बंगलादेशबाट भागेको ९ दिनमा हसिनाले पहिलो वक्तव्य जारी गरिन्
नेपालअखबार, काठमाडौँ । बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेको ९ दिनमा पहिलो वक्तव्य जारी गरेकी छन्।
साउन २१ गते प्रधानमन्त्रीबाट राजीनामा गरेर भारत निर्वासनमा गएकी हसिनाले गएराति पहिलो वक्तव्य जारी गरेकी हुन्।
हसिनाको वक्तव्य उनको छोरा साजिव वाजेदले फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
वक्तव्यमा उनले सन् १९७५ मा अगस्ट १५ भएको आफ्नो परिवारका सदस्यहरूको हत्या र जुलाई यताको प्रदर्शनको विषयमा उल्लेख गरेकी छन्।
उनले जुलाइदेखि बंगलादेशमा भएका हत्या,हिंसा र तोडफोडको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेकी छन्।
उनले विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा भएको आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छन्।
‘विद्यार्थी, शिक्षक, प्रहरी, गर्भवती महिला, पत्रकार, अभियान्ता, अवामी दलका नेता, विभिन्न संस्था र त्यससँग सम्बन्धित व्यक्तिहरू आतंककारी आक्रमणबाट...









