पाकिस्तानमा ९ अगस्टमा संसद् विघटन हुने
नेपालअखबमर, इस्लामवाद। पाकिस्तानको संसद् ९ अगस्टमा विघटन हुँदैछ । प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार यो घोषणा गरेका हुन् ।
सांसदहरूको सम्मानमा रात्रि भोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरूलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । मिडिया रिपोर्टका अनुसार शाहबाजले सांसदहरूबाट सुझाव मागेका थिए र कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक सेटअपको व्यवस्थाको बारेमा कुरा गरेका थिए।
अगस्ट ९ पाकिस्तानी राजनीतिको लागि महत्त्वपूर्ण हुने भएको छ, किनकि यस दिन प्रधानमन्त्री शेहबाजले संसद् भङ्ग गर्न राष्ट्रपतिलाई औपचारिक सुझाव पठाउने छन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र प्रस्तावमा हस्ताक्षर गर्नुपर्नेछ । कुनै कारणवश त्यसो नगरे संसद् स्वतः विघटन हुन्छ ।प्रधानमन्त्री शहबाज सरिफले विपक्षीसँग तीन दिनसम्म वार्ता गर्ने आश्वासन दिएका छन् । यो छलफल...










