पाकिस्तान रेल दुर्घटना, मृतकको सङ्ख्या ३० पुग्यो
नेपालअखबार, इस्लामबाद । पाकिस्तानमा आइतबार भएको रेल दुर्घटनाले पुरै देश शोकमा डुबेको छ । हजारा एक्सप्रेसका करिब १० डब्बा पटरीबाट खसेर दुर्घटना हुँदा हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ८० भन्दा बढी घाइते भएका छन् ।
मिडिया रिपोर्टका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । जियो न्युजको रिपोर्ट अनुसार रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेस सहारा रेलवे स्टेसन नजिकै शहजादपुर र नवाबशाहको बीचमा आइतबार दुर्घटनामा परेको थियो। जसमा ८० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि सिन्धको नवाबशाहस्थित पिपुल्स मेडिकल अस्पतालमा लगिएको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । यस्तो अवस्थामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने जनाइएको छ ।
यस दुर्घटनालाई ध्यानमा राख्दै, पाकिस्तान रेलवे अधिकारीह...










