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नै यी लडाकुहरूलाई सुरुङबाट निस्केर हमास-नियन्त्रित क्षेत्रमा जान दिने मनशाय नरहेको स्पष्...
प्रदीप ज्ञवाली भने एमाले लयमा फर्कियो
राजनीति, समाचार

प्रदीप ज्ञवाली भने एमाले लयमा फर्कियो

नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको सङ्गठनात्मक पङ्क्ति लयमा फर्किएको बताएका छन् । काठमाडौँमा आइतबार जनसङ्गठन समन्वय संयन्त्रको आयोजनामा भएको पार्टीको बागमती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसङ्गठन, सम्पर्क समन्वय कमिटीसहितको विशेष बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले अन्य राजनीतिक दलहरू अलमल र दिशाविहीन अवस्थामा फसेको बेला एमाले मात्र जनताको बीचमा पुगेर वास्तविक जनभावना सुन्न सफल भएको बताए । ज्ञवालीले जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्लास्तरका जनप्रदर्शन र सभामार्फत एमालेको निरन्तर जनसमर्थन मजबुत बन्दै गएको बताए । जनस्तरमा एमालेप्रति देखिएको उत्साहले पार्टी सङ्गठन थप ऊर्जावान बनेको उनले बताए । बैठकमा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, सम्पर्क समन्वय कमिटी इञ...
सातै प्रदेशमा सन्देश सभा नेपाली कम्युनिस्ट पार्टीले आयोजना गर्ने
राजनीति, समाचार

सातै प्रदेशमा सन्देश सभा नेपाली कम्युनिस्ट पार्टीले आयोजना गर्ने

नेपालअखबार,काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ । पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना भएको हो । पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको बताए । यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको उनले बताए । भोलि (सोमबार) बेलुकीसम्ममा कहाँ कहिले सभा गर्ने भन्नेबारे निर्णय लिइने उनले बताए । ‘सातै प्रदेशमा सन्देश सभा गर्नका लागि हामी सबै पार्टीका नेताहरू समेत बसेर छलफल भएको छ । कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने केही सुझाव आएका छन्,’ उनले भने, ‘९ गतेदेखि २०/२१ गतेसम्म प्रदेश, महत्त्वपूर्ण स्थान, जिल्लामा सन्देश सभाहरू गर्छौं । आज त्यही विषयमा छलफल भएको हो ।’ त्यस्तै, अर्का नेपा ब...
पाकिस्तानी राष्ट्रपतिद्वारा संविधान संशोधन स्वीकृत
राजनीति, विदेश, समाचार

पाकिस्तानी राष्ट्रपतिद्वारा संविधान संशोधन स्वीकृत

नेपालअखबार,काठमाडौँ । पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले २७ औँ संवैधानिक संशोधनलाई स्वीकृति दिएका छन् । जसले गर्दा विधेयकलाई औपचारिक रूपमा कानुनमा परिणत गरिएको हो । संसद्को वेबसाइटमा रहेको संवैधानिक मस्यौदाअनुसार संशोधनले न्यायपालिका र प्रमुख संवैधानिक कार्यालयहरू सम्बन्धी संविधानमा परिणामात्मक परिवर्तनहरूको शृङ्खला बनाएको छ । जसमा सङ्घीय संवैधानिक अदालतको स्थापना पनि समावेश छ । संशोधनले न्यायिक वरिष्ठतालाई पनि परिभाषित गरेको छ । संवैधानिक खारेजी रोक्न, शपथ ग्रहण संरचना र संस्थागत निरन्तरता जोगाउन र संवैधानिक र सामान्य पुनरावेदन क्षेत्राधिकारको पृथकीकरणलाई बलियो बनाउन धारा ६ लाई बलियो बनाएको छ । देशको संसद्को माथिल्लो र तल्लो सदन, सिनेट र राष्ट्रिय सभाले क्रमशः यस हप्ताको सुरुमा दुई तिहाइ बहुमतले संशोधन विधेयक पारित गरेको छ । संविधानको धारा २४३ मा गरिएका संशोधनहरूले पाकिस्तान...