Friday, July 3

विदेश

मेलिसा आँधीका कारण हाइटीमा २५ जनाको मृत्यु, क्यूबा र जमैकामा ठूलो क्षति
विदेश, समाचार, समाज

मेलिसा आँधीका कारण हाइटीमा २५ जनाको मृत्यु, क्यूबा र जमैकामा ठूलो क्षति

नेपालअखबार,काठमाडौं । शक्तिशाली आँधी ‘मेलिसा’ले क्यारेबियनका विभिन्न देशमा भीषण क्षति पुर्‍याएको छ। मंगलबार जमैकामा इतिहासकै सबैभन्दा शक्तिशाली आँधीका रूपमा प्रवेश गरेको मेलिसाले हालसम्म हाइतीमा कम्तीमा २५ जनाको ज्यान लिएको छ भने क्यूबा र बहामासमा हजारौँ मानिस विस्थापित भएका छन्। मंगलबार जमैकामा २९८ किलोमिटर प्रतिघन्टाको गतिका साथ आएको मेलिसा श्रेणी-५ को आँधी थियो। यसले देशका विभिन्न क्षेत्रमा ठूलो विनाश गर्दै लाखौँ मानिसलाई प्रभावित बनाएको छ। राजधानी किङ्स्टनमा क्षति तुलनात्मक रूपमा कम भए पनि करिब ७७ प्रतिशत क्षेत्र बिजुलीविहीन बनेको अधिकारीहरूले जनाएका छन्। स्थानीय अधिकारीका अनुसार कृषि केन्द्र सेंट एलिजाबेथ क्षेत्रमा बाढीले चार जनाको मृत्यु भएको छ। जमैकाका प्रधानमन्त्री एन्ड्र्यु होलनेसले क्षतिग्रस्त अस्पताल र बस्तीहरू अवलोकन गर्दै सरकारका राहत केन्द्रहरू खुला राखिने बताएका ...
दिल्लीमा क्लाउड सिडिङपछि पनि परेन पानी, वायु प्रदूषण उस्तै
विदेश, समाचार, समाज

दिल्लीमा क्लाउड सिडिङपछि पनि परेन पानी, वायु प्रदूषण उस्तै

नेपालअखबार, काठमाडौं । भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल भएको छ । वायु प्रदूषण हटाउन भन्दै दिल्ली सरकारले राज्यका विभिन्न क्षेत्रमा कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ गरिएको जनाएको थियो । तर, क्लाउड सिडिङ गरिएपनि वर्षा नभएको र वायु प्रदुषण उस्तै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छन् । डी डब्लू हिन्दीका अनुसार राजधानी दिल्लीका अधिकांश क्षेत्रमा बुधबार बिहान पनि हावाको गुणस्तर स्तर निकै खराब दर्ज गरिएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले बुधबार बिहान ७ बजे आरके पुरम, आनन्द विहार, अशोक विहार, बवाना, अक्षरधाम र आईटीओ लगायतका क्षेत्रमा हावाको गुणस्तर इन्डेक्स (एक्यूआई) ३०० भन्दा माथि रहेको जनाएको छ, जुन निकै खराब श्रेणी हो । यस्तै इन्डिया गेट र नेहरू नगर लगायतका क्षेत्रमा पनि एक्यूआई ३०० भन्दा केही मात्रै कम थियो, जुन खराबको श्रेणीमा पर्...
युद्धपोत पठाएसँगै अमेरिकाले ‘युद्धलाई बढावा’ दिएको भेनेजुएलाको आरोप
राजनीति, विदेश, समाचार

युद्धपोत पठाएसँगै अमेरिकाले ‘युद्धलाई बढावा’ दिएको भेनेजुएलाको आरोप

नेपालअखबार,काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकालाई 'युद्धलाई बढावा' दिएको आरोप लगाएका छन्। अमेरिकाले क्यारिबियन क्षेत्रतर्फ विश्वको सबैभन्दा ठूलो युद्धपोत पठाएपछि उनले यो भनाइ सार्वजनिक गरेका हुन्, जसले यस क्षेत्रमा सैन्य तनावलाई अझ बढाएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार ९० वटा विमान बोक्न सक्ने यूएसएस जेराल्ड आर. फोर्ड विमानवाहक जहाजलाई भूमध्यसागरबाट क्यारिबियनमा तैनाथ गर्न आदेश दिएका थिए। राष्ट्रपति निकोलस मादुरोले सरकारकी सञ्चारमाध्यमलाई भने, ‘उनीहरूले नयाँ युद्ध सिर्जना गरिरहेका छन्। उनीहरूले फेरि कहिल्यै युद्धमा संलग्न नहुने वाचा गरेका थिए, तर उनीहरू एउटा युद्ध सिर्जना गरिरहेका छन्।’ अमेरिकाले हालैका दिनहरूमा क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ। उसले उक्त क्षेत्रमा युद्धपोत, आणविक पनडुब्बी र एफ-३५ लडाकु विमानहरू तैनाथ गरेको ...
चिनियाँ सेनामा ठुलो हलचल : नौजना शीर्ष जनरल पार्टीबाट निष्कासित
विदेश, समाचार

चिनियाँ सेनामा ठुलो हलचल : नौजना शीर्ष जनरल पार्टीबाट निष्कासित

नेपालअखबार,बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले दशकौँयताकै ठुलो कदम उठाउँदै नौजना शीर्ष जनरललाई पार्टी र सेनाबाट एकैपटक निष्कासन गरेको छ। देशको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती जनरलहरू गम्भीर आर्थिक अपराधमा संलग्न भएको आशङ्कामा कारबाही गरिएको जनाएको छ। निष्कासित मध्ये अधिकांश तीनतारे जनरल थिए र पार्टीको केन्द्रीय समितिका प्रभावशाली सदस्य समेत थिए। मन्त्रालयले यो कदमलाई भ्रष्टाचारविरुद्धको अभियानको हिस्सा भनेको छ, तर विश्लेषकहरू यसलाई राजनीतिक सफाइको रूपमा पनि हेर्दै छन्। यो कारबाही पार्टीको केन्द्रीय समितिको आगामी प्लेनमअघि आएको हो, जहाँ चीनको आर्थिक विकास योजना र नयाँ सदस्यहरूको चयनबारे छलफल हुनेछ। निष्कासित जनरलहरूमा उपरक्षा आयोगका उपाध्यक्ष हे वेइडोङ पनि छन्, जो राष्ट्रपति सी चिनफिङपछि चीनको सेनाका दोस्रो सर्वाधिक शक्तिशाली व्यक्ति मानिन्थे। उनी पछिल्लो पटक मार्च महिनाम...
बेलायतमा रेलभित्र हुने यौनजन्य अपराधमा वृद्धि
अपराध, विदेश, समाचार

बेलायतमा रेलभित्र हुने यौनजन्य अपराधमा वृद्धि

नेपालअखबार,लन्डन । बेलायतमा रेलभित्र हुने यौन अपराधका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ। गत वर्ष मात्र २ हजार ६ सय ६१ घटना दर्ता भएका थिए, जसमा करिब १० प्रतिशत पीडित बालबालिका थिए । तीमध्ये कतिपयको उमेर १३ वर्षभन्दा कम रहेको उल्लेख छ । बीबीसीद्वारा गरिएको एक अनुसन्धान अनुसार पछिल्लो १० वर्षमा इंग्ल्यान्ड, स्कटल्याण्ड र वेल्सभर यौन अपराधका घटनामा झन्डै ३७ प्रतिशतले वृद्धि भएको देखिएको हो । ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले यस्ता घटनामा आएको वृद्धिलाई ‘गम्भीर चिन्ताको विषय’ बताउँदै हरेक उजुरी गम्भीरताका साथ लिइने जनाएको छ। त्यस्तै, रेल सञ्चालन गर्ने कम्पनीहरूको प्रतिनिधि संस्थाले पनि ‘यौन दुर्व्यवहारप्रति शून्य सहनशीलता नीति’ लागू गरिएको स्पष्ट पारेको छ। वेल्सकी १८ वर्षीय रिह्यानोन विलियम्सले यसै वर्ष रेल यात्राको क्रममा आफूलाई केही पुरुष समूहले दुर्व्यवहार गरेको बताइन् । ‘त्यो क्षण ...
टेनेसीको हतियार कारखाना विस्फोटमा १६ जनाको मृत्यु
विदेश, समाचार, समाज

टेनेसीको हतियार कारखाना विस्फोटमा १६ जनाको मृत्यु

नेपालअखबार,टेनेसी । टेनेसीको एक हतियार तथा विस्फोटक पदार्थ कारखानामा शुक्रबार भएको ठुलो विस्फोटपछि बेपत्ता १६ जनाको मृत्यु भएको अनुमान गरिएको छ। हमफ्रेज काउन्टीका शेरिफ क्रिस डेभिसका अनुसार शनिबार साँझसम्म पनि बेपत्ताहरू जीवितै फेला पर्ने आशामा उद्धार टोलीहरू काम गरिरहेका थिए, तर अब उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ। अधिकारीहरूले सुरुमा १८ जनाको मृत्यु भएको हुनसक्ने आशङ्का गरेका थिए, तर विस्फोटका बेला कारखानामै रहेको मानिएका दुई व्यक्ति वास्तवमा त्यहाँ नरहेको र उनीहरू फेला परिसकेको डेभिसले बताए। नेसभिलबाट करिब ९० किलोमिटर दक्षिण-पश्चिममा रहेको बक्सनोर्ट, टेनेसीको यस कारखानामा भएको विस्फोटको कारण अझै अस्पष्ट छ। शुक्रबार लिइएको भिडियो फुटेजमा आगो बलिरहेको, जलेका गाडीहरू र विस्फोटक पदार्थहरूको विकास तथा निर्माणमा विशेषज्ञता राख्ने यस कारखानाको ध्वस्त भवनबाट धुवाँ निस्किरहेको देख्...
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

नेपालअखबार, काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको दक्षिण–पूर्वी तट नजिक ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मिन्दानाओ टापुको पूर्वी तटबाट करिब १२३ किलोमिटर टाढा ५८.१ किलोमिटर गहिराइमा गएको हो। हालसम्म क्षतिको तत्काल विवरण नआएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। तर स्थानीय अधिकारीहरूले सुनामीको चेतावनी भने जारी गरेका छन्। फिलिपिन्सको भौगर्भिक तथा ज्वालामुखी संस्थानका अनुसार विनाशकारी र जीवन–खतरामा पार्ने सुनामी आउने सम्भावना रहेको भन्दै पूर्व र दक्षिणी तटीय क्षेत्रमा बस्नेहरूलाई तुरुन्तै सुरक्षित स्थानतर्फ सार्न आग्रह गरिएको छ। उक्त संस्थाले भने भूकम्पको तीव्रता ७.६ म्याग्निच्युड मापन गरेको सिएनएनले जनाएको छ। अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार फिलिपिन्सका केही भागमा १ देखि ३ मिटर ...
इक्वेडरका राष्ट्रपतिको हत्या प्रयासको आरोपमा ५ जना पक्राउ
राजनीति, विदेश, समाचार

इक्वेडरका राष्ट्रपतिको हत्या प्रयासको आरोपमा ५ जना पक्राउ

नेपालअखबार, क्वीटो । इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआलाई लक्षित गरी हत्या प्रयास गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। यो जानकारी देशकी ऊर्जामन्त्री इनेस मान्जानोले दिएकी हुन्। ऊर्जामन्त्री मान्जानोका अनुसार पूर्वाधार परियोजनाहरूको घोषणा गर्न काना प्रा प्रान्ततर्फ जाँदै गर्दा नोबोआको कारलाई करिब ५०० जनाको समूहले घेरेर ढुङ्गामुढा गरेका थिए। मन्त्रीले पछि कारमा गोली लागेको सङ्केत देखिएको तर राष्ट्रपति भने सुरक्षित रहेको बताइन्। प्रेसिडेन्सीद्वारा जारी भिडियोमा सयौँ मानिसहरूले गाडीको कारकेड नजिक आउँदा ढुङ्गा प्रहार गरेको देखिन्छ। यस क्रममा केही गाडीका झ्यालहरू फुटेका छन्। पक्राउ परेकाहरूलाई आतङ्कवाद र हत्या प्रयासको अभियोग लगाइने अधिकारीहरूले बताएका छन्। मन्त्री मान्जानोले राष्ट्रपतिमाथि गोली चलाउनु र राज्यको सम्पत्तिमा क्षति पुर्‍याउनु आपराधिक कार्य भएको बताइन्। इक्वेडरमा डि...
सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने
राजनीति, विदेश, समाचार

सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने

नेपालअखबार,काठमाडौं ।  जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीले (एलडिपी) सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने भएको छ। सन् २०२१ र गत वर्ष गरी दुई पटकको दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची शनिबार तेस्रो प्रयासमा एलडिपीको नेता चुनिएकी छिन्। सत्तारूढ एलडिपीको नेता चुनिएपछि टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी हुन्। संसदमा एलडिपीको बहुमत नभए पनि उनलाई संसदले प्रधानमन्त्री अनुमोदन गर्ने अपेक्षा गरिएको छ। अनुमोदन गरेपछि परम्परावादी सोच भएको जापानको उनी पहिलो महिला प्रधानमन्त्री बन्नेछिन्। एलडिपीले पार्टी नेतृत्वको चुनाव दुई वर्ष अगावै गर्ने कि नगर्ने भनेर मतदान हुने तयारी भएपछि सेप्टेम्बर ७ मा इशिबाले राजीनामा दिएका थिए। स्थानीय मिडियाका सर्वेक्षणहरूले चाँडो चुनावको पक्षमा जनमत बढेको देखाएकाले यो म...
तमिल अभिनेता विजयको र्‍यालीमा भागदौड, ३९ जनाको मृत्यु
विदेश, समाचार, समाज

तमिल अभिनेता विजयको र्‍यालीमा भागदौड, ३९ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ ।  भारतको तमिलनाडु स्थित नामक्कलमा अभिनेता विजयको र्‍यालीमा भागदौड मच्चिएको छ। जसमा बालबालिकासहित कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने ९५ भन्दा बढी घाइते भएका छन्। टिभीके (तमिलागा भेट्टी कझगम) का प्रमुख तथा अभिनेता विजयको र्‍यालीमा ठुलो संख्यामा मानिसहरू भेला भएका थिए। अभिनेताबाट राजनीतिज्ञ बनेका विजय भीडलाई सम्बोधन गरिरहेका थिए। केही मानिसहरू बेहोस हुन थालेपछि उनी भाषण रोकेर र्‍यालीबाट बाहिरिएका थिए । त्यसपछि थप भागदैड मच्चिएको थियो । विजयले घटनाबाट आफ्नो मुटु टुक्रेको र असहनीय पीडा र दुःखमा रहेको बताएका छन् । उनले मृत्यु भएकाहरूको परिवारप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै अस्पतालमा रहेकाको शीघ्र स्वास्थ्यलाभका निम्ति प्रार्थना गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भ...