एमालेका सप्तरी सम्भुनाथ नगरपालिका पूर्वमेयर साह सहित ११३२ जना भन्दा बढी नेकपा एसमा प्रवेश
नेपालअखबार, सप्तरी । नेकपा एकीकृत समाजवादीले पार्टी सप्तरी सम्भुनाथ नगरपालिकामा पार्टी प्रवेश तथा विशाल कार्यकर्ता भेलामा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष माधव कुमार नेपालले एमालेका पूर्व मेयर राजकुमार साह सहिति विभिन्न पार्टीबाट ११३२ जनालाई पार्टी प्रवेश गरेका छन् । अध्यक्ष नेपालले नयाँ सदस्यलाई नेकपा एसमा स्वागत गर्दै नेपाली राजनीतिमा वर्तमान आवश्यकता भनेकाे नै समाजवाद हाे । याे समाजवादकाे यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आवहान गरेका छन् । एमाले पार्टी अब कम्युिनष्ट विचारकहरूकाे पार्टी हाेइन ? त्यहाँ विचार, नीति प्रधान छैन । यसकारण इमान्दार कार्यकताहरू एमाले छाड्दै नेकपा एकीकृत समाजवादीले पार्टीमा आउने क्रम जारी रहेकाे बताएका छ।
एमाले अब सुधरीने अवस्थामा छैन । पुरानाे घर भनेर माया गरेर के गर्ने घरमा नै आगाे लागि सकेकाे छ यसकारण तपाइ सबैले आहवान गर्छे अब क...










