Saturday, May 23

विदेश

चिनियाँ राष्ट्रको पुनर्जागरण रोकिने छैन : राष्ट्रपति सी
राजनीति, विदेश, समाचार

चिनियाँ राष्ट्रको पुनर्जागरण रोकिने छैन : राष्ट्रपति सी

नेपालअखबार, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रको पुनर्जागरण अब रोकिन नसक्ने दाबी गरेका छन्। चीनले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी फासीवादी युद्धमा विजय हासिल गरेको ८०औं वार्षिकोत्सवको अवसरमा बुधबार बेइजिङमा आयोजित एक भव्य कार्यक्रममार्फत सीले यो कुरा बताएका हुन्। सीले भने, ‘यो प्रतिरोध युद्ध कठिन भए पनि गौरवपूर्ण थियो। यसले आधुनिक समयमा विदेशी आक्रमणविरुद्ध चीनले पहिलो पटक पूर्ण विजय हासिल गरेको प्रतीक हो।’ उनका अनुसार जापानी आक्रमणविरुद्ध कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) ले अघि सारेको राष्ट्रिय एकता मोर्चाले विजय सम्भव बनाएको हो। यस क्रममा चिनियाँ जनताले मानव सभ्यता र विश्व शान्तिको रक्षाका लागि ठूलो बलिदान र योगदान गरेका थिए। राष्ट्रपति सीले भने, ‘आज पनि मानवजाति शान्ति वा युद्ध, संवाद वा टकराव, दुवै जित्ने वा शून्य–योग खेलको विकल्पबिच छ।’ उन...
सुडानमा पहिरोले पुरिएर कम्तीमा १००० जनाको मृत्यु
विदेश, समाचार, समाज

सुडानमा पहिरोले पुरिएर कम्तीमा १००० जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १,००० जनाको मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (आर्मी)ले जनाएको छ । बीबीसीका अनुसार, यो घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको हो। संगठनका अनुसार लगातार धेरै दिनसम्म परेको भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो गएको हो। यसमा तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको छ । ‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १,००० भन्दा बढी हुने अनुमान छ। केवल एक जना मात्र जीवित छन्,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेका छन्। मृतकमध्ये बालबालिका पनि रहेका छन्। सुडानमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धले देशलाई विश्वकै भीषणतम मान...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु
विदेश, समाचार, समाज

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

नेपालअखबार, काबुल । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो।८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बीबीसीलाई बताएका छन् । तालिबान सरकारका स्रोतहरूका अनुसार दर्जनौँ घरहरू भत्किएको र मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । दूरदराजका हिमाली क्षेत्रमा पुगेका पहिरो र बाढीका कारण धेरै ठाउँमा भौतिक पहुँच अवरुद्ध भएकाले तालिबान सरकारले मानवतावादी संस्थाहरुलाई उद्धारमा सहयोग गर्न आग्रह गरेको छ । केही क्षेत्रहरूमा केवल हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ । भूकम्पको धक्का राजधानी काबुलदेखि करिब ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबाद...
अमेरिकालाई शतप्रतिशत कर लगाउनुपर्छ : केजरीवाल
राजनीति, विदेश, समाचार

अमेरिकालाई शतप्रतिशत कर लगाउनुपर्छ : केजरीवाल

नेपालअखबार,काठमाडौं । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन्। उनले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि झुकेको आरोप पनि लगाएका छन्। केजरीवालले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘ट्रम्प एक कायर मानिस हुन्। जुन देश ट्रम्पविरुद्ध खडा भयो, त्यस देशको अगाडि ट्रम्पलाई झुक्नै पर्‍यो।‘ उनले थपे, ‘मोदीजीलाई के बाध्यता छ थाहा छैन तर उनी ट्रम्पको अगाडि पूर्ण रूपमा झुकेका छन्।‘ उनले बदलामा भारतले शतप्रतिशत कर लगाउनुपर्ने बताए । ‘यदि ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाएका छन् भने हामीले बदलामा १०० प्रतिशत ट्यारिफ लगाउनुपर्थ्यो। १४० करोड जनसंख्या कम होइन, हाम्रो बजार धेरै ठूलो छ।‘ केजरीवालले केही दिनअघि मोदीले ट्रम्पको दबाबमा कपासमा लाग्ने ११ प्रतिशत कर हटाइदिएको आरोप लगाए । ‘मोदीजीको यो निर्...
यूएईमा कार्यरत नेपाली विज्ञहरूको विवरण माग
प्रशासन, विदेश, समाचार

यूएईमा कार्यरत नेपाली विज्ञहरूको विवरण माग

नेपालअखबार,काठमाडौं । नेपाली राजदूतावास युएईले विज्ञहरूको विवरण माग गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत डाक्टर, इन्जिनियर, आईटी इन्जिनियर, पाइलट, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक, अनुसन्धानकर्ता, तथा विज्ञान/प्रविधि, नवप्रवर्तन, प्रबन्धन लगायतका क्षेत्रमा संलग्न नेपाली विज्ञहरूको विवरण माग गरेको हो । दूतावासले एक सूचना जारी गर्दै आफ्नो विज्ञता र त्यसको विवरण जानकारी दिन भनेको हो । विदेशमा रहेका विज्ञहरूले नेपालको समग्र विकास प्रक्रियामा योगदान पुर्‍याउने उद्देश्यले परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘ब्रेन गेन सेन्टर सँग सहकार्य गर्ने तयारी भइरहेको जनाएको छ । यसअन्तर्गत यूएईमा रहेका विज्ञहरूले विभिन्न सामाजिक, शैक्षिक तथा प्रविधिसम्बन्धी विषयमा आफ्नो दक्षता र अनुभव साझा गर्दै नेपालको विकासमा सहयोग गर्ने अवसर पाउने दूतावासले उल्लेख गरेको छ । त्यसका लागि सम्बन्धित क्षेत्रमा कार्यर...
कुवेतमा १३ नेपालीसहित २३ जनाको मृत्युपछि मदिरा उद्योगमा कारबाही
प्रशासन, विदेश, समाचार

कुवेतमा १३ नेपालीसहित २३ जनाको मृत्युपछि मदिरा उद्योगमा कारबाही

नेपालअखबार, काठमाडौं । कुवेतमा विषाक्त मदिराका कारण २३ जना आप्रवासी कामदारको मृत्यु भएपछि सुरक्षा निकायले अवैध मदिरा उत्पादन र वितरणमा संलग्न सञ्जालमाथिको कारबाही व्यापक बनाएको छ । दुई साताअघि विषाक्त मदिरा सेवन गर्दा कुवेतमा १३ जना नेपालीसहित २३ जना आप्रवासी कामदारको मृत्यु भएको थियो । यस घटनामा १६० जनाभन्दा बढी बिरामी परेर उपचाररत छन् । कुवेती अधिकारीहरूले अवैध मदिरा कारखानाहरूलाई विषाक्त रसायन आपूर्ति गर्ने प्रमुख गोदाम जफत गरेका छन् । हावाली अनुसन्धान विभागको प्रतिनिधित्वमा रहेको सामान्य आपराधिक अनुसन्धान विभागले अल-राई क्षेत्रको यो मुख्य गोदाम कब्जा गरेको कुवेती सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यो गोदाम स्थानीय मदिरा कारखानाहरूलाई उत्पादन प्रक्रियामा प्रयोग हुने रसायनिक पदार्थहरू आपूर्ति गर्ने जिम्मेवारीमा रहेको थियो । अरब टाइम्सका अनुसार यो गोदाम हाल देश बाहिर रहेका ए...
आफ्नै छोराले मारेका थिए भालुले मारेको भनिएका जापानी वृद्धलाई
विदेश, समाचार, समाज

आफ्नै छोराले मारेका थिए भालुले मारेको भनिएका जापानी वृद्धलाई

नेपालअखबार, टोकियो । जापान प्रहरीले उत्तरी अकिता प्रिफेक्चरबाट आफ्नै पिताको हत्या गरेको आरोपमा मंगलबार ५१ वर्षका फुजियुकी शिन्दोलाई पक्राउ गरेका छन् । ९३ वर्षका फुजियोशी शिन्दो भालुको आक्रमण परेर मरेको ठानिएको थियो । वृद्ध पतिलाई पत्नीले भुँइमा रगतमा लतपतिए बेहोस अवस्थामा भेटेकी थिइन् । सो आक्रमणलाई भालुले गरेको हुन सक्ने मानेर प्रहरीले पनि मेलमा स्थानीय बासिन्दालाई अलर्ट पठाएको थियो । तर अनुसन्धानका क्रममा वृद्धको शरीरमा भएका चोट चक्कु प्रहारसँग मेल खाने खालको पाइयो । उत्तरी जापानमा भालुको आक्रमण पछिल्लो समय बढेको छ । वृद्ध जनसंख्या धेरै भएको अनि खेतियोग्य जमिन खुम्चिँदै गएकोले पनि जंगली जनावरहरूले आफ्नो बासस्थान विस्तार गरेर मानव बस्ती नजिकसम्म ल्याइ पुर्‍याएका छन् । शिन्दो आफ्नो मातापिताको साथमा बस्थे । आक्रमणको समयमा आफूले घरमा खासै असामान्य केही नदेखेको उनले प्रहरीलाई शुरु...
नमाजको समयमा नाइजेरियामा मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु
विदेश, समाचार, समाज

नमाजको समयमा नाइजेरियामा मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु

नेपालअखबार,अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य कात्सिनाको उन्गुवान मान्टाउ सहरमा अज्ञात बन्दुकधारीहरूले एक मस्जिदमा आक्रमण गरेर कम्तीमा २७ जनाको हत्या गरेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू मस्जिदमा भएको समयमा मंगलबार बिहानको नमाजको समयमा यो आक्रमण भएको थियो । स्थानीय प्रशासनका अनुसार, अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन । तर यस क्षेत्रमा किसान र गोठालाहरू बिच जमिन र पानीलाई लिएर लामो समयदेखि तनाव चलिरहेको थियो । सञ्चार माध्यमहरूमा छापिएका समाचारलाई पत्याउने हो भने, यो विवादका कारण प्रायः हिंसात्मक झडप र हत्याहरू हुने गरेका छन् । यस आक्रमण पछि बढ्दो तनावलाई ध्यानमा राख्दै, अरु आक्रमण हुन नदिन सो क्षेत्रमा सेना र प्रहरीलाई क्षेत्रमा तैनाथ गरिएको राज्य आयुक्त नासिर मुआजुले बताए । वर्षाको समयमा, बन्दुकधारीहरू प्रायः खेतमा बालीनालीहरू बीचमा लुकेर गाउँहरूमा आक्र...
इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प

नेपालअखबार,जकार्ता । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आइतबार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा जनाएको छ । मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायले स्थानीय समयअनुसार बिहान ५ः३८ बजे भूकम्प गएको जनाएको छ । जसको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तर पश्चिममा १० किलोमिटर गहिराइमा जमिनमा रहेको थियो । पोसो पेसिसिर जिल्लामा शक्तिशाली भूकम्प महसुस गरिएको थियो । जसमा मसानी, टोकोरोन्डो, तोउ, पिनेडापा, ताङ्कुरा र लापे गाउँहरू पनि समावेश थिए । जुन लगभग १५ सेकेन्डसम्म चलेको थियो र धेरै बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निस्कन बाध्य पारेको थियो ।...
पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता
विदेश, समाचार, समाज

पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता

नेपालअखबार,इस्लामाबाद । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोका कारण ३०० भन्दा बढीले ज्यान गुमाएका छन् भने २०० भन्दा बढी मानिस अझै बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्।सबैभन्दा प्रभावित खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा मात्र कम्तीमा २०९ जना हराइरहेका छन्। तर यो सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको बीबीसीलाई स्थानीय अधिकारीहरूले बताएका छन्। बुनरका उप–आयुक्त कार्यालयका प्रवक्ता जहाँगीर खानका अनुसार उद्धार टोलीले ८ जनाको शव पहिचान नहुँदा आफै गाड्नु छ। सडकहरू भत्किएर धेरै आफन्तहरूले आफ्ना प्रियजनहरूको शव दाबी गर्न सकेका छैनन्। प्रान्तीय उद्धार प्रवक्ताले एएफपीलाई बताए अनुसार, १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएका छन्। शंगलामा पनि ‘दर्जनौँ मानिस हराइरहेका’ प्रान्तीय विपद् व्यवस्थापन प्रमुख असफन्द्यार खतकले बताएका छन्। दक्षिण एसियाको वार्षिक वर्षाको तीन–चौथा...