Monday, August 24

विचार

जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन स्वीकार्य नहुने :अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन स्वीकार्य नहुने :अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । काठमाडौँमा शुक्रबार भएको सन्देश सभालाई सम्बोधन गर्दै राष्ट्रियता र लोकतन्त्रको पक्षमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको भन्दै कसैले आफूलाई बेवास्ता गरेमा त्यो स्वीकार्य नहुने बताए । ‘अहिले संविधान संशोधनको चर्चा चलेका छन् । संविधान संशोधन गर्न नसकिने होइन । तर मध्यरातमा दुई दललेमात्र त्यसमा सम्झौता गर्नुपर्ने आवश्यकता थिएन’, अध्यक्ष नेपालले भने, ‘यसबारेमा नियत र उद्देश्यमाथि प्रश्न खडा भएको छ ।’ उनले सबै कुरामा छलफल गर्न तयार रहेको भन्दै राम्रा कुरालाई समाप्त पार्नेगरी कुनै कुरा आए स्वीकार्य नहुने बताए । उनले संविधान संशोधन प्रस्ताव सजिलै पास हुनसक्ने अवस्था समेत नरहेको बताए । ‘राष्ट्रिय सभामा हामीलगायत ...
संविधानका विरुद्ध अनेक खाले शक्तिहरु दृश्य वा अदृश्य रुपमा लागिरहेका छन् : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

संविधानका विरुद्ध अनेक खाले शक्तिहरु दृश्य वा अदृश्य रुपमा लागिरहेका छन् : अध्यक्ष नेपाल

नेपालअखबार,  काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष एवम्   पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप आज हामी दशौं संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को शुभकामना  दिनु भएकाे छ  । पूर्व प्रधानमन्त्री  नेपालले  सबैभन्दा पहिले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे छ ।  संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पुर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएकाे छ। प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण...
ठूला पार्टीले जनता झुक्याउने नीति अंगाले : पूर्वप्रधानमन्त्री खनाल
राजनीति, विचार, समाचार

ठूला पार्टीले जनता झुक्याउने नीति अंगाले : पूर्वप्रधानमन्त्री खनाल

नेपालअखबार,  काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्न पनि उनले आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा आज एक सन्देश सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले वर्तमान संविधान जारी भएपछिका यी ९ वर्षमा ८ वटै नीति तथा कार्यक्रम, ९ वटै वार्षिक बजेट र दुई वटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकांक्षा सम्बोधन नभएको उललेख गरेका छन् । यसो हुनुको दोष उनले ठूला पार्टीहरुलाई लगाएका छन् । पूर्वप्रधानमन्त्री खनालले सन्देशमा लेखेका छन्,  ‘आज देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यो ठूला पार्टीहरूका नेतृत्वमा रहेको दिशाहीनता, लक्ष्यहीनता, अकर्मण्यता, आत्मकेन्द्रित स्वार्थीपन, भ्रष्ट आचरण, सत्तालोलुप्ता, दम्भ, घमण्ड र सर्वोपरि रुपमा सिद्धान्तहीनता, नैतिकहीन...
नेपाली कांग्रेसका सभापति देउवाले भने संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज नहुने
राजनीति, विचार, समाचार

नेपाली कांग्रेसका सभापति देउवाले भने संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज नहुने

नेपालअखबार, काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज नहुने स्पष्ट पारेका छन् । उनले प्रदेश संरचना बनिसकेकाले हटाउन नसकिने बताए । मंगलबार पार्टी कार्यालय सानेपामा पार्टीको कानुन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले प्रदेश खारेजी भन्दा पनि मजबुत र जबाफदेही बनाउने बताए । ‘प्रदेश सरकार संरचना बनिसकेको छ । हट्ने कुरा छैन र यसलाई हटाउन सकिन्न । यसलाई कसरी अझ उत्तरदायी बनाउने‚ अझ बढी जबाफदेही बनाउनेदेखि लिएर सारा कुरामा सुधार गर्न सकिन्छ‚’ उनले भने‚‘सधैँ कति समानुपातिकबाट ल्याउने समस्या छ । कतिपय समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता र आवश्यकता छ ।’ उनले धेरै समुदायले चुनाव जित्न गाह्रो भएको भन्दै नेपालमा समावेशी राजनीति आवश्यक भएको बताए । उनले समावेशिताको खिलाफमा समाज नभएको भन्दै स...
माग सम्बोधन गर्नुको साटो सरकारले उल्टै तर्साउन खोज्यो : साह
राजनीति, विचार, समाचार

माग सम्बोधन गर्नुको साटो सरकारले उल्टै तर्साउन खोज्यो : साह

नेपालअखबार,काठमाडौँ ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक गतिविधिमा लागेको आरोप लगाएका छन् । आजपा अध्यक्ष साहले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै प्रधानमन्त्री ओलीको मधेस विरोधी साम्प्रदायिक गतिविधिको विरोध गरेका हुन् । सरकार आफैले बनाएको विद्यार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी विद्यार्थीको भविष्य बरबाद गरिरहेको आरोप साहको रहेको छ । ओली सरकारको साम्प्रदायिक हर्कत भन्दै साहले अगाडि लेखेका छन्, ‘पहाडी जिल्लाहरूमा १८ विद्यार्थीमा १ शिक्षकको दरले शिक्षक दरबन्दी वितरण गरेको ओली सरकारले मधेसमा १०० विद्यार्थीको अनुपातमा १ शिक्षकको ब्यवस्था गरेको छ । जसको कारण आज मधेसमा शिक्षक दरबन्दीको अभावमा एउटा कक्षा कोठामा १०० देखि ३०० सम्म विद्यार्थी कोचेर पठनपाठन गर्न बाध्य छन् ।’ विद्यार्थी अनुपातमा शिक्षक...
जनताका आँखामा आँसु बहेको हामी देख्न सक्दैनौँ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

जनताका आँखामा आँसु बहेको हामी देख्न सक्दैनौँ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरूको समस्या भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले सर्वोच्चको सो फैसलाले आम नागरिकहरूमा ठुलो असर परेको भन्दै नागरिकको पिरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए । उनले जनताका आँखामा आँसु बहेको आफूहरूले देख्न नसक्ने बताए । उनले आफूहरूले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताए । अध्यक्ष नेपालले कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा ठुलाठुला निर्णयहरू गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरूको खुट्टा काँप्न था...
एकीकृत सरकारी कर्मचारी संगठन परित्याग गरेको सचिव तामाङका घोषणा
राजनीति, विचार, समाचार

एकीकृत सरकारी कर्मचारी संगठन परित्याग गरेको सचिव तामाङका घोषणा

नेपालअखबार,काठमाडौँ। एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका केन्द्रीय सचिव प्रतीक तामाङले उक्त पद परित्याग  गरेका छन् । संगठनको प्रथम अधिवेशनमा भएको सहमति र  विधान विपरीत संगठनले गरेका गतिविधिहरूको विरोध गर्दै एकीकृत सरकारी कर्मचारी संगठन परित्याग गरेको केन्द्रीय सचिव  तामाङले घोषणा गर्नुभएको हाे । प्रतीक तामाङले २०५२ साल देखि  संगठनको सदस्यता लिएका थिए ।  तामाङले  संगठनको सञ्चार विभागीय सचिव र अध्यक्ष हुदै  केन्द्रीय सदस्य बन्नु भएकाे थियाे ।   पछिल्लो समय गठन भएको एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको पहिलो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय केन्द्रीय सचिवमा निर्वाचित भएका थिए ।  कार्यालय व्यवस्थापन विभागको जिम्मेवारी लिएर सचिवको रुपमा  कार्यरत रहँदै आएका छन् । पूर्व अध्यक्ष मोहनकुमार घिमिरे,गगन विष्ट लगायतले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि । यस अघि नै शरण गुरुङहरुको समूहले ...
नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता र शिष्टता बिर्सिए :प्रधानमन्त्री ओली
राजनीति, विचार, समाचार

नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता र शिष्टता बिर्सिए :प्रधानमन्त्री ओली

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन् । सोमबार काठमाडौँको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता र शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताए । उनले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताए । उनले नेपालीपन र नेपाली संस्कृतिलाई बढवा दिन युवाहरूलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपाल मेलमिलाप, शान्तिपूर्ण देश भएको बताए । उनले नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै नेपाली समाज जति बिथोल्न खोजेपनि र जति भाँड्न खोजेपनि नभाँडिने जिकिर गरे । उनले नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्ने बताए । उनले भने, ‘गौरा पर्व हामी हर्षोल्लासपूर्वक मनाइरहेका छौँ । यस्ता...
पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने बताएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताएका हुन् । ‘जे पायो त्यही बोलेर पार्टीमा बसिरहने स्थिति बन्द गरौं’, उनले भने, ‘पहिलो चोटी चेतावनी दिउँ, दोस्रो पटक अन्तिम चेतावनी दिऊँ ।’ त्यसपछि पनि व्यवहारमा सुधार नआए पार्टीबाट निष्कासन गर्नुपर्ने उनले बताए । ‘यहाँ सारा वातावरण बिगार्छ भने त्यस्ता व्यक्तिलाई विदा गरौं’, उनले भने, ‘घर फोडुवाहरुले घर बलियो बनाउन सक्दैनन् ।’ पार्टीमा अराजक गतिविधि गर्नेहरुसँग उठबस नगर्न उनले अरु नेताहरुलाई समेत चेतावनी दिए । ‘त्यस्ता व्यक्तिहरुसँग बसेको देख्यो भने पनि ठीक हुने छैन’, अध्यक्ष नेपालले चेतावनी दिए ।...
चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने भन्दै चेतावनी दिए : सांसद खान
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने भन्दै चेतावनी दिए : सांसद खान

नेपालअखबार, काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति निन्दा गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । खानले असार २८ मा त्रिशूली नदीमा खसेको दुई वटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाउँदा चीनले आपत्ति जनाएको भन्दै जनमत पार्टीले निन्दा व्यक्त गर्ने बताए । उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिए । उनले भने,‘एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदूतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुःखमा नुनचुक छर्ने निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ । यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप कुनैप...