नेकपा एसले कांग्रेससँग मिलेर समीकरण कमजोर बनाउन खोज्यो असन्तुष्टि पाेख्दै ओली
नेपालअखबार, काठमाडाैं। सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताघटक नेकपा (एकीकृत समाजवादी) को कदमप्रति असन्तुष्टि जनाएका छन्।
सुदूरपश्चिम प्रदेशमा आइतबार नेपाली कांग्रेससहित एकीकृत समाजवादीले समर्थन गर्दै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
त्यसतर्फ लक्षित गर्दै एमाले अध्यक्ष ओलीले सोमबार एकीकृत समाजवादीको दक्षिणपन्थी चरित्र नाङ्गो ढंगले प्रकट भएको टिप्पणी गरेका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बसेको संसदीय दल बैठकमा बोल्दै ओलीले एकीकृत समाजवादीले वर्तमान सत्ता समीकरणलाई कमजोर बनाउने गरी प्रस्तुत भएको टिप्पणी गरेका छन्।
‘अराजनीतिक प्रवृत्ति बहुतै हाबी भएको छ, हिजोमात्रै एस भन्ने पार्टी छ एउटा...। कांग्रेससँग नजिक भएर त्यसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरण कमजोर बनाउने, यस समीकरण...









